कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

कृपया मलाई पनि एउटा प्रेमिका खोज्दिनु न है!

कस्तुरी खबर by कस्तुरी खबर
२०८० जेष्ठ १६, मंगलवार १२:३३
0
19
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

समीर अधिकारी

मेरो अनुभूति मलाई अभिव्यक्त गर्न पटक्कै मन थिएन। लाग्थ्यो यो मेरो निजी विचार होला समस्या होला। तर होइन रहेछ। मसँग नजिक रहेका र मसँग संगत गरेका थुप्रै मजस्तै सिंगल लोक सेवा परीक्षार्थी एवं नयाँ जागिरेको अनुभव रहेछ।

यौवनमा सबैको घुम्ने,  डुल्ने, रमाउने मन हुन्छ। अझ भनौं मनोरञ्जनमा अधिक सहभागी हुने। समय, परिवेश, साथी सर्कल सबैले यो उमेरमा रमाउने वातावरण सिर्जना गरेको हुन्छ।  तर लोक सेवा परीक्षार्थीमा प्रायः एउटा साझा समस्या हुन्छ त्यो हो- अध्ययन।
लोक सेवा भनेकै निरन्तर अध्ययन, अध्ययन र अध्ययन नै रहेछ। यति भन्दै गर्दा यसले लोक सेवामा जान्ने पल्टियो भन्ने नठान्नुहोला।

लोक सेवामा के पढ्ने, कति पढ्ने ,कसरी पढ्ने भनेर हाम्रा अग्रज प्रशासक प्रशिक्षक गुरूहरूले बताउँनुहुन्छ। मार्गदर्शन गर्नुहुन्छ। उहाँहरूका लेख,रचना, विचार, कक्षाहरू निरन्तर अध्ययन गर्नुहोला। मलाई त्योबारे त्यति ज्ञान छैन।

म अलि फरक पाटोतर्फ लाग्छु। मलाई लोक सेवा परीक्षार्थी भएपछि के हुन्छ भन्ने अनुभूति राम्रोसँग थाहा छ।

संघर्षको समय हुन्छ सबैको। त्यो बेला आफूलाई लाग्छ सायद ममात्रै हुँला यो संसारमा असफल। म सक्दिनँ होला आफ्नो लक्ष्य भेट्न। अरूभन्दा म पो कमजोर छु कि!

यस्तै त्यस्तै ठ्याक्कै त्यो बेला साथीहरूको रमाइलो देख्दा लाग्थ्यो म पनि क्लब जाउँ, डिस्को जाउँ, ट्रेकिङ जाउँ, घुम्न जाउँ, त्यो पनि अझ आफ्नो प्रेमिकासँग। यी विविध सपना समस्या बनिदिने हो कि भन्ने चिन्ता फेरि अर्कोतिर हुन्छ।

परिस्थितिले यसरी बाँध्छ कि यी घुमफिर मनोरञ्जन प्रेमिका सबै प्राथमिकतामा पर्दैनन्।

यो प्रेमिकाको प्रसंगमा थोरै केही लेख्न मन लाग्यो। सबैको एउटै विचार हुन्छ भन्ने हुँदैन। मसँग वा मभन्दा अघिपछि निजामती जागिर खाएका करिब १० जना जति साथीहरू भेटमा अचेल एउटै कुरा गर्छन्।

‘अब त बिहे गर्नुपर्‍यो केटी खोज्दे न यार।’

‘ए तेरो पनि प्रेमिका छैन?’

सबैलाई म यही प्रश्न तेर्साउँछु।

सबैको जवाफ आउँछ

‘छैन यार।’

कहिलेकाहीँ मेरो मनलाई पनि शान्ति मिल्छ। संसारमा म मात्रै होला सिंगल भनेको साथीहरूको अवस्था पनि आफ्नो जस्तो देख्दा मन प्रफुल्लित हुन्छ।

प्रेमिका नभएका पनि होइनन् तर समय दिन नसकेको बहानामा, उपहार दिन नसकेको रिसले वा बेरोजगार भनेर थुप्रैलाई थुप्रैले छोडेर जाँदा रहेछन्।

यी लोक सेवा परीक्षार्थीको प्रेम छुट्ने साझा समस्या रहेछन्। छुटेपछि पुन: नभेटिने वा भेटिँदै नभेटिने के कारण होलान् त प्रेम नहुने प्रेमिका नभेटिने?  यी सबैका समस्या नहुन सक्छन्। कति साथीहरू त प्रेम सम्बन्धमा रहेर पनि जागिर खाएपछि बिहे गरेका छन्। धेरै साथीहरूका समस्याहरू केलाउँदा केही साझा समस्या पहिचान गरेको छु।

१. समय व्यवस्थापन: हुन त समयलाई आफूले व्यवस्थापन गर्ने हो समयले आफूलाई हैन तथापि परीक्षादेखि परीक्षा सम्मका तालिकाले यसरी विवश बनाउँछ कि अरू सोच्ने ध्यान हुँदैन ।

२. जागिर खानुपर्ने प्रेसर : आफूसँगै पढ्न सुरू गरेका तथा पछि सुरू गरेका आफ्नै सहपाठीहरू जागिरे भैसक्दा आफूमा प्रेसर आउँछ अझ हाम्रो जस्तो देखासिकी गर्ने समाजमा आफू अनुत्तीर्ण हुनुको पीडा छँदैछ। समाजमा कुरा काट्ने प्रवृत्तिले जसरी हुन्छ जागिर खाने भन्ने मात्रै ध्यान हुनु।

३. आफ्नो रोजाइको नभेटिनु: पढ्दै जाँदा उमेर बढ्दै जान्छ। आफ्ना पुराना साथी अझ भनौं क्लासमेट सबैको बिहे भैसक्छ। भएका पुराना प्रेमिकाको पनि अन्यत्रै बिहे भैसक्छ। केही मन पराएकाहरू आफ्नै सूरमा हुन्छन्। कतिले त बेरोजगार भनेर पनि प्रस्ताव स्वीकार्दैनन्।

४. जागिरे भएपछि: जागिर नखाँदै कसरी जागिर खाने भन्ने मात्रै ध्यान हुन्छ। त्यतिन्जेल सबै छुटिसक्छ। जागिर खाएपछि जागिर खाने प्रेसर कम हुन्छ। अब बिहे गरौं भन्दा न कोही प्रेमिका हुन्छन् त न अरू कोही। फेरि जागिरे भएपछि मनमा अलिकति लोभ पलाउँदो रहेछ। केटी संस्कारी होस् जागिर होस् सुन्दर होस् सुशील होस या सबै गुण होऊन्। ३२ लक्षण भएकी युवती खोज्दा न भनेजस्तो युवती भेटिन्छन् उल्टै आफ्नो समय घर्किंदै जान्छ।

यी विविध पक्षहरू मेरा निजी अनुभूति हुन्। तर साझा अनुभूति पनि हुन् भन्ने मेरो विश्वास छ। अन्तिममा मेरा मित्रहरूको वाक्य सापटी लिएर एउटा कुरा भन्छु, ‘कृपया मलाई पनि एउटा प्रेमिका खोज्दिनु न है !!’

(लेखक देवघाट गाउँपालिका वडा न २ का वडासचिव हुन्।)

 

Previous Post

कानूनी अधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरेका तिवारी सम्मानित

Next Post

माग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प

सम्बन्धितसमाचार

गतिविधि

३४औँ विश्व मानसिक स्वास्थ्य दिवस विविध सिर्जनात्मक तथा सचेतनामूलक कार्यक्रमसहित सम्पन्न

२०८० जेष्ठ १६, मंगलवार १२:३३
83
मुख्य समाचार

निष्ठा, इमान्दारिता र अनुभव बोकेका लामिछाने क्यान्सर अस्पतालको अध्यक्षमा

२०८० जेष्ठ १६, मंगलवार १२:३३
151
गतिविधि

अब नरैनापुरमै करदाता सेवा

२०८० जेष्ठ १६, मंगलवार १२:३३
39
मुख्य समाचार

Ather Nepal ले कर्णालीमा उन्नत विद्युतीय मोबिलिटी विस्तार गर्दै सुर्खेतमा १६औँ Experience Center सञ्चालनमा ल्यायो

२०८० जेष्ठ १६, मंगलवार १२:३३
33
गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० जेष्ठ १६, मंगलवार १२:३३
70
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० जेष्ठ १६, मंगलवार १२:३३
124
Next Post

माग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

३४औँ विश्व मानसिक स्वास्थ्य दिवस विविध सिर्जनात्मक तथा सचेतनामूलक कार्यक्रमसहित सम्पन्न

२०८० जेष्ठ १६, मंगलवार १२:३३
83

अध्यक्ष भीमकान्त लामिछानेसहित सदस्यद्वय डा. मधु न्यौपाने र डा. सञ्जय पाण्डेले सम्हाले जिम्मेवारी

२०८० जेष्ठ १६, मंगलवार १२:३३
76

निष्ठा, इमान्दारिता र अनुभव बोकेका लामिछाने क्यान्सर अस्पतालको अध्यक्षमा

२०८० जेष्ठ १६, मंगलवार १२:३३
151

अब नरैनापुरमै करदाता सेवा

२०८० जेष्ठ १६, मंगलवार १२:३३
39

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.