खजुरा (बाँके) : लक्ष्मि नारायण मन्दिर खजुरामा आइतबारदेखि महाआरती शुरु भएको छ । धार्मिक पर्यकटिय क्षेत्रका रुपमा खजुरालाई चिनाउन महाआरती शुरु गरिएको हो ।
लक्ष्मि नारायण मन्दिर व्यवस्थापन समिति र खजुरा क्षेत्र संरक्षण समितिले यो महाआरतीको सुरुवात गरेकाे हाे ।

महाआरतीसँगै खजुरामा लाग्ने बृहद् तिज महोत्सवलाई सफल बनाउन सबैको सहयोगकाे आशा गरिएको छ। तिज कार्यक्रम असोज १ गते हुदैछ ।