कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

हात्तीपाइले विरुद्धको खाेप अभियान कहिले हाेला प्रभावकारी ?

कस्तुरी खबर by कस्तुरी खबर
२०८० भाद्र २९, शुक्रबार १२:२०
0
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज,। नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र हो, वडा नम्बर ३ । यहाँको सबैभन्दा पुरानो बजार क्षेत्र समेटिएको वडा नम्बर ३ मा मधेशी र मुस्लिम समुदायको बसोबास छ । सरकारले हात्तीपाइले रोग विरुद्धको औषधि निरन्तर खुवाउँदै उन्मूलनको लक्ष्य लिए पनि औषधि सेवनदर अत्यन्त न्यून छ । सन् २०२१ मा २३ प्रतिशत कभरेज रहेकोमा २०२२ मा घटेर २२ प्रतिशतमा झर्यो । कभरेज बढ्नुको साटो घटेपछि सरोकारवाला चिन्तित भए ।

औषधि सेवनदर बढाउन जिल्ला तथा उपमहानगरपालिकाका स्वास्थ्य अधिकारीहरुसंगको परामर्श र छलफलका आधारमा आम औषधि सेवनको न्यून कभरेज भएको वडा नम्बर ३ लाई लैंगिक समानता तथा सामाजिक समावेशीकरण (लैससास) एकिकृत व्यवहार परिवर्तन प्रायोगिक (पाइलट) क्रियाकलापका लागि छनौट गरियो । पाइलट क्रियाकलापको मुख्य लक्ष्य आम औषधि सेवन सम्बन्धि सचेतीकरण गर्ने, समुदायको संलग्नता बढाउने र औषधि सेवन गराउनु थियो । त्यसका लागि दक्ष व्यवहार परिवर्तन समूह गठन गरी समुदायमा परिचालन गरिएको थियो । व्यवहार परिवर्तन समूहले आम औषधि सेवन कार्यक्रम सञ्चालन हुनु पूर्व सचेतना फैलाउने, घरदैलो गर्दै औषधि वितरण गर्ने, क्रमिक भेटघाट गरी आम औषधि सेवनका लागि प्रभावित गर्ने लगायतका कार्यहरु गरेको लैससासकी शोभा लामाले बताउनुभयो ।

पाइलट क्रियाकलापका मुख्य सिकाईहरुका बारेमा जानकारी गराउन आज नेपालगञ्जमा आयोजित कार्यशालामा लामाले औषधिप्रतिको गलत धारणा र बुझाई मुख्य समस्या भएको बताउनुभयो । समाजका अगुवाहरुले औषधिबारे अफबाह फैलाउने गरेको पाइएको छ । पाइलट क्रियाकलापपछि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन औषधि सेवनमा सहभागिता न्यून भएका सहरी क्षेत्रलाई दृष्टिगत गरी हात्तीपाइले र आम औषधि सेवनलाई सुदृढीकरण गर्न सहरी क्षेत्र अनुकूल स्थानीय आम औषधि सेवन रणनीति तयार गर्नुपर्ने, आम औषधि सेवन भन्दा अगाडि वा वितरणको दौरानलाई लक्षित गरी सूचना, शिक्षा र संवाद सामग्रीहरु सुधार गर्नुपर्ने र निर्दिष्ट सामाजिक परिचालनलाई समुदायमा सुदृढीकरण गर्नुपर्ने निष्कर्ष निकालिएको लामाले बताउनुभयो । पाइलट क्रियाकलापका दौरान न्यून औषधि सेवन भएका टोलहरुमा २९१ घरधुरी मध्ये २४१ अर्थात ८२ प्रतिशत बजार क्षेत्रकै मानिसले औषधि सेवन नगरेको पाइएको छ । मधेशी र मुस्लिम समुदायको बसोबास रहेका अन्य वडाहरुमा पनि निकै कम कभरेज छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले स्वागत मन्तब्यसंगै कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । लैससासकी लामाले लैससास व्यवहार परिवर्तन प्रायोगिक (पाइलट) र औम औषधि सेवनमा सामाजिक परिचालनका महत्वपूर्ण सिकाई र सुझाबहरुबारे प्रस्तुतिकरण गर्नुभएको थियो । भावी कार्यदिशाबारे समूहगत छलफल गरिएको कार्यशालामा नगर प्रमुख प्रशान्त विष्ट, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर ३ का वडा अध्यक्ष मो. अयुब सिद्दिकी, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा लगायतको सहभागिता थियो । कार्यशालामा सहजीकरण हात्तीपाइले फोकलपर्सन विनोद विकले गर्नुभएको थियो ।

हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम २०७९ फागुन ११ गतेदेखि फागुन २१ गतेसम्म सञ्चालन गरिएको थियो । आम औषधि सेवन कार्यक्रम सञ्चालन हुनु पूर्व नेपाल सरकार र युसआइडिको सहयोगमा हात्तपाइले उन्मूलन सम्बन्धित लैससास चुनौती तथा अवसरहरु पहिचान गर्नका लागि बाँके, दाङ र कपिलबस्तुमा पाइलट क्रियाकलाप सञ्चालन गरेको थियो ।

Previous Post

मान्छे बाेक्ने रिक्सामा निर्माण सामाग्रीको ढुवानी

Next Post

संविधान दिवसमा यसपालि विभूषण वितरण नहुने

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० भाद्र २९, शुक्रबार १२:२०
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० भाद्र २९, शुक्रबार १२:२०
140
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० भाद्र २९, शुक्रबार १२:२०
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० भाद्र २९, शुक्रबार १२:२०
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० भाद्र २९, शुक्रबार १२:२०
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० भाद्र २९, शुक्रबार १२:२०
21
Next Post

संविधान दिवसमा यसपालि विभूषण वितरण नहुने

नेपालगन्जबाट भारतमा उडान शुरु गर्न गृहकार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० भाद्र २९, शुक्रबार १२:२०
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० भाद्र २९, शुक्रबार १२:२०
140

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० भाद्र २९, शुक्रबार १२:२०
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० भाद्र २९, शुक्रबार १२:२०
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.