नरैनापुर– नेपाल घरेलु तथा साना उद्योग महासंघ नरैनापुर गाउँ पालिका समितिको दोस्रो साधारण सभा तथा अधिबेशन सप्पन्न भएको छ ।
साधारण सभा तथा अधिबेशन वाट सर्वसम्मत निर्वाचित अध्यक्ष इन्द्रजित यादब, उपाध्यक्ष राम सुरज यादव, उपाध्यक्ष सफिक खाँ, महासचिव राम सुरत रैदास, कोषाध्यक्ष रिजवान अहमद मुकेरी लगायत सम्पुर्ण सदस्यहरुलाई चयन गरिएको हो ।
कार्यक्रममा स्थानिय सरकारको प्रतिनिधित्व गर्दै वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, इलाका प्रहरी कार्यालयवाट प्रतिनिधि प्रहरी नायब निरीक्षक पि. बि. अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
साधारण सभामा नरैनापुरमा उद्योगका बिभिन्न समस्या तथा सहकार्यका बारेमा समेत व्यापक छलफल समेत भएको छ ।
जिल्ला शाखा बाँकेको बैठकले बाँके जिल्ला भित्र रहेका सम्पुर्ण पालिकामा अधिबेशन तथा साधारण सभा गर्ने जिम्मेवारी महासचिव जि .आर भुसाल लाई दिएको छ ।
निर्णय बमोजिम नरैनापुर क्षेत्रमा जिल्ला महासचिव जि. आर. भुसालको समंयोजकत्वमा रहेको पालिका अधिबेशनको जिम्मेवारी कुशलता पुर्वक सम्पन्न भएको स्थानीयले ब्यवसायीले जानकारी दिएका छ्न ।