नेपालगन्ज । महिला उद्यमी संघ बाँकेकाे अध्यक्षमा साबित्रा पाेखरेल बस्नेत सर्वसम्मत चयन भएकी छन् । बिहीबार सम्पन्न अधिवेशनले उनकाे नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेकाे हाे ।
नयाँ कार्यसमितीको प्रथम उपाध्यक्षमा रेवती सिंह,दृितिय उपाध्यक्षमा आभा गौतम,तृतीय उपाध्यक्षमा सुनिता पाण्डे भएकी छन् ।
त्यस्तै महासचिवमा सरिता शाक्य,सचिवमा नितु शाह चन्द,काेषाध्यक्षमा बिन्दुचर्ती मगर निर्वाचित भएकी छन् । सदस्यमा शुसिला राणा, शशी स्वाँर,सुश्मा ज्ञवाली, निरु चौधरी,कुसुम दुगड,सुश्मा पाेखरेल सुवेदी,शाेभा श्रेष्ठ, सुनिता सुवेदी,नाजिया अलि शर्मा, राेजि बाेस रहेका छन् ।