नेपालगन्ज : नेपालगन्जको बिरेन्द्र चोक (धम्बोझी चोक) मा बिरेन्द्रको पुर्णकदको शालिक राख्न बाकेका राजनैतिक दलहरु सकारात्मक रहेको अभियानले दाबी गरेको छ ।
नेपालगन्जमा पत्रकार सम्मेनल गरेर मातृभूमि नवनिर्माण अभियानको पहलमा नेपालगन्जमा बीरेन्द्र चौकमा स्व. राजा वीरेन्द्रको शालिक पुनर्स्थापनाको लागि गठन भएको “स्व. राजा बीरेन्द्रको शालिक पुनर्स्थापना समितिले सर्वदलीय बैठक आयोजना गरेको र सो क्रममा राजनैतिक दलहरु सकारात्मक रहेको अभियानले दाबी गरेको हो ।
अभियानले आफ्नो दोस्रो चरणको कार्यक्रम अन्तर्गत मिति भदौ १३ गते नेपालगन्जको सि.एस.टि. होटेल एण्ड पार्टी प्यालेस मा नेपालगन्जको बीरेन्द्र चोकमा स्व. राजा बीरेन्द्रको शालिक पुनर्स्थापना गर्ने सन्दर्भमा बाँके जिल्लाका राजनीतिक दलहरु संग अन्तरक्रियाको गरेको बताएको छ ।
बाकेका १० राजनैतिक दललाई निमन्त्रणा दिए पनि सर्वदलीय बैठकमा नेपाली कांग्रेस, रास्ट्रीय स्वतन्त्र पार्टी, रास्ट्रीय प्रजातन्त्र पार्टी, जनमत पार्टी र राप्रपा नेपाल सहभागी रहेको र सहभागी राजनैतिक दलहरुले उचित राय सहित सकारात्मक रहेको अभियानका संयोजन तेज बिक्रम शाहले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको थियो ।
“मातृभूमि नव निर्माण अभियान, नेपाल” को पहलमा गठन भएको “स्व. राजा बीरेन्द्रको शालिक पुनर्स्थापना समितिले नेपालगंज उप-महानगरपालिकाको २३ वटा वडामा ऐक्यबद्धता समूह गठन गर्ने जानकारी दिएका छन् ।
साथै अभियानले शनिबार नै नेपालगन्जको वडा नम्बर १० र १२ मा क्रमश शुधिर बिक्रम केसी र श्याम शर्माको संयोजकत्वमा ऐक्यबद्धता समूह गठन गरेको जनाएको छ ।
प्रत्यक वडाको ऐक्यबद्धता समूहमा १५१ सदस्य रहने समेत अभियानले जनाएको छ ।