नेपालगन्ज : नेपालगन्ज त्रिभुवन चोकका पाँच जनाको एकैसाथ दुःखद् मृत्यु हुन पुगेको छ । भारतको स्रावस्ती भन्ने ठाउँमा भयानक कार दुर्घटनामा उनीहरुको मृत्यु भएको खबर छ ।
शनिबार भएको कार दुर्घटनामा नेपालगन्जका व्यापारि घरानाका दुई परिवारका गरी ६ जनाको मृत्यु भएको बताइएको छ ।
मृत्यु हुनेमा नेपालगन्ज त्रिभुवन चोक स्थित एसकुमार वाचका संचालक सन्तोष कुमार गुप्ताको
परिवार र नेपालगन्ज सदरलाईन स्थित हरि ओम मेडिकलका घरबेटी वैभवको परिवार गरी दुई परिवारका ६ जनाको मृत्यु भएको बताइएको छ ।
भारतीय टेलिभिजन न्युज १८ ले भने कार दुर्घटनामा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको जनाएको छ । दुर्घटनाको एकिन विवरण आउन बाँकी छ । भयानक दुर्घटनाले त्रिभुवनचाेकमा सन्नाटा छाएको छ ।