कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

भोग्नेलाई मात्रै थाहा हुन्छ सकसपूर्ण न्यायको लडाइँ

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १५, सोमबार ०१:०२
0
10
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। न्यायको लडाइँ कति सकसपूर्ण हुन्छ, त्यो भोग्नेहरूलाई मात्रै थाहा हुन्छ। बाहिरबाट हेर्नेहरूले न्यायको खोजीमा भौंतारिइरहेकाहरूलाई विचरा मात्रै भन्ने हुन्। तर, आफ्नो जिन्दगी, सपना, रहर र खुसीहरूलाई मृत्युको नजिक पुर्‍याएर न्यायको खोजीमा भोकै तिर्खै कम्मर कसेर लड्नेहरूलाई मैले नजिकबाट नियालेकी छु।

पितृसत्ताद्वारा गोडमेल भएर अहम् र घमण्डको चुलीमा पुगेका पुरुषको बुटद्वारा कुल्चिइएका कैयौं महिलाहरूसँग यो बीचमा मैले संगत गरेकी छु। धर्मको खोल ओढेर आस्था र विश्वासको नाममा किचिमिची पारिएका पीडितहरूलाई मैले नजिकबाट नियालेकी छु। पितृसत्ताको गन्ध आउने कानुनद्वारा पिल्सिएकाहरूसँगै म न्यायको लडाइँमा जोडिएकी छु।

चाहे निहारिका राजपूत होऊन् या बिनु यादव। चाहे भारती मानन्धर होऊन् या आरती साह। एउटा रंगीन सपना र जिन्दगीलाई कतै थन्क्याएर उनीहरूले लडेको लडाइँको साक्षी हुँ म। यसकारणले पनि मलाई थाहा छ, न्यायको लडाइँ लड्न कस्तो खाले बडेमानको पहाड चढ्नुपर्छ। कसैको न्यायको यात्रामा कस्ता–कस्ता अड्चनहरू सृजना गरिदिन्छ यो समाज, मलाई थाहा छ।

अहिले आफूलाई कथित लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनले आफ्ना अनुयायीमाथि हत्या, बलात्कार गरेको र मान्छे बेपत्ता पारेको प्रसंग चर्चामा छ। तर, आजभन्दा पाँच वर्षअघि नै सतहमा आएको थियो यो मुद्दा। विडम्बना यति अगाडि जाहेरी पर्दा पनि बम्जन भर्खरै पक्राउ परेका छन्। तर, पीडितहरूले न्याय पाउलान् कि नपाउलान् ? यो प्रश्न अझै संशयपूर्ण छ।

यदि कानुन सही तरिकाले कार्यान्वयन हुन्थ्यो भने बम्जन उहिल्यै पक्राउ परिसक्ने थिए। तर, लामो समयसम्म पीडित परिवार न्यायको खोजीमा भौंतारिइरह्यो। अहिले बम्जन पक्राउ परेपछि पनि उनीहरू न्याय पाइनेमा ढुक्क हुनसकेका छैनन्। आखिर किन ?

किनभने हाम्रो न्यायिक प्रक्रिया पीडितको पक्षमा छैन भनेर धेरै नजिरहरू छन्। हाम्रो न्यायिक प्रक्रिया कसरी पीडकको पक्षमा छ भनेर खोज्ने हो भने छुट्टै केस स्टडी हुनसक्छ। तर, म त्यहाँ जान चाहन्नँ। यस ब्लगमार्फत मैले न्यायको लडाइँ कति सकसपूर्ण छ, त्यो मात्रै केलाउन खोज्ने प्रयास गरेकी छु।

कथित धर्मगुरु बम्जनद्वारा पीडित एक महिला २०७५ सालमा मेरो सम्पर्कमा आएकी थिइन्। मेरो सम्पर्कमा आउँदा उनी नाबालिग नै थिइन्। मैले पहिलोपल्ट भेट्दा उनको अनुहारको चमक निभेको थियो। आँखाहरू धमिला थिए। पातली ज्यानकी उनले अतिसामान्य पहिरन पहिरिएकी थिइन्। कालो सलले मोहोरेकी थिइन्, चेहरा। त्यसरी आफ्नो अनुहार लुकाउनु उनको कुनै रहर थिएन, बाध्यता थियो। बलात्कारीले भत्काएको उनको खुला संसार त्यही कालो सलभित्र लुकाएकी थिइन्।

उनीसँग दोस्रोपटक भेट हुँदा घाम चर्किएको थियो। तर पनि उनको अनुहारमा चमक फर्किएको थिएन। यस्तो लाग्थ्यो, उनीभित्र पीडाका आभाहरू उकुसमुकुस छन्। जुन जतिबेला पनि विस्फोट हुनसक्छ।
उनी परिवारमै फर्किन चाहन्थिन्। तर उनले ‘घर न घाटको’ भएको महसुस गरिरहेकी थिइन्। बम्जनको आश्रमबाट निस्केकोमा नै उनी अचम्मित थिइन्। उनीभित्र आत्मविश्वास कत्ति पनि देखिंदैनथ्यो।

उनी कति विक्षिप्त थिइन् भन्ने कुरा शब्दमा व्यक्त गर्न असम्भव छ। र आम मान्छेले त्यो अनुमान गर्न पनि कठिन छ। उनलाई मान्छेहरूले दिने ढाडस पनि वाहियात् लाग्ने भइसकेको थियो। यद्यपि, हामीले उनको न्यायका लागि प्रयास गरिह्यौं, उनलाई साथ दिइरह्यौं। तर दुःखको कुरा, अहिले उनी बेपत्ता भएको खबर आएको छ। जति प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुनसकेको छैन।

उनकै विषयलाई लिएर सन् २०१८ मा सीआईएन अफिस ललितपुर, चाकुपाटमा प्रेस मिट भएको थियो। प्रेस मिट चलिरहेका बेला अचानक एउटा गाडी बाहिर रोकियो। गाडीबाट फरक–फरक भेष र कद भएका मानिसहरू हलमा प्रवेश गरे। ती मानिसहरू बम्जनका ‘अन्धभक्त अनुयायीहरू’ रहेछन्। तीमध्ये एउटी महिलाले आक्रामक स्वरमा सोधिन्, ‘जस्मिन भन्या को हो ?’

हलभित्र भएका धेरैका आँखा ममाथि केन्द्रित भए। मेरै नाम बोलाएको हुनाले मैले आफू नै जस्मिन भएको बताएँ। ती महिलाले मलाई थर्काइन्, ‘हाम्रो गुरूलाई तिमीहरूले नभएको आरोप लगाउने ?’

उनले अझै चर्को स्वरमा गुरूको बचाउ गर्दै गंगामायाको बारे सोधिन्। मैले ‘थाहा नभएको’ बताएँ। त्यही वेला अर्की अनुयायी आएर मेरो घाँटी अँठ्याइन्। मलाई पाँच तला माथिबाट खसाउने प्रयास गरिन्। धन्न म छेउमा एक क्यान्सर पीडित महिला हुनुहुन्थ्यो। उहाँको कारण त्यसदिन म बाँचेकी थिएँ।

सन् २०१८ सेप्टेम्बर दोस्रो साता सञ्चारिका समूहको कार्यक्रम थियो, प्रज्ञा प्रतिष्ठानमा। उक्त कार्यक्रममा म पनि सहभागी थिएँ। कार्यक्रम सकिनु अगावै म हलबाट निस्किएँ। तर कता–कता मलाई एक खालको भय महसुस भइरहेको थियो। बम्जनका समर्थकले ममाथि गरेको हर्कतले मलाई एन्जाइटी भइरहेको थियो।

कार्यक्रमबाट बाहिरिएर प्रज्ञा प्रतिष्ठानको गेटनेर आइपुगें। र गेटबाट बाहिरिएँ। गेट बाहिर निस्किनेबित्तिकै एकजना व्यक्तिले पछाडिबाट मेरो मुख थुनिदिए। मैले फर्केर हेर्ने प्रयास गरें तर, त्यो व्यक्तिलाई पहिचान गर्न सकिनँ। उसको मुख सलले ढाकिएको थियो। मैले कराउने प्रयास गरें तर सकिनँ। मैले फुत्किने प्रयास गरें, सकिनँ।

उसले बेस्सरी मेरो बायाँ हात समात्यो। जब मैले गुहार माग्न थालें, तब त्यो मान्छे भाग्यो। म अत्तालिंदै सार्वजनिक बस चढेर बालकुमारी पुगें। त्यतिबेला मेरो देब्रे हातबाट रगत बगिरहेको थियो। म बेहोस भएर ढलें। होस खुल्दा म बानेश्वरको सिभिल अस्पतालको शय्यामा थिएँ।

यो घटनापछि मलाई परिवारले यस्ता घटनाहरूको मतलब नगर्न सम्झाए। आफ्नो ज्यान दाउमा राखेर अरूको न्यायका लागि बोल्न जरुरी नभएको बताए। तर, परिवारले भनेको कुरालाई मौन स्वीकृति दिए पनि मेरो सम्पर्कमा आएकी महिलाको न्यायका लागि मैले बोल्न छोडिनँ।

पीडितले त अन्याय भोगिन्, भोगिन् ममाथि पनि भौतिक हमला भएपछि त्यसको पहिचानका लागि घटना भएको स्थलको सीसीटीभी फुटेजबारे बुझ्न प्रहरीमा निवेदन दिएँ। तर, फुटेज नै देखिएन।
प्रहरीले नआत्तिन र उक्त घटनामा संलग्न व्यक्तिसँगै बम्जनको मुद्दामाथि थप अनुसन्धान गर्ने आश्वासन दियो।

त्यसपछि विभिन्न सामाजिक संजालका माध्यमबाट र अपरिचित फोन नम्बरबाट मलाई धम्की र गालीगलौज निरन्तर आइरह्यो। पीडित र पीडक बम्जनबारे केही नबोल्न र जान्ने नबन्न चेतावनीहरू आइरहे।

तर आज ६ वर्षपछि अपराधको उद्योग चलाइरहेका रामबहादुर बम्जन पक्राउ परेका छन्। उसको अपराध अदालतसम्म पुगेको छ। सम्मानित अदालतले पीडितलाई न्याय महसुस हुने गरी नै फैसला सुनाउनेछ भन्ने हामी सबैको विश्वास छ।

२०७६ सालमा बम्जनले १८ वर्षीया अनुयायीलाई दुई वर्षसम्म पटक–पटक बलात्कार गरेको आरोप लाग्यो। बम्जनमाथि सात वर्षसम्म सर्वसाधारण र परिवारका सदस्यलाई बन्धक बनाई कुटपिट गरेको अर्को आरोप पनि छ। विदेशी नागरिकलाई बन्धक बनाएको र वन क्षेत्रका विषयमा विवाद गरेको आरोप पनि छ।

२०७६ सालमा बम्जनका विभिन्न आश्रमबाट चार जना अनुयायी हराएको खुलेको थियो। तीनवटा जिल्ला प्रहरी कार्यालयमा उनी विरुद्ध निवेदन दर्ता भएका छन्। बारामा सुरेश आलेमगर, मकवानपुरमा सञ्चलाल वाइबा र फुलमाया रुम्बालाई बेपत्ता बनाएको आरोप उनीमाथि छ। नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाइने चिनिमायाँ तामाङलाई पनि बेपत्ता बनाएको आरोप छ।

सोच्नुहोस् त, एउटा मान्छे यतिसम्म क्रूर कसरी हुन सक्छ ? त्यो पनि कथित धर्मको खोल ओेढेर! सम्झदा मात्रै पनि आङ सिरिंग हुन्छ। अनि उनै अपराधीको अपराधलाई ढाकछोप गर्न लागिपरेका मान्छेहरू देखेर लाग्छ, हामी कस्तो डरलाग्दो अँध्यारोमा रहेछौं ? यहाँ म अन्यायमा परें भनेर बोल्नेहरूको मुख थुनिन्छ। उल्टै उनीहरूलाई लज्जित बनाइन्छ।

सोच्नुहोस् त, पीडितहरूले आफ्नो पीडासम्म सुनाउन सक्दैनन् भने यो देशमा कति त्यस्ता पीडित होलान्, जो कथित सामाजिक संरचनाको डरले पीडालाई कतै दफनाइरहेका छन्। सोच्नुहोस् त, उनीहरू भित्रभित्रै कति उकुसमुकुस भएर बाँचेका होलान् ? अनि उनीहरूको पीडामा नुनचुक छर्कन यही समाज अगाडि आइपुग्छ। हामी यो कस्तो समाजमा बाँच्न विवश भइरहेका छौं ? अब समीक्षा गर्ने वेला आएको छ। मन्दिरका पुजारी, चर्चका पास्टर, गुम्बाका रिम्पोछेलगायत विभिन्न ‘धर्मगुरु’हरू हत्या, यौनहिंसा र आर्थिक अपराधमा मुछिएका घटना सार्वजनिक भइरहेका छन्। उनीहरूले धर्मलाई अपराध गर्ने ‘लाइसेन्स’ वा सहज माध्यमका रूपमा प्रयोग गरिरहेका छन्। यसको पछिल्लो उदाहरण हुन्, रामबहादुर बम्जन।

अहिले कथित भगवान् बम्जनलाई उनका अनुयायीहरूले साँच्चिकै भगवान् हो कि जस्तो भ्रममा पारेर हुलहुज्जत गरिरहेका छन्। पूर्वमन्त्रीसम्म उनको समर्थनमा उत्रिरहेकी छन्। यस्तो किन हुन्छ ? यो मुख्य प्रश्न हो।

उनका मात्रै होइनन् जो–कोहीका अनुयायी र फ्यानहरूले जस्तोसुकै अपराधलाई कसरी स्वीकार गरिदिन्छन्, त्यो सन्दिप लामिछाने र पल शाहको केस एउटा दरिलो केस स्टडी हो। नेपाली समाजको सबैभन्दा ठूलो विडम्बना यही हो।

कसैले अपराध गर्छ भने ऊ अपराधी करार हुनुपर्छ। गम्भीर आरोप लाग्छ भने स्वतन्त्र अनुसन्धान हुनैपर्छ। कानुनको नजरमा अपराधी ठहरिए सजाय भोग्नै पर्छ। त्यस्ता व्यक्तिलाई जयजयकार किन गर्ने ? आरोप लागेपछि त अनुयायी र फ्यानहरूले नै अनुसन्धानमा सहयोग गर्न जरुरी छ। अपराध अपराध नै हो। त्यहाँ कुनै धर्म, समुदाय, जात र लिंग जोडिनुहुँदैन। त्यसले त झन् धर्म र समुदायमाथि नै घृणा फैलाउँछ।

Previous Post

प्रधानमन्त्रीको अध्यक्षतामा कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदामाथि छलफल

Next Post

ग्राभेल हुँदा चले कालोपत्रेपछि बन्द

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १५, सोमबार ०१:०२
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १५, सोमबार ०१:०२
136
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १५, सोमबार ०१:०२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १५, सोमबार ०१:०२
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १५, सोमबार ०१:०२
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १५, सोमबार ०१:०२
21
Next Post

ग्राभेल हुँदा चले कालोपत्रेपछि बन्द

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १५, सोमबार ०१:०२
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १५, सोमबार ०१:०२
136

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १५, सोमबार ०१:०२
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १५, सोमबार ०१:०२
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.