कस्तुरीखबर ,नेपालगन्ज – यात्रु बसाल्ने प्रयोजनका लागि अटोरिक्सा बनाइएको हुन्छ ।
तर नेपालगन्जमा त्यस विपरित निर्माण सामग्री ढुवानी गरेर दुर्घटनाको जोमिख बढाउदा समेत ट्राफिक प्रहरीले रोक्न चासो देखाएको छैन ।
यसले एकातिर ट्राफिक प्रहरीको गम्भीर लापरबाही प्रमाणित हुन्छ भने अटोरिक्सामा निर्माण सामग्री ओसनरपसार गर्ने गराउने व्यवसायी र सेवाग्राहीको मनोवल बढेको छ ।
मोटरसाइकल र ठेला चलाउनेहरुलाई निगरानी गर्ने प्रहरीले यसरी दुर्घटना बढाउने कार्य बढ्दै जादा समेत रोक्न चासो दिएको पाइदैन ।
जनस्तरबाट यस्तो कार्य रोक्न दबाब दिएको छ । सार्बजनिक चासाेकारुप यो मुद्दालाई गम्भीरतापूर्वक उठाएका छन् । नेपालगन्ज -१२ का दिलबहादुर थापा भन्छन्- यस्ताे हर्कत रोक्न नसक्नु त अति नै हो ।
जिल्ला ट्राफिक कार्यालय नेपालगन्ज इकाईका प्रमुख ओम पौडेल मान्छे बाेक्ने गाडीमा अन्य निमार्ण सामग्री बाेक्न नपाइने र बाेके कारवाहि हुने बताउछन् ।