कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह पूर्वाधार

ग्राभेल हुँदा चले कालोपत्रेपछि बन्द

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १५, सोमबार ०१:१९
0
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, माघ १५ गते । सबै मौसममा नियमित उडान होस् भनेर विमानस्थलको स्तरोन्नति गरिन्छ । तर ग्राभेल हुँदा सञ्चालन हुने गरेका विमानस्थल धावन मार्ग स्तरोन्नति गरी कालोपत्रे बनाएपछि चाहिँ सञ्चालन भएका छैनन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कालोपत्रे भएर सञ्चालनमा आउन नसकेका विमानस्थल नौ वटा छन् । ती नौ विमानस्थलमा बागलुङ विमानस्थल, बैतडी, रुकुमको चौरजहारी, डोटी, खोटाङको लामीडाँडा, मनाङ, डोल्पाको मसिनेचौर, रुम्जाटार र कालीकोटको सुनथराली हुन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कालोपत्रे भएका ती विमानस्थलका धावनमार्ग ग्राभेल हुँदा जहाज उडान–अवतरण हुन्थ्यो । तर सडक यातायातको पहुँच, छोटो धावन मार्ग र साना जहाजको कमी र महँगो हवाई भाडाका कारण विमानस्थल उपयोगमा आउन सकेका छैनन् । प्राधिकरणको तथ्याङ्क अनुसार बागलुङको बलेवा विमानस्थलमा २०७३ चैत ९ गतेदेखि नगरपालिकाले १४ जना यात्रुको जिम्मा लिएपछि सुरु भएको उडान २०७४ कात्तिकपछि बन्द छ । द्वन्द्वकालका बेला विमानस्थलका संरचनामा आगजनी भएपछि २०५२ सालदेखि पूर्णरूपमा बन्द बैतडी विमानस्थलमा २०७७ असोज १७ गते परीक्षण उडान भएको थियो । परीक्षण उडान भएर पनि त्यहाँ २०७८ चैत १० यता उडान बन्द छ । सोही दिन परीक्षण उडान भएको डोटी विमानस्थलमा पनि परीक्षण उडानपछि केही उडान भए पनि हाल विमानस्थल बन्द छ ।

त्यस्तै लामीडाँडा विमानस्थलमा कालोपत्रे हुनुअघि उडान हुथ्यो । तर २०७८ सालदेखि उडान हुन सकेको छैन । मनाङमा पनि उडान नभएको एक दशकभन्दा बढी भइसकेको छ । डोल्पाको मसिनेचौर विमानस्थलमा पनि २०७४ यता उडान भएको छैन । त्यस्तै कालीकोटमा पनि धावनमार्ग कालोपत्रे भइसके पनि उडान सञ्चालन हुन सकेको छैन ।

हाल देशभर तीन अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल छन् । जसमध्ये कालोपत्रे र ग्राभेल धावनमार्ग भएका २२ वटा विमानस्थल सञ्चालनमा छैनन् । सूचना अधिकारी भुलले भन्नुभयो, “मुलुकका अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भए पनि निर्माण गरिएका पूर्वाधारको प्रभावकारी उपयोग नहुँदा उड्डयन क्षेत्रमा गरिएको पाँच, छ अर्ब लगानीको प्रतिफल प्राप्त गर्न सकिएको छैन । निर्माण भएर उपकरणसमेत जडान भएका विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको अर्बौं लगानी त्यत्तिकै खेर गइरहेको छ ।”

चारदेखि पाँच सय मिटरसम्म धावनमार्ग भएका नौ वटा विमानस्थलमध्ये एउटा धावन मार्ग कालोपत्रे गर्न प्राधिकरणले ५० करोड रुपियाँसम्म लगानी गरेको छ । कालोपत्रे भएर उडान सञ्चालन हुन नसक्दा विमानस्थलको धावन मार्गमा भएको झन्डै पाँच अर्ब रुपियाँ लगानीको प्रतिफल प्राप्त हुन नसकेको उहाँले बताउनुभयो । त्यसमाथि १३ वटा कच्ची धावनमार्ग भएका विमानस्थलमा निर्माण भएका टावर, टर्मिनललगायतका संरचनाको रेखदेख गर्न कर्मचारी खर्चको समेत व्ययभार लगानीको प्रतिफल भने पाउन नसकेको उहाँले जानकारी दिनुभयो ।

व्यापारिक सम्भावना नभई निर्माण भएर सञ्चालनमा आउन नसकेका विमानस्थलमा सानो जहाजले मात्रै उडान गर्न सक्ने र साना जहाजको भाडा दर सार्वजनिक यातायातको भन्दा निकै महँगो हुने भएकाले यात्रुको प्राथमिकतामा नपरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कालोपत्रे भएका धावनमार्ग एक हजार पाँच सय मिटरसम्म भएका भए ठुलो एटिआर जहाजले उडान भर्न सक्थे । हवाई भाडा सस्तो हुन्थ्यो । यात्रुले समेत आरामदायी यात्रा गर्न सक्थे । तर राज्यसँग साना जहाजको सङ्ख्या कम छ । निजी कम्पनी नाफामूलक गन्तव्यमा आकर्षित भएपछि प्रतिस्पर्धा नै भएको छैन ।”

प्राधिकरणका अनुसार कालोपत्रे धावनमार्ग भएका विमानस्थल जुनुसुकैबेला प्रयोग गर्न सकिने अवस्थामा रहे पनि सञ्चालनको तयारी छैन । प्रयोगमा नरहेका विमानस्थलमध्ये दार्चुला, बागलुङको ढोरपाटन, गोरखाको पालुङटार, दोलखाको जिरी, सोलुखुम्बुको कांगेलडाँडा, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, लाङटाङ, महेन्द्रनगर, रोल्पा, सोलुखम्बुकै स्याङ्बोचे, ओखलढुङ्गाको रुम्जाटार र कैलालीको टीकापुरमा लाखौँ लगानी भएको छ । यी विमानस्थलको धावनमार्ग कालोपत्रे भएको छैन ।

धावनमार्ग कालोपत्रे नभए पनि यी विमानस्थलमध्ये पालुङटारमा दुई दशकदेखि उडान भएको छैन । कांगेलडाँडामा २०७७ मङ्सिर ३० गते परीक्षण उडान भएको थियो । बिचमा केही समय उडान भए पनि हाल बन्द छ । खिजी चण्डेश्वरीमा पनि २०७६ पुस १० गते परीक्षण उडान भएको थियो । त्यहाँ पनि उडान बन्द छ । कञ्चनपुरको महेन्द्रनगरमा झन्डै दुई दशकदेखि उडान बन्द छ । रोल्पाको स्याङ्बोचेमा पनि २०७३ यता उडान बन्द छ । त्यस्तै मेघौली विमानस्थल, कैलालीको टीकापुर र अछामको कमल बजारमा दशक बिते पनि उडान हुन सकेको छैन ।

Previous Post

भोग्नेलाई मात्रै थाहा हुन्छ सकसपूर्ण न्यायको लडाइँ

Next Post

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १५, सोमबार ०१:१९
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १५, सोमबार ०१:१९
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १५, सोमबार ०१:१९
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १५, सोमबार ०१:१९
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १५, सोमबार ०१:१९
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १५, सोमबार ०१:१९
21
Next Post

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

एक हजार छ सय जनालाई प्रशिक्षणपछि रोजगारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १५, सोमबार ०१:१९
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १५, सोमबार ०१:१९
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १५, सोमबार ०१:१९
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १५, सोमबार ०१:१९
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.