कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

जहाँ छ किरा बैंक

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २६, शुक्रबार ०१:१७
0
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज — पैसाको कारोवार हुने बैंक त सबैले देखेकै हो । तर किराको पनि बैंक छ भन्ने सुन्दा जोकोहीलाई आश्चार्य लाग्न सक्छ । हो, बाँकेको पर्यटकीयक्षेत्र गाभरमा किराको पनि ‘बैंक’ छ ।

तर यसमा अरु बैंक जस्तो पैसाको कारोवार भने हुँदैन । रैथाने बिभिन्न प्रजातिका किराकोे संरक्षण गर्ने उदेश्यले देशमै पहिलोपटक सामुदायिक जीन बैंक स्थापना गरिएको होमस्टे एशोसिएसनका महासचिव एवं गाभरमा होमस्टे स्थापना गर्ने अभियानता कृष्ण चौधरी बताउँछन् । मौरी प्रजातिका जीव संरक्षणका लागि गाभर भ्याली सामुदायिक जीन बैंकको स्थापना गरेपछि रैथाने किराको संरक्षण मात्र भएको छैन स्वदेशी तथा बिदेशी पर्यटकका लागि समेत चासोको बिषय बनेको छ ।

‘बच्चामा हामीले भँगेरा लगायतका चराहरु देखेका थियौं । लोप भइसकेका थिए अहिले जीन बैंक खुलेपछि फेरी देखिन थालेका छन् ।’— स्थानीय अनु चौधरीले अनुभव सुनाइन । जीन बैंकको गतवर्ष राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) का प्रमुख डा. बालकृष्ण जोशीले उद्घाटन गरेका थिए । वरिष्ठ वैज्ञानिकसमेत रहेका जोशीले पहिलो पटक जीन बैंक स्थापना गरिएको बताएका थिए । ‘कृषिका केही प्रजाति संरक्षणका लागि सामुदायिक जीन बैंक स्थापना भएका छन्,’ उनले भने, ‘मौरी (किरा) प्रजाति संरक्षणका लागि पहिलोपटक समुदायस्तरबाट नै जीन बैंक स्थापना गरिएको हो । यो कार्य अन्य स्थानका लागि प्रेरणा पनि बन्न सक्छ ।

जीन बैंक स्थापना गर्न महत्वपूर्ण अभियान चलाएका तिलक ढकाल बिभिन्न प्रजातिका किराको संरक्षणको आवश्यकता महसुस भएपछि जीन बैंक स्थापना गरिएको बताउँछन् । बासस्थान लोप हुन थालिसकेको बताउँदै ढकालले स्थानीयस्तरबाट नै बासस्थानको व्यवस्थापन गर्न भएको पहल प्रेरणादायी भएको उल्लेख गरे ।

‘जनावर संरक्षणका लागि विभिन्न निकुञ्जहरु निर्माण गरिएको छ । किरा संरक्षणका लागि अहिलेसम्म केही थिए,’ ढकालले भने, ‘तपाईं हाम्रै कारणले किराहरु लोप हुन थालेका हुन संरक्षणसमेत अब तपाईं हामीले नै गर्नपर्छ ।’ गाभर भ्याली होमस्टे एसोसिएसनका अध्यक्ष कृष्ण चौधरी लोप भइसकेका मौरीका प्रजातिलाई संरक्षण गरिने बताउँछन् । ‘हामीले मौरी भन्नेबित्तिकै मह उत्पादन गर्ने प्रजातिलाई मात्रै चिन्छौं । ती मात्रै होइनन्, मौरीका अन्य धेरै प्रजाति छन्,’ उनले भने, ‘तीनै लोप भइसकेका मौरीका सानासाना प्रजातिको जीन बचाउने हाम्रो लक्ष्य हो ।’

लोप भइसकेका मौरी संरक्षणका लागि उपयुक्त बासस्थान बनाइएको अध्यक्ष चौधरीले जानकारी दिए । सबै प्रजातिका मौरीलाई अनुकूल हुनेगरि फरकफरक स्थानमा बासस्थान बनाइएको छ । ‘हामीले बनाएका विभिन्न बासस्थानमा आएर जतिसुकैबेला पनि मौरी बस्न सक्छन्,’ उनले भने, ‘विभिन्न फरकफरक नाम दिएर बासस्थान बनाइदिएका छौं ।’ गाभर भ्यालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकले यसबारे बुझ्न समेत सक्नेछन् ।

यही अभियानअन्तर्गत नै दुई दिने जीन बैंक तथा किरा फिल्ड तालिम सम्पन्न भइसकेको अध्यक्ष चौधरीले जानकारी दिए । ‘मौलिक वस्तु तथा प्रविधि नै हाम्रो जीवन र आर्थिक सम्वृद्धिका आधार भन्ने नाराका साथ दुई दिने तालिम सम्पन्न गरिसकेका छौं,’ उनले भने, ‘गाभरबाट सुरु गरिएको यो अभियानलाई देशका अन्य जिल्लामा पु¥याउने हाम्रो लक्ष्य छ ।’ यसले समुदायको सहभागितामा लोप हुन लागेका जीवहरुको संरक्षण गर्नसमेत सहज हुने उनले दाबी गरे।

रैथाने एग्री प्रोडक्टका अध्यक्ष तिलक ढकालले सामुदायिक जीन बैंकमार्फत किराहरुको मात्र संरक्षण नभइ कृषि जैविक विविधताको समेत संरक्षण हुने विश्वास लिए । ‘मौरीलगायतका किरा प्रजातिको संरक्षण हुँदा कृषि उत्पादनमा समेत वृद्धि हुन्छ,’ उनले भने, ‘कृषि बाली उत्पादनमा वृद्धि हुँदा किसानको आयआर्जनमा सुधार हुने र पर्यापर्यटनको थप आकर्षणको केन्द्र बन्छ ।’

यो अभियानले पारिस्थिकीय प्रणाली (इको सिस्टम), जैविक विविधता संरक्षणमा टेवा पु¥याउने कृषि र पर्यावरणमा आधारित पर्यटन प्रबद्र्धन गर्नका साथै स्थानीय समुदायको जीवीकोपार्जन सुधार ल्याउने अपेक्षा गरिएको छ । जीन बैंकको अहिलो अवस्थाका बारेमा अध्ययन अनुसन्धान थालिएको छ । जीन बैंक अन्तर गर्ने ६ वटा आनुवंशिक श्रोतहरुको अवस्थाका बारेमा अध्ययन भइरहेको छ । गाभर भ्याली, च्यामा भ्याली र सुतैया गाउँको कन्वा तालसम्म आनुवंशिक श्रोतको अवस्थाका बारेमा अध्ययन पच्चात संरक्षण र प्रवद्र्धनकालागि सरोकारवालाहरु समक्ष प्रतिवेदन पेश गर्ने सामुदायिक जीन बैक सञ्जालका सचिव चौधरीले जानकारी दिएका छन् ।

बाली, घाँसेवाली, जलीय, किरा, पशुपंक्षी र शुष्म जिवाण आनुवंशीक श्रोतको पहिचान भइरहेको हो । मानवीय जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले कृषि जैविक विविधता संरक्षण आवश्यक रहेको जीन बैकका सल्लाहकार पूर्णचन्द उपाध्यायले बताए । मानवीय सोचका कारणले कृषी आनुवंशीक श्रोतहरु दिन प्रतिदिन लोप हुने खतरा बढेकाले यसको संरक्षणकालागि पहिलो चरणमा गाभर क्षेत्रको अध्ययन गरी संरक्षणको अभियानमा लागेको सामुदायिक जीन बैकका अध्यक्ष पुरमल बस्नेतले बताए । अध्ययनका लागि स्थानीय समुदाय, बाँके राष्टिय निकुञ्ज, बैजनाथ गाउँपालिका सम्बन्धीत प्राविधिकहरुको सहभागिता रहेको छ । अध्ययन पाँच दिन सम्म चल्ने छ ।

Previous Post

साबित्रा बस्नेतकाे नेतृत्वमा महिला उद्यमी संघ बाँकेकाे नयाँ नेतृत्व चयन

Next Post

काेहलपुर र सुर्खेतको जग्गामा भ्रष्टाचार गर्ने साझाका अध्यक्ष विरुद्ध मुद्दा

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २६, शुक्रबार ०१:१७
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २६, शुक्रबार ०१:१७
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २६, शुक्रबार ०१:१७
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २६, शुक्रबार ०१:१७
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० श्रावण २६, शुक्रबार ०१:१७
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० श्रावण २६, शुक्रबार ०१:१७
21
Next Post

काेहलपुर र सुर्खेतको जग्गामा भ्रष्टाचार गर्ने साझाका अध्यक्ष विरुद्ध मुद्दा

एमालेद्वारा लुम्बिनी प्रदेश अधिवेशनमा प्रतिनिधि छनौट मापदण्ड निर्धारण ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २६, शुक्रबार ०१:१७
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २६, शुक्रबार ०१:१७
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २६, शुक्रबार ०१:१७
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २६, शुक्रबार ०१:१७
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.