नेपालगन्ज । नेपाल बित्तीय संस्था कर्मचारी संघ ग्रामीण विकास लघु बित्त बित्तीय संस्था लुम्बिनी प्रदेश कार्यालय (क) नेपालगञ्जको तेस्रो प्रदेश अधिवेशनबाट सर्वसम्मतरुपमा विशाल ज्ञवालीको नेतृत्वमा नयाँ प्रदेश समिति चयन भएको छ।
समितिकाे उपाध्यक्षमा सुद्धराज बुढाथोकी , सचिव जानुका शर्मा, काेषाध्यमा कमला पौडेल रहेका छन् ।
सदस्यमा अजिता ज्ञवाली,मनजसा श्रेष्ठ,काजी बिष्ट, तुलबहादुर खत्री, अनिता अधिकारी,रामप्रसाद प्रसाई, शाेभाराम केसी,गिता गौतम रहेका छन् ।
लुम्बिनी प्रदेश कार्यालय (क) नेपालगञ्ज अन्तर्गत पर्ने ५ जिल्ला बाँके, बर्दिया, दाङ, रोल्पा र प्युठान जिल्ला अधिवेशनबाट चुनिएर आएका प्रदेश प्रतिनिधीले नयाँ समिति चयन गरेका हुन ।
प्रदेश अध्यक्ष रोशन केसीको सभापतित्वमा भएको प्रदेश अधिवेशन नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष राम बहादुर मल्लको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशन उद्घाटन सत्रमा नेपाल ट्रेड यूनियन कांग्रेस लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष मुकुन्द अधिकारी, नेपाल बित्तीय संस्था राष्ट्रिय समिति लुम्बिनी प्रदेश अध्यक्ष यदुनन्दन भण्डारी, केन्द्रीय सदस्य राजेन्द्र बहादुर केसी, लक्ष्मी पौडेल, मोहम्मद रिजवानले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।