कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

नातिनीको बिहेमा प्रचण्डको राजसी तामझाम

कस्तुरी खबर by कस्तुरी खबर
२०८० पुष ३, मंगलवार ११:२१
0
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

प्रचण्ड परिवारले बलिदान सिर्जित आन्दोलनबाट स्थापित मूल्यमान्यता र संस्कृति विरुद्ध आफूलाई उभ्याएको छ । यसले उनीहरूको माओवादी विचार र संस्कृतिप्रतिको कमजोर (नक्कली) प्रतिबद्धता पनि उद्घाटित गरिदिएको छ ।

Sudarshan_Khatiwada.jpg

सुदर्शन खतिवडा

मंसिरको सिजनमा दिनहुँ भएका हजारौं विवाहमध्ये यसपटक सम्पन्न एउटा विवाहलाई मैले सम्झनुपर्ने भयो । वधू– प्रतिभा पाठक, उनी प्रधानमन्त्री एवं माओवादी आन्दोलनका प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् । वर– मेरो फेसबुके साथी विज्ञानबाबु रेग्मीको । दुवैलाई वैवाहिक जीवनको हार्दिक बधाई ।

विज्ञानबाबुले गोरखामा गरेको विवाह भोजबाट एकछिन नोस्टाल्जिक पनि बनें । अझै पनि परम्परागतशैलीमा भतेरको स्वाद र रमाइलोको महत्व सम्झाइदिएकोमा मित्र विज्ञानबाबुलाई थप बधाई । उनले केही सन्देश पक्कै दिएका छन् । किनकि विवाह उत्सव मात्रै होइन, यसले निश्चित सन्देश पनि दिन्छ ।

विवाहमा भौतिक सजावट कस्तो थियो, खानपान के कस्तो राखिएको थियो, कति तामझामपूर्ण थियो यी सबै कुरा प्राथमिक होइनन् । तर कसले कुन ठाउँमा कसरी विवाह गरिरहेको छ भन्ने कुराको अर्थ हुन्छ ।

अझ सबै विवाह व्यक्तिगत मामिला नहुँदोरहेछ । जसरी पत्रकारका रूपमा केही प्रिभिलेज हुन्छन्, त्यति नै जवाफदेही पनि थपिन्छ ।

तसर्थ मुलुकमा जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ क्रान्तिको नेतृत्व गरेका सुप्रिमो प्रचण्डको प्रत्यक्ष संलग्नतामा सम्पन्न प्रतिभाको विवाह र यसले पैदा गरेको बहसबाट भाग्नु उचित लागेन ।

जसरी गोरखाको भतेरले नोस्टाल्जिक बनायो, त्यसरी नै केही कम्युनिस्ट नेतृत्व स्मरण नगरी रहन सकिनँ ।

सम्मानका साथ कुनै कम्युनिस्ट नेता स्मरण गर्नुपर्दा करेसाबारीमा काम गरिरहेका भियतनामका हो चि मिन्ह याद आउँछ ।

दक्षिण अमेरिकी देश उरुग्वेका जोस मुसिकालाई पनि दुनियाँले याद गर्छ जसले देशलाई धनी बनाएर आफू सामान्य जीवन बाँचे । उनी संसारकै गरिब राष्ट्रपतिको परिचय बनाएर पनि सम्मानित छन् । आम्दानीका लागि पत्नीसँग मिलेर फूल खेती गर्ने उनले कोही ‘नोकरचाकर’ राखेनन् । आफ्नो काम आफैं गरे ।

श्रम संस्कृति, सादा जीवन, उच्च विचार सबैका लागि, खासगरी कम्युनिस्टका लागि त विशेष हुनुपर्ने हो । त्यसैले कतै फ्रेडरिक एङ्गेल्सले लेखेका छन्- ‘पशुसँग श्रम जोडेपछि मान्छे बन्यो, मान्छेबाट श्रम झिकिदियो भने पशु बन्छ ।’

हामी सबैलाई थाहा छ, तडकभडक र विलासी जीवनका कारण नेताहरू कुख्यात छन्, विख्यात छैनन् ।

७-८ दशक लामो कम्युनिस्ट राजनीतिक अभ्यासबाट गुजि्रएको नेपाली समाज यी सबै कुराबारे बेखबर छैन । त्यसैले त, प्रधानमन्त्री तथा नेकपा -माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड गोकर्ण रिसोर्टमा नातिनीको भव्य विवाह गराएपछि बहस र विवादमा तानिए ।

युद्धकालमा पार्टीभित्र र आफ्नो प्रभाव क्षेत्रमा अन्तरजातीय र जनवादी (मञ्च) विवाह अनिवार्य गराएका प्रचण्डले जीवनको अधिकांश समय प्रगतिशील विवाह र संस्कृतिको पक्षमा वकालत र प्रशिक्षण चलाउँदै आए ।

यो बहस र विवादले प्रचण्डको परिवार, माओवादी पार्टी हुँदै जनवादी संस्कृति र साम्यवादी व्यवस्थाप्रतिको विश्वासको जगलाई हल्लाएको छ ।

प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादीले दूरदराजसम्मका नागरिकलाई प्रश्न गर्न सिकाएको थियो । यही पृष्ठभूमिमा पाँचतारे होटलमा सर्वहारा वर्गको मुक्तिका लागि रक्तपातपूर्ण क्रान्तिको नेतृत्व गरेका कमाण्डरको नातिनीको विवाह बारे आम मानिसले प्रश्न उठाइरहेका छन् ।

प्रचण्डले यो विवाहलाई सामान्य बनाएर समाजलाई एउटा शक्तिशाली सन्देश दिन सक्थे । उनले आफ्नो सिद्धान्त र व्यवहारबीच दूरी नरहेको विश्वास दिलाउन सक्थे । तर उनले यसलाई अवसरको रूपमा सदुपयोग गर्न सकेनन् ।

युद्धमा सन्तान गुमाएका जाजरकोटका वृद्ध दम्पती भूकम्पले भत्काएको घरको भग्नावशेषसँगै पातलो टेन्टले छेक्न नसकेको चिसोको प्रहारबाट मूच्छिर्त छन् । आसपास चिसोले सुत्केरी र वृद्धवृद्धा मरेको खबरसँगै दिउँसो घामले पनि तताउन नसक्ने गरी उनीहरूको शरीर र मनोबल सेलाएको छ । उनीहरूले गोकर्ण बिहेलाई कस्तो देख्लान् ?

प्रचण्ड परिवारले बलिदान सिर्जित आन्दोलनबाट स्थापित मूल्यमान्यता र संस्कृति विरुद्ध आफूलाई उभ्याएको छ । यसले उनीहरूको माओवादी विचार र संस्कृतिप्रतिको कमजोर (नक्कली) प्रतिबद्धता पनि उद्घाटित गरिदिएको छ ।

तर्कका लाखौं यत्नभन्दा नेतृत्वमा रहेका व्यक्तिहरूको व्यवहार शक्तिशाली हुन्छ । उनले नचाहे पनि एउटा यस्तो गलत सन्देश नेपाली समाजमा गएको छ, जसको मूल्य व्यक्ति प्रचण्डले मात्रै होइन, सिंगो माओवादी आन्दोलनले व्यहोर्नेछ ।

प्रचण्डको यो रोजाइले कम्युनिस्ट प्रणाली अथवा साम्यवादी व्यवस्थामाथि बचेखुचेको मानिसको विश्वास पनि भत्काइदिएको छ । उनले जे बोलिरहेका छन्, ठीक उल्टो गरिरहेका छन् । यसले माओवादी पार्टीका नेता-कार्यकर्ताको मनोबलमाथि शक्तिशाली हम्मर हानेको छ । उनीहरूलाई भित्रैदेखि थप भत्काएको छ । विचलित बनाएको छ ।

यो तिनीहरूलाई दिएको यस्तो धोका हो, जसले प्रचण्डलाई क्रान्तिनायक मानेर जनवादी संस्कृति स्थापनाको लागि जीवन आहुति दिएका थिए ।

जसको नेतृत्वमा चलिरहेको आन्दोलनका लागि नागरिकले आफ्ना सन्तान र अभिभावक गुमाए, उनीहरू आफैंले समाजमा स्थापित गरेको आदर्श अनुरूप व्यवहार प्रदर्शन गर्न पटक-पटक चुक्नु दुर्भाग्यपूर्ण हुन्छ नै । रगतको मूल्य चुक्ता गरेर बनाएको नेतृत्वमा देखिने स्खलनले मानिसलाई विश्वासको संकट, अराजकता हुँदै निराशातिर धकेल्ने रहेछ । नेपाली समाज यस्तै परिणाम भोग्न अभिशप्त छ ।

नागरिक निराशा प्रदर्शन गर्न ठाउँको खोजीमा छन् । नेतृत्व निराशाकै खेती गरिरहेका छन् । त्यसैले त दुर्गा प्रसाईंको आसपास भीड बढिरहेको छ ।

प्रचण्डको व्यक्तिगत बदलाव राजनीतिक र सांस्कृतिक मेटामर्फाेसिसको यस्तो अभिव्यक्ति हो, जहाँ आन्दोलनलाई पुरानै भाष्यमा व्याख्या गरिरहने यान्त्रिक रहर प्रकट भइरहन्छ, तर क्रान्तिकारी मूल्य/मान्यताको चरम ह्रास रफ्तारमा हुन्छ ।

विवाह एक, दृष्टि अनेक

वर्गविहीन समाज निर्माणका लागि आफ्नो निजी सम्पत्ति बेचेर पार्टीमा लगानी गरेका कैयौं माओवादी नेताहरू अझै पनि ज्यूँदै छन् । त्यसैले प्रगतिशील ऐन (सामाजिक सुधार ऐन) उल्लंघन गर्ने गरी हजारौंको संख्यामा छापिएका निमन्त्रणा कार्ड, चितवनबाट काठमाडौं आउन निम्तालुका लागि एयर फेयर खर्च लगायत समग्र विवाह खर्च र यसको स्रोत बारे प्रश्न उठ्नु स्वाभाविक हो ।

नागरिकले प्रश्न सोध्नु स्वाभाविक भए पनि गोकर्ण विवाह मार्फत प्रचण्ड परिवारले नेपाली समाजमा दिन खोजेको महत्वपूर्ण र शक्तिशाली राजनीतिक-सांस्कृतिक सन्देश त्यति स्वाभाविक छैन ।

अझ प्रचण्ड नेतृत्वमा युद्ध लडेका योद्धाहरू जीवन निर्वाहकै लागि रूस-युक्रेन युद्धमा जता जागिर पाइन्छ, त्यतै भाडाको सेनामा भर्ती हुन बाध्य छन् । लडाइँको मोर्चाबाट अर्को नेपाली साथीको मृत्युको खबर परिवारलाई छाड्न सामाजिक सञ्जाल खोल्दा गोकर्णको भव्य बिहेको दृश्यले उसलाई कति दरफराउला ?

युद्धमा सन्तान गुमाएका जाजरकोटका वृद्ध दम्पती भूकम्पले भत्काएको घरको भग्नावशेषसँगै पातलो टेन्टले छेक्न नसकेको चिसोको प्रहारबाट मूच्छिर्त छन् । आसपास चिसोले सुत्केरी र वृद्धवृद्धा मरेको खबरसँगै दिउँसो घामले पनि तताउन नसक्ने गरी उनीहरूको शरीर र मनोबल सेलाएको छ । उनीहरूले गोकर्ण बिहेलाई कस्तो देख्लान् ?

शान्ति प्रक्रिया सुरु भएकै १७ वर्ष भइसक्यो । द्वन्द्वका बेला बलात्कृत भएका ३ हजारभन्दा बढी बलात्कारपीडित छोरीहरूले न्याय त कता हो कता, पीडितको दर्जा पनि पाएका छैनन् । रोग, भोक र अपमानको चौतर्फी यातना भोगिरहेका उनीहरू कुनै गैरसरकारी संस्थाको सहयोगमा सञ्चालित स्वास्थ्य क्याम्पमा स्वास्थ्य जँचाएर जीवन बचाउने आशाको डोरी बाटिरहेका छन् । उनीहरूले यो बिहेलाई कसरी हेर्लान् ?

आफ्नो उजाडिएको भविष्य बदल्ने झिनो आशा बोकेर मुग्लान भासिएका युवा र वैदेशिक रोजगार निःसृत वियोग व्यहोरिरहेका परिवारका सदस्यहरूले सर्वहारा वर्गको मुक्तिदाताको रूपमा परिचय बनाउन चाहिरहने कमाण्डरको नातिनीको यो विवाहलाई कसरी बुझ्ने ?

राजनीतिक दल वैचारिकसँगै भावनात्मक समुदाय पनि हो । अझ युद्ध लडेको पार्टीभित्र भावनात्मक एकता बढी हुन्छ नै । तर यहाँ यसकै सख्त अभाव छ । युद्धका घाइतेहरू अहिले पनि उपचारका लागि सामाजिक सञ्जालबाट चन्दा उठाइरहेका भेटिन्छन् । शरीरमा गोली र छर्राहरू बोकेर उपचार अभावमा पीडादायी जीवन बाँचिरहेका घाइते योद्धाहरूले गोकर्ण विवाहबारे प्रश्न गर्न पाउने कि नपाउने ?

हो, वर्ग उत्थान भइसकेका केही माओवादी नवधनाढ्यहरूका लागि यो दृश्य अनौठो होइन । त्याग र बलिदानीपूर्ण आन्दोलनलाई राजनीतिक व्यवसायमा बदलेका मानिसहरूका लागि यी दृश्य सामान्य हुन् । राजनीतिले ल्याउने अवसरसँग पटक-पटक रसास्वादन गर्न पाउनेहरूको ‘स्वर्ग’ दुःखैदुःखको ‘नर्क’मा बाँच्न विवश बनाइएकाहरूका लागि कुरुप देखिन्छ नै ।

जनयुद्धले पहिचान गरेको देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय असमानताको अवस्था अहिले कस्तो छ ? यी उत्पीडनमा परेका मानिसहरूले युद्धमा गरेको त्याग र तपस्या सीमित नेताहरूको शक्ति आर्जनको औजार पो सावित भयो कि ? यसले नेपालको आधारभूत सामाजिक शक्ति सन्तुलनमा के बदलाव ल्यायो ?

यी प्रश्नहरू उठाइरहेका पंक्तिलाई प्रचण्ड परिवारले थप शक्ति प्रदान गरेको छ । मानिसहरूले स्वाभाविक रूपमा सोध्न सक्छन्- आफ्नै पृष्ठभूमिलाई दुत्कार्दै यस्तो बिहे गर्न आवश्यक थियो ? बिहे खर्च कटौती गरेर घाइतेको उपचार वा टेन्टमा काँपिरहेका सुत्केरीहरूलाई सहयोग गर्न सकिंदैनथ्यो ? यी केही गर्ने रुचि नभए पनि कम्तीमा लोकलाज त बचाउनुपथ्र्यो ?

सम्भवतः प्रचण्ड अन्तिम परीक्षामा छन् । प्रधानमन्त्री कार्यकाल केही समय बाँकी छ । उनी यस्ता परीक्षार्थी हुन् जसले हजारौं शहीद, बेपत्ता र घाइतेहरू मात्र होइन, प्रधानमन्त्रीका रूपमा निराश र विश्वास गुमाएको समाजलाई लयमा फर्काउनुछ ।

तर उनको परीक्षामा गज्जबको तयारी गर्ने प्रतिबद्धता र व्यवहारबीच गम्भीर विरोधाभास देखिन्छ । दार्शनिकहरूले आत्मछलको सिद्धान्त बारे चर्चा गरेका छन् । यसका अनुसार मानिसले आफूले आफूलाई गुमराहमा राखिरहेको हुन्छ । फलतः कहिले गज्जब लाग्ने त कहिले हैरान बनाउने घटना हुन्छ । मानिस कसरी आफ्नो बारे, आफ्नो उद्देश्यबारे गलत धारणा बनाउँछ र बनाइरहन्छ त्यतिबेलासम्म जतिबेला प्रमाणहरूले उसलाई खण्डन गरिसकेको हुन्छ ।

हामीलाई थाहा छैन, यो विवाह त्यसरी कसको रहर र करमा भयो ?

प्रचण्डको रहरमा हो भने उनले एकजना सन्तानको खुसीका लागि यति धेरै योद्धाहरूको त्याग र बलिदान भुले, जसले उनलाई नेतृत्व मानेर जीवन आहुति दिन तयार भए । ती सन्तानहरू जसले आफ्नो बाबुआमा भन्दा बढी विश्वास प्रचण्डलाई गरेर युद्धमोर्चामा ढल्न तयार भए । प्रचण्डले ती योद्धामाथि विश्वासघात गरेका छन् ।

प्रचण्ड सामान्य संसदीय खेल खेलेर यो ठाउँमा आइपुगेका होइनन्, जहाँ संघर्षको स्वरूप बढीमा टायर बाल्ने, ढुंगा हान्ने, सडक अवरुद्ध गर्ने, रेलिङ भाँच्ने र संसद् अवरुद्ध गर्ने लगायतका हुन्छन् । उनी त हजारौं नेपाली सन्तान मारिने रगताम्य युद्धको नेतृत्व गरेर आएका नेता हुन्, जो त्यही उचाइबाट जिम्मेवार हुनुपर्छ ।

रेणु दाहालको रहरमा यो विवाह भएको हो भने उनी आफ्नो पितालाई माया गर्ने छोरी होइनन् । किनकि उनी आफ्नो बाबु कुन आन्दोलनबाट कसरी यो ठाउँसम्म पुगे र यसको लागि मुलुकले व्यहोरेको क्षतिको हिसाबकिताबबारे बेखर कसरी बन्न सक्छिन् ? अथवा थाहा पाएर पनि बेवास्ता गर्न कसरी सक्छिन् ?

कुन लगानी र बलिदानीको मूल्यमा प्रचण्ड नेतृत्वको रूपमा जन्मिए, यसलाई नजरअन्दाज गर्नु मेयर तथा माओवादी नेतृका रूपमा मात्र होइन, एक छोरीका रूपमा पनि रेणुले गरेको गल्ती हो । उनले के भुल्नुहुँदैन भने आरुघाटमा पढाउने एक शिक्षक वा अरू कुनै भूमिकामा उनका पिता भएका भए रेणुले यति धेरै प्रिभिलेज पाउने थिइनन् ।

प्रश्न सकिएका माओवादी

यद्यपि माओवादीका दोस्रो-तेस्रो पुस्ताका नेताहरू जो प्रचण्ड परिवारले गोकर्ण रिसोर्टमा रोजेको विवाहको निर्णयलाई ढाकछोप गर्न लाजगाल सबै बिर्सिएर लागिरहेका छन्, उनीहरूप्रति दयाभाव जाग्छ । केही नेता/कार्यकर्ता केही हिम्मत जुटाउन खोजिरहेका छन्, तर उनीहरू मन फुकाएर बोल्न सकिरहेका देखिंदैनन् ।

माओवादी नेता कार्यकर्ताको यो नियति देख्दा राँगो बधको क्रूर दृश्य याद आउँछ । जब बध गर्न मानिसहरूले राँगोको टाउकोमा घन प्रहार गर्छन्, त्यो पीडाले राँगो छटपटिन्छ र कुद्छ । अलि पर पुगेर त्यो राँगो टक्क अडिन्छ र पछाडि फर्किएर सुरक्षाको खोजीमा आफ्नो मालिकतिर हेर्छ । किनकि अझै उसलाई आशा र विश्वास के बाँकी छ भने, ‘मेरो मालिकले मलाई बचाउँछ ।’ के थाहा, उसको टाउकोमा घन बजार्ने योजना उसकै हो !

सिद्धान्ततः देशमा गरिबी नसकिएसम्म कम्युनिस्टहरू गरिबकै पार्टी बन्नुपर्छ । गरिबकै आवाज बन्नुपर्छ । हो, मानिसलाई यो सिद्धान्त त्याग्ने सुविधा पनि छ । तर गेरुवा वस्त्र लगाएर मासु बेच्ने धन्दा भने रोक्नुपर्छ

प्रश्न सकिनु र मर्नु एकप्रकारले जीवन नरहनु हो । युद्धकालमा प्रचण्डले युद्धमा जानुअघि बम/गोली बोकेका कार्यकर्तालाई प्रशिक्षण दिंदै भन्थे, ‘जीवन मरोस्, तर मृत्यु नबाँचोस् ।’

माओवादी नेतृत्व र पार्टी पंक्ति विस्तारै विगत भुलिरहेका छन् । युद्धको बेला २०-४० हजार भ्रष्टाचार गरेको नाममा यातना र मृत्युदण्ड दिएर राजनीतिमा उदाएका नेताहरूको ऐयासी जीवनशैलीप्रति प्रश्न उठाउने नैतिक धरातल माओवादी पार्टी पंक्तिले पुष्ट्याइँ गर्न समेत यो विवाहले बल पुगेको छ ।

राजनीतिक इतिहासमा चर्चित चिनियाँ सर्वहारा क्रान्तिताका त्यहाँका युवा कार्यकर्ताले आफ्नै नेतालाई पाता कसेर कालोमोसो दलेका सन्दर्भ पढ्न पाइन्छ ।

नेता कार्यकर्ताले प्रश्न गर्नुपर्ने हो कि कमरेड प्रचण्ड एकातिर निजी सम्पत्तिको अन्त्य गर्दै साम्यवादसम्म पुग्ने सपना बाँडिरहने, अर्कोतिर गोकर्णमा नातिनीको भव्य विवाह गरेर तपाईंले नेपाली समाजमा कस्तो सन्देश दिन खोज्नुभएको हो ?

तपाईंले आफ्नै नेतृत्वमा नेपाली समाजमा स्थापित गरेको मूल्यमान्यता र मानकहरूमाथि किन प्रश्नचिहृन खडा गरिराख्नुभएको छ ?

तपाईंले आफ्नै नेतृत्वमा बनाएका प्रगतिशील कानुनका पानाहरूलाई किन खुला चुनौती दिएर सार्वजनिक रूपमै च्यातिरहनुभएको छ ?

के यो विवाहको शैली माओवादी हेडक्वाटरभित्रै हुर्किएको नवसामन्तवाद होइन ? के प्रचण्डले स्थापित गर्न लागेको जनवादी संस्कृति र तपाईंले भन्ने गरेको सांस्कृतिक क्रान्ति यही हो ?

तर यी प्रश्नहरू सुनिंदैन । किनकि आज माओवादी पंक्तिमा प्रश्नहरू सुषुप्त छन् ।

प्रश्न मरेका माओवादीहरू ती माओवादी होइनन् जसले देशमा जनयुद्ध गरेका थिए । यी ती योद्धा होइनन् जसले ‘बमबार्ड द हेडक्वाटर’ भन्दै, समाजलाई बुझाउँदै यहाँसम्मको यात्रा गरेका हुन् ।

प्रचण्डहरूले कुनै बेला अगुवा नेतृत्वबाट नेतृत्व खोसेर आन्दोलनमा आएका थिए । एउटा मानिस जीवनभर क्रान्तिकारी नरहन सक्छ । नयाँ पुस्ताले आफूभित्रको प्रचण्ड जगाउन छोडेर बुढो प्रचण्डलाई युवा अवस्थामा फर्काउने असम्भव प्रयास गरिरहेका छन् ।

अनि प्रचण्ड सजिलै भनिदिन्छन्, ‘नेपालमा नकारात्मक कुरा गर्ने बानी बस्न थाल्यो र विदेश जाने फेसन चल्यो ।’ स्वदेशमा रोजगार नपाएर वृद्धा बा-आमा, गर्भमा रहेका सन्तान र नवविवाहित पत्नीलाई छाडेर विदेशिन बाध्य लाखौं नेपालीलाई प्रधानमन्त्री ‘विदेश जाने फेसन’ भनिदिन्छन् । हाम्रो राजनीतिक नेतृत्वको अयोग्यताले निर्वासित बनाइएका मानिसहरू हुन्, ती जो सपनामा आफ्नै पाखापखेरामा र बिहान कोसौं टाढा परदेशी भूमिमा ब्युँझन्छन् । विदेश उनीहरूको रहर होइन, बाध्यता हो ।

प्रचण्ड सजिलै भनिदिन्छन्, ‘नेगेटिभ कुरा गर्ने बानी बस्न थाल्यो नेपालमा । पोजेटिभ कुरा नदेख्ने । सकारात्मक र उज्यालोतिर नहेर्ने । खाली अँध्यारो, खाली नकारात्मक ।’ गोकर्णमा नातिनीको भव्य विवाह गर्ने हैसियत सबै नेपालीको भइदिएको भए सबैले उज्यालो देख्थे, तपाईंले भन्दा धेरै । सानातिना उपलब्धिमा खुसी हुन जानेका छन् नेपालीले । नकरात्मकता र निराशा तपाईंहरूले अनन्त कोरल्न बसेको बतासे अण्डाको बायोप्रोडक्ट हो ।

प्रचण्ड प्रश्न गरेर यहाँसम्म आएका हुन् र उनी प्रश्नमुक्त छैनन् ।

माओवादी नेता कार्यकर्तालाई भ्रम होला कि उनीहरूले प्रचण्डलाई जोगाइरहेका छन् । तर यसरी न आन्दोलन जोगिन्छ न देश । हुनेछ त केवल माओवादी आन्दोलनको थप क्षयीकरण ।

यति भन्न अप्ठ्यारो मान्नुपर्दैन कि आलोचनात्मक चेत मरेका नेता कार्यकर्ता कुनै पनि आन्दोलनका केवल मलामी सावित हुनेछन् ।

पुरानै सामन्तवादी भनिएको परम्परालाई निरन्तरता दिने हो भने हिजो किन सामाजिक परम्परामाथि हमला गरेको ? केवल युवालाई पारिवारिक/सामाजिक बन्धनबाट बाहिर निकालेर राजनीतिक उद्देश्य प्राप्तिका लागि प्रयोग गर्नका लागि मात्रै ? यो प्रश्नको जवाफ प्रचण्ड र उनको ‘एस म्यान’ बनिरहेका अथवा प्रश्न सिद्धिएका नेताहरूले पनि दिनुपर्छ ।

ढोंगी व्यवहारको मारमा नेपाली जनता धर्मभीरुदेखि दलका नेताबाट समेत पटक-पटक पर्दै आएकै छन् । यी सबै क्रान्तिकारी पार्टीको सर्टरबाट सामन्तवादी संस्कृतिको कारोबार गर्ने विरोधाभासपूर्ण व्यवहारको परिणति हो । हुन त, तर्कहरूको बलमा सापेक्ष सत्यको अवधारणा अनुरूप हिजो त्यही अभ्यास ठिक, आज यही ठिक पनि भन्न सकिन्छ । तर प्रचण्डकै नेतृत्वमा सञ्चालित युद्धद्वारा स्थापित बलियो संकथनले यो तर्क टिक्न दिंदैन ।

यो विवाहको विरुद्धमा सामाजिक सञ्जालमा देखिएको विरोध केही विपक्षी दलले छोपेको मौका होला, तर त्योभन्दा बढी आफू विरुद्ध भएको धोका र गद्दारी विरुद्ध माओवादी समर्थक र शुभचिन्तकहरूले सार्वजनिक गरेको मत हो, राजनीतिक दस्तावेज हो ।

वर्ग उत्थान भएका नेतृत्वले गरिरहेको भ्रष्टाचार, नोकरशाहीतन्त्र, नातावाद/कृपावाद एकप्रकारले सर्वसाधारण र कार्यकर्तामाथि थोपरिएको संरचनागत हिंसा हो । यसको प्रतिरोध हुँदासम्म माओवादी आन्दोलन रहन्छ र प्रतिरोधहीनताको दिन यो आन्दोलन अचाक्ली कमजोर हुन्छ ।

यसको प्रतिरोध प्रश्न मरेका मानिसहरूबाट सम्भव छैन । दोस्रो/तेस्रो पुस्तामा देखिएको प्रतिरोधहीनता माओवादी पार्टीको भविष्यहीनता हो । अँध्यारो भविष्य हो ।

कार्यकर्ता भारदारमा रूपान्तरण हुनु सामन्तवादी युगकै कथा हो, जहाँ समर्थकहरूलाई आलोचनात्मक दृष्टि राख्न निषेध हुन्छ अथवा प्रश्न मनाही हुन्छ ।

बलिदानीपूर्ण युद्धबाट प्राप्त क्रान्तिका उपलब्धिहरूलाई निजीकरण गर्दा पनि मौन रहने नेता-कार्यकर्ताले सांस्कृतिक क्रान्तिको गफ कसरी दिन सक्छन् ?

सीमित नेता र उनीहरूको परिवारको मनपरीतन्त्रको पटाक्षेप कसरी हुन्छ ? भुटानी शरणार्थी प्रकरण र सुन काण्डहरूमा प्रहरी हिरासत र जेलमा परेका नेता र उनीहरूको सन्तानको उदाहरणबाट सिक्नुपर्ने हो ।

सम्भ्रान्तहरूसँगको बसउठले वर्गचरित्र बदलिएको छ, तर विचार र सिद्धान्त पुरानै क्रान्तिकारी बेचिरहनुपरेको छ । यो विरोधाभासको निरन्तरता अनन्तकालसम्म रहँदैन ।

सिद्धान्ततः देशमा गरिबी नसकिएसम्म कम्युनिस्टहरू गरिबकै पार्टी बन्नुपर्छ । गरिबकै आवाज बन्नुपर्छ । हो, मानिसलाई यो सिद्धान्त त्याग्ने सुविधा पनि छ । तर गेरुवा वस्त्र लगाएर मासु बेच्ने धन्दा भने रोक्नुपर्छ ।

Previous Post

गठबन्धन सरकार अहिलेको बाध्यता हो : अर्थमन्त्री महत

Next Post

घरेलु कार्यालयको स्कुलमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० पुष ३, मंगलवार ११:२१
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० पुष ३, मंगलवार ११:२१
133
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० पुष ३, मंगलवार ११:२१
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० पुष ३, मंगलवार ११:२१
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० पुष ३, मंगलवार ११:२१
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० पुष ३, मंगलवार ११:२१
21
Next Post

घरेलु कार्यालयको स्कुलमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन ।

घरेलु कार्यालयको स्कुलमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० पुष ३, मंगलवार ११:२१
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० पुष ३, मंगलवार ११:२१
133

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० पुष ३, मंगलवार ११:२१
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० पुष ३, मंगलवार ११:२१
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.