कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

२५ वर्षदेखि हिलो र धुलो भोगेका स्थानीय

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १८, बिहीबार १५:२७
0
10
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

बलेवा (बागलुङ), माघ १८ गते । मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ-घोडाबाँधे खण्डको छेउछाउका घर धुलोले छपक्कै छोपिएका छन् । धुलोकै कारण काठेखोला गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने बिहुँ गाउँका घर-गोठ छुट्याउनै कठिन हुन्छ ।

ढुङ्गा र जस्तापाताको छानोभरि धुलैधुलो छ । दसैँ तिहारमा रङरोगन हुने यी घर अहिले सेताम्मे देखिन्छन् । धोएर सुकाएका कपडा धुलोले लगाउनै नहुने हुन्छन् । सदरमुकाम बागलुङ बजारसँग जिल्लाको पश्चिम क्षेत्रलाई जोड्ने गरी २०५६ सालमा बागलुङ-बुर्तिबाङ सडक निर्माणसँगै बिहुँवासीको यो नियति सुरु भएको हो । पहिले एसियाली विकास बैङ्कको सहयोगमा निर्माण सुरु भएको सडक गैँची र बेल्चाको सहारामा तयार भएको हो ।

भिरालो जमिनमा सडक खन्दा निस्केको माटो बगाउँदा उडेको धुलोले छोपिएका घर अहिले सवारी कुद्दा उडेको धुलोले छोपिने गरेका छन् । “खाना पस्केर केही बेर छोड्ने हो भने धुलोले खानै नहुने हुन्छ, अरू दुःखका के कुरा गर्नु र”, स्थानीय डिलप्रसाद सापकोटाले गुनासो गर्नुभयो, “एक दुई दिन भए पो सहनु, २५ वर्ष भयो ।” सुरुआतमा कृषि सडकका रूपमा निर्माण भएको सडक मध्यपहाडीको रेखाङ्कन भएपछि स्तरोन्नति भएको थियो ।

मध्यपहाडी नामकरण भएपछि कालोपत्रको काम थालेको झण्डै दश वर्ष बिते पनि धुलोको समस्या भने ज्युँका त्युँ छ । खाल्डैखाल्डा भएको सडकमा गाडी गुड्दा धुलोको मुस्लो निस्किन्छ । सडक वरपरका रुख धुलाम्मे छन् । सडक फराकिलो बनाउन कतै पहाड खनिएको छ भने कतै माटो भरिएको छ । यस सडकमा कालोपत्र सुरु भएको नौ वर्षसम्म आधा पनि काम सकिएको छैन ।

राजमार्ग वरपरका सर्वसाधारण निसास्सिएका छन् । निर्माण कम्पनीको चरम लापरबाही मध्यपहाडी राजमार्गको बागलुङ सदरमुकाम खण्डमा देखेपछि यहाँका स्थानीय निरन्तर आन्दोलित बन्दै आएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ ।

बाह्र किलोमिटर सडक सम्झौता रद्द गरेको ठेक्कालाई पुनः ठेक्का आह्वान गर्ने तयारीमा आयोजना रहे पनि ढिलाइ भएको भन्दै स्थानीय आक्रोशित छन् । “सहनु पनि कति सहनु, अब त वार कि पारको आन्दोलन थाल्छौँ”, स्थानीय डिलप्रसाद कँडेल भन्नुहुन्छ, “हाम्रो गाउँको एउटा पुस्ता नै धुलोमा निसास्सिएर जीवन बिताउनुपर्ने अवस्था आयो ।” पुनः ठेक्काको माग गर्दै स्थानीयले लोकमार्ग भएर आउने सवारीसाधन पटक-पटक ठप्प पार्दै आएका छन् ।

ठेक्का रद्द गरेर पुन ठेक्काका लागि आयोजनाले दुई महिना अघि नै काम थाले पनि अर्थ मन्त्रालयमा फाइल रोकिएको आयोजना कार्यालयले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये २५ किलोमिटर सडकखण्ड कालोपत्रे हुन बाँकी छ । समस्याग्रस्त जिल्ला सदरमुकामको उपल्लाचौर देखि घोडाबाँधेसम्मको २५ किमी सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीमध्ये बिहुँ खण्डको कम्पनीसँग दुई महिनाअघि ठेक्का सम्झौता रद्द गरिएको थियो ।

बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्डको ठेक्का सम्झौता मिति सकिएको छ । रद्द भएपछि पुनः ठेक्का लागि अर्थ मन्त्रालयमा पठाइए पनि ढिलाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिनुभयो । दुई वर्षमा सक्ने गरी निर्माणको जिम्मा पाएको कम्पनीले ठेक्का सम्झौता भएको आठ वर्षसम्म कालोपत्रको काम नगर्दा बिहुँका स्थानीयले निरन्तर दबाबमूलक काम गर्दै आएका छन् ।

हिउँदमा धुलो र बर्सातमा हिलोको समस्या यो खण्डमा उस्तै छ । सडकको धुलो सहन नसकेको भन्दै स्थानीयले यही माघ २१ गतेदेखि सडकमा सवारी चल्न नदिने गरी धर्नालगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् । काठेखोला गाउँपालिका नै आन्दोलनमा होमिएको छ ।

“उपल्लो खण्डको छिटो ठेक्का लगाउने र तल्लो खण्डमा म्याद थपेर छिटो काम सक्न दबाब दिन हामीले आन्दोलन नै गर्नुपर्ने अवस्था आयो”, गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले भन्नुभयो, “हाम्रा जनताले दुःख पाएको हामीले कतिन्जेल हेरेर बस्न सक्छौँ । आफैँले गर्न सम्भव छैन, दबाबका लागि आन्दोलन थाल्ने भनेका छौँ ।” सडककै सकसका कारण चालु आर्थिक वर्ष सुरु भएपछि बिहुँबाट २६ परिवार बसाइँ सरेका छन् । रासस

Previous Post

गोबरसँगै खेल्ने कृषक भन्नुहुन्छ, ‘वर्षमा एक करोडको दुध बेच्छु’

Next Post

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० माघ १८, बिहीबार १५:२७
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० माघ १८, बिहीबार १५:२७
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० माघ १८, बिहीबार १५:२७
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० माघ १८, बिहीबार १५:२७
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० माघ १८, बिहीबार १५:२७
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० माघ १८, बिहीबार १५:२७
28
Next Post

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

विवाह भोजमा हुने खर्चबाट बुद्धको मूर्ति स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० माघ १८, बिहीबार १५:२७
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० माघ १८, बिहीबार १५:२७
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० माघ १८, बिहीबार १५:२७
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० माघ १८, बिहीबार १५:२७
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.