बाँके – “स्वास्थका लागी खेलकुद, युवाका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद”भन्ने मुल नाराको साथ रष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन बाँकेको आयोजना र रोयल नेपालगन्ज फूट्बल क्लबको सह आयोजनामा गरेको “आदर्श फुटसल कप” खुला फुटसल प्रतियोगिताको आज उद्घाटन भएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक बिधार्थी संगठनको आयोजनामा “फुटसल कप” नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा र विशिष्ट अतिथी राप्रपा सह महामन्त्री ऋषिराज देवकोटाले उद्वाटन गर्नु भएको हो ।

चैत २९ र ३० गते सम्म चल्ने फुटसलमा शुरुमा १६ वटा टिमले उपस्थिति रहेको संगठनका अध्यक्ष शेखर जङ्ग शाहिले जानकारी गराउदै, खेलमा सबै खेलाडीले अनुशासित र मर्यादित तरिकाले खेलेर जित आफ्नो पक्षमा पार्नको लागि हार्दिक शुभकामना ब्यक्त गर्नु भयो ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन द्वारा आयोजित दुईदिने फुटसल प्रतियोगितामा
विजेताले ३५०००हजार नगद सहित प्रमाणपत्र, मेडल, ट्रफीसहित टिमको टि–सर्ट प्राप्त गर्ने छ्न द्रोसो १५००० हजार तेस्रो ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ ।
