कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

सिन्धु एमालेमा ‘गोकुल इन्ट्री’ को प्रभाव- दुई महिना अटेर गरे, अन्तिममा छक्का मारे

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण १६, मंगलवार ११:५९
0
10
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

दिनेश थापा- नेकपा एमाले केन्द्रीय सचिवालयको २२ औ बैठकले जेठ २४ गते अन्तरपार्टी निर्देशन जारी गर्‍यो । उक्त निर्देशनअनुसार सबै जिल्ला, त्यस अन्तर्गतका प्रदेशमा यसअघिका इञ्चार्जहरू फेरबदल गर्दै केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यहरूलाई जिल्ला र प्रदेशका इञ्चार्जको जिम्मेवारी प्रदान गरेको थियो ।


एमाले सिन्धुपाल्चोकमा यसअघि जिल्ला इञ्चार्जको रुपमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ थिए । तामाङलाई ललितपुर जिल्लाको इञ्चार्जको जिम्मेवारी दिएर सिन्धुपाल्चोकमा भने छिमेकी जिल्ला काभ्रेका नेता पोलिटब्युरो सदस्य गोकुल बास्कोटालाई जिल्ला इञ्चार्ज तोकेको थियो ।

सचिवालयले इञ्चार्जहरू हेरेफेर गरेपछि केन्द्र र पोलिटब्युरोका सदस्यहरू आफ्नो तोकिएको कार्यक्षेत्रमा गएर बैठकलगायतका कार्यक्रममा सहभागी भएपनि सिन्धुपाल्चोक इञ्चार्ज बास्कोटा भने कार्यक्षेत्रमा गएनन् ।

उनले सार्वजनिकरूपमै सीडीओ सरुवा गरेजसरी कार्य विभाजन गरेको भन्दै बेजिल्लाको सरुवाप्रति असहमति जनाए । इञ्चार्ज तोकिएपछि सिन्धुपाल्चोकमा एमालेको दुवै प्रदेश कमिटीको बैठक सम्पन्न भयो, तर जिल्ला इञ्चार्ज बास्कोटा सहभागी भएनन् ।

सचिवालय बैठकले बास्कोटालाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिएपछि एमाले सिन्धुपाल्चोकका नेता कार्यकर्ताहरू उत्साही भए । तर, जिम्मेवारी पाएको साढे २ महिनासम्म पनि बास्कोटा जिल्लामा नआएपछि एमाले वृत्तमा निराश छाएको थियो ।

यसैबीच एमाले जिल्ला अध्यक्ष कमल नेपालले प्रायः सबै जिल्ला कमिटी सदस्यहरूलाई फोन गर्दै ‘साउन १० गते जिल्ला कमिटीको बैठक छ, नयाँ इञ्चार्ज आउँदै हुनुहुन्छ, इञ्चार्ज अलि कडा स्वभावको हुनुहुन्छ अनिवार्य उपस्थिति हुनु होला’ भने ।

अध्यक्षको टेलिफोन र बास्कोटा जिल्लामा आउने खबरले एमालेका जिल्ला कमिटीका सदस्यहरू उत्साही थिए । बास्कोटा साउन ९ गते नै सदरमुकाम चौतारा आएर एमालेका जिल्ला तहका नेताहरूसँग छलफल गरे ।

साउन १० गतेको जिल्ला कमिटीको बैठकमा बोल्दै बास्कोटाले एकीकृत समाजवादीको भविष्य लामो नरहेको र सिन्धुपाल्चोकमा अब एमाले मजबुत हुने बताएपछि एमाले जिल्ला कमिटीका सदस्यहरूबीच गाइँगुइँ सुरू भएको थियो ।

बास्कोटा साउन ९ गते चौतारामा नेकपा एसका केन्द्रीय सदस्य सुवास कर्माचार्यको होटलमा नै बसेका थिए । धेरैको अनुमान थियो-कर्माचार्यसहित समाजवादीका नेता कार्यकर्ताहरू एमालेमा नै फर्किँदैछन् ।

बास्कोटाको सम्बोधनपछि एमाले जिल्ला अध्यक्ष कमल नेपालले बैठकमा एउटा प्रस्ताव राखे । प्रस्तावमा ‘एमाले छाडेर अन्य पार्टीमा गएकाहरू पुन: एमालेमा नै आए सदस्यता नवीकरण गर्ने ।’

साउन २० गते एमाले महासचिव शंकर पोखरेलेको उपस्थितिमा भव्य भेलाको आयोजना गर्ने सहितका प्रस्ताव जिल्ला कमिटीको बैठकले पारित गरेपछि धेरै नेता कार्यकर्ताहरूको अनुमान सही भयो र एमाले छाडेर नेकपा एसमा गएका नेता कार्यकर्ताहरू एमालेमा नै फर्कने खबर सही साबित भयो ।

कर्माचार्यको कमब्याक यसरी सम्भव भयो

सिन्धुपाल्चोक जिल्ला इञ्चार्जको जिम्मेवारी पाएपनि कार्यक्षेत्रमा नआएपछि एमालेका जिल्ला नेताहरूले महासचिव शंकर पोखरेललाई भेटेर बास्कोटा जिल्लामा नआएको जानकारी गराएका थिए ।

एमाले स्रोतका अनुसार बास्कोटाले आफू सिन्धुपाल्चोकमा जानुपर्ने भए केही शर्तहरू पार्टी केन्द्रले पूरा गर्नुपर्ने बताएका थिए । उनले एमाले छाडेर नेकपा एसमा गएका सिन्धुपाल्चोकका एमालेका पुराना र लोकप्रिय नेता सुवास कर्माचार्यलाई पुनः एमालेमा नै ल्याउनका लागि पार्टी केन्द्रले सहयोग गर्नुपर्ने माग गरेका थिए ।

जिल्ला इञ्चार्ज बास्कोटाको मागमा महासचिव पोखरेल सकारात्मक भएपछि त्यसको केही दिनपछि बास्कोटासहित एमाले जिल्ला अध्यक्ष कमल नेपाल र समाजवादीका नेता सुवास कर्माचार्यले महासचिव पोखरेलसँग भेट गरेका थिए ।

भेटमा कर्माचार्यले आफूले एमाले छाडेर गल्ती गरेको र अब एमालेले दिने जुनसुकै जिम्मेवारी पनि निर्वाह गर्ने प्रतिबद्धतापछि बास्कोटाले तत्काल नै जिल्ला कमिटीको बैठक राख्न अध्यक्ष नेपाललाई निर्देशन दिएका थिए ।

बास्कोटाको मागमा अध्यक्ष केपी शर्मा ओलीले समेत ग्रिन सिग्नल दिएको स्रोतको दाबी छ । पार्टी अध्यक्ष र महासचिव सकारत्मक भएपछि मात्र जिल्ला इञ्चार्ज बास्कोटा सिन्धुपाल्चोकमा आएका थिए ।

एमाले उत्साही, समाजवादीमा निराशा

एमाले विभाजन भएर समाजवादी बनेपछि कर्माचार्य दोस्रो पटक समाजवादीमा प्रवेश गरेका थिए । कर्माचार्य समाजवादीमा प्रवेशपछि एमालेका कार्यकर्ताहरू निराश भएका थिए भने समाजवादीमा उत्साह थियो ।

समाजवादीको केन्द्रीय सदस्य र पूर्वसांसद समेत रहेका कर्माचार्य पुन: एमालेमा नै फर्कने र जिल्ला इञ्चार्ज पनि बास्कोटा हुने भएपछि एमाले सिन्धुपाल्चोकका नेता कार्यकर्ताहरू भने अहिले उत्साही छन् ।

बास्कोटा र कर्माचार्यको कतिपय विशेषता समान प्रकृतिका छन् । उनीहरू दुवै ‘हार्डलाइनर’ नेताका रूपमा चिनिएकाले गर्दा पनि अब सिन्धुपाल्चोकको एमालेमा उत्साह पैदा भएको एमाले नेता तथा बाह्रबिसेका पूर्वमेयर निमफुञ्जो शेर्पाले बताए ।

कर्माचार्यले समाजवादीका नेताहरूसँग भेटेर अब आफू समाजावादीमा बस्न नसक्ने जानकारी समेत गराएको स्रोतको दाबी छ । कर्माचार्यसहित समाजवादीका नेता गम्भीरलाल श्रेष्ठ, शिवराम भट्टराई, उपेन्द्र तामाङ, जिल्ला सचिव दीपक नेपाल, उप सचिव रवि भण्डारीलगायत एमाले छाडेका करिब ७० प्रतिशत नेता कार्याकर्ताहरू एमालेमा नै फर्कन लागेको समाजवादीका एक नेताले जानकारी दिए ।

साउन २० गते एमाले महासचिव शंकर पोखरेलले कर्माचार्यसहितका समाजवादीका नेता कार्याकर्ताहरूलाई एमालेमा भित्र्याउने छन् । नेपाल प्रेस बाट साभार

 

Previous Post

एमालेबाट निर्वाचित जनप्रतिनिधिमा अहमता र घमण्ड हुनुहुन्न: अध्यक्ष ओली

Next Post

नेपालगन्ज उद्योग वाणिज्य संघका निर्विकल्प अध्यक्ष टंक धामी ।

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० श्रावण १६, मंगलवार ११:५९
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० श्रावण १६, मंगलवार ११:५९
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण १६, मंगलवार ११:५९
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण १६, मंगलवार ११:५९
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण १६, मंगलवार ११:५९
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण १६, मंगलवार ११:५९
25
Next Post

नेपालगन्ज उद्योग वाणिज्य संघका निर्विकल्प अध्यक्ष टंक धामी ।

मानव बेचबिखनको जोखिममा परेका २८८ जनाको उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० श्रावण १६, मंगलवार ११:५९
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० श्रावण १६, मंगलवार ११:५९
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण १६, मंगलवार ११:५९
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण १६, मंगलवार ११:५९
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.