नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठकले संघीय सदनमा सरकारले पेस गरेको नीति तथा कार्यक्रम संविधानको स्पिरिट अनुसार नभएको निष्कर्ष निकाल्दै अस्वीकार गर्ने उदघोषण गरेको छ ।
प्रमुख प्रतिपक्षी दलसमेत रहेको एमालेले सरकारको नीति तथा कार्यक्रम पारित हुन नदिने निर्णय समेत गरेको छ ।

संविधानको स्पिरिट अनुसार सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकोले त्यसलाई स्वीकार गर्न वा समर्थन गर्न नसकिने अडान राख्दै अध्यक्ष आलीले त्यसको प्रतिवाद गर्न संसद्लाई निर्देशन समेत दिए ।
स्रोत : राजधानी दैनिक