कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

बंगलादेशमा धागो निर्यातको तयारी, सुरूमा १० हजार किलो पठाइने।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ चैत्र २७, सोमबार ११:१०
0
14
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

 

सुनिता सिटौला –उद्योगीहरूले बंगलादेशमा धागो निर्यात गर्ने तयारी गरेका छन्।

बंगलादेशी सरकारले बंगलाबन्ध सुख्खा बन्दरगाहबाट धागो निर्यात गर्न अनुमति दिएसँगै उद्योगीले धागो पठाउने तयारी गरेका हुन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बंगलादेशले नेपाललाई धागो निर्यात गर्नसक्ने बेहोरा पठाएको छ। उक्त विषयसँग सम्बन्धित निर्णय बंगलादेशी सरकारले राजपत्रमा समेत सूचना प्रकाशित गरिसकेको छ।

पहिलो चरणमा परीक्षणका रूपमा दस हजार किलो धागो पठाउन लागेको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले बताए।

‘हामीले परीक्षणका रूपमा १० टन धागो पठाउने तयारी गरिरहेका छौं,’ रिलायन्स स्पिनिङ मिल्सका अध्यक्ष समेत रहेका गोल्यानले भने, ‘एक महिनाभित्रमा पठाउँछौं।’

उनका अनुसार बंगाबन्ध बन्दरगाहबाट नियमित भए वार्षिक तीन/चार अर्ब रूपैयाँ बराबरको धागो निर्यात गर्न सकिनेछ।

अहिले नेपाली धागो टर्की र भारतमा निर्यात हुन्छ। पछिल्लो समय ती देशमा धागोको माग कम भएकाले बंगलादेशमा पठाउन पाए उद्योगीलाई राहत मिल्ने उनको भनाइ छ।

बंगलादेशले आफ्नै उत्पादन प्रवर्द्धन गर्ने भन्दै धागो आयात रोकेको थियो। नेपाली धागो २०५८ सालदेखि नै निर्यात भएको थिएन। धेरै वर्ष अघिदेखि नेपालले धागो निर्यात खुलाउन आग्रह गरिरहेको थियो। २०७५ चैतमा बल्ल बंगलादेशको राष्ट्रिय राजस्व बोर्डले नेपाली धागो निर्यात अनुमति दिएको थियो।

त्यही निर्णयअनुसार नेपालले बंगलादेशको बेनापोल भूमि र चटगाउँ बन्दरगाहबाट धागो निर्यात गर्न पाएको थियो। तर ती बन्दरगाहबाट महँगो पर्ने भएकाले उद्योगीहरूले पठाउन नसकेको नेपाल धागो उत्पादक संघका सचिव उत्तम गौतमले बताए।

‘त्यहाँबाट कोलकाता हुँदै पठाउनुपर्ने भएकाले हाम्रो लागत बढ्थ्यो। त्यसैले पठाउन सकिएको थिएन,’ गौतमले भने, ‘अब सिधै काकडभिट्टा हुँदै पठाउन पाइने भएको छ। लागत सस्तो पर्छ।’

लागत सस्तो पर्दा भारतीय र चिनियाँ धागोसँग प्रतिस्पर्धा गर्न सकिने उनी बताउँछन्।

नेपालमा हाल निजी स्तरका रिलायन्स, त्रिवेणी, जगदम्बा र जय स्पिनिङ मिल्स गरी चारवटा धागो उद्योग सञ्चालनमा छन्। सरकारी स्वामित्वको बुटवल धागो उद्योग बन्द छ।

उत्पादक संघका अनुसार चालु अवस्थाका चार उद्योगको कुल पुँजी करिब १५ अर्ब रूपैयाँभन्दा बढी छ। यी उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १० हजारलाई रोजगारी दिएका छन्।

चार उद्योगले वार्षिक रूपमा ५० हजार टन धागो उत्पादन गरिरहेका छन्। यिनले पोलिस्टर, भिस्कस, एक्रेलिक, सिन्थेटिक लगायत धागो उत्पादन गर्छन्। नेपाली धागोको मुख्य प्रयोग सुटिङ–सर्टिङ, स्कुल ड्रेस, स्विटर, अरू खाले तयारी पोसाक, टोपी, पञ्जा, मोजा लगायतमा हुँदै आएको छ।

यहाँबाट निर्यात हुने धागोबाट बनेका सुटिङ–सर्टिङ र अन्य कपडा नेपालमै पनि भित्रिने गरेका छन्। नेपालमा तयारी कपडा बनाउने कारखाना भए धागोको ठूलो हिस्सा स्वदेशमै खपत गर्न सकिने व्यवसायीहरूले बताउँदै आएका छन्।

चार धागो उत्पादकमध्ये निकासीमा सबभन्दा ठूलो हिस्सा सुनसरी, इटहरीको रिलायन्स स्पिनिङ मिल्सले ओगट्छ। यसको स्थापना गोल्यान समूह र एमएस समूहको संयुक्त लगानीमा सन् १९९५ मा भएको हो।

सुरूमा वार्षिक ७/८ हजार टन धागो उत्पादन गर्ने रिलायन्सले कुल उत्पादनको ८० प्रतिशत भारत निर्यात गर्थ्यो। बंगलादेशमा भइरहेको निर्यात भने रोकियो। त्यसको केही समयमै टर्कीबाट माग आउन थालेको हो।

‘हुन त बेलायत र खाडी देशहरूमा पनि निर्यात हुन्छ, तर भारत र टर्कीले जति नेपाली धागोको बजार अन्य देशले लिएको छैन,’ गोल्यानले भने।

अहिले रिलायन्स उद्योगले मात्र वार्षिक २०/२१ हजार टन धागो उत्पादन गर्दै आएको छ। रिलायन्सपछि क्रमशः त्रिवेणी, जगदम्बा र जय स्पिनिङ मिल्स सञ्चालनमा आएका हुन्। निकासी फस्टाउँदै गएपछि थप लागत प्रतिस्पर्धी बन्न धागो उत्पादकहरूले सरकारबाट केही सहुलियत माग गरेका छन्।

खासगरी, बिजुली महसुल, ब्याज र नयाँ मेसिन झिकाउँदा पार्टपुर्जामा लाग्ने भन्सार सहुलियत दिनुपर्नेमा उद्योगीको जोड छ। सरकारले धागो निर्यात गरेबापत उद्योगीलाई सहुलियत पनि दिँदै आएको छ।

‘धागो र कपडा उद्योगको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ। जबसम्म नेपाली कपडा उद्योग विकास हुँदैन, तबसम्म नेपाली धागो उद्योग विकास हुन सक्दैन,’ गोल्यानले भने, ‘कपडाको न्यून बिजकीकरण र चोरी पैठारी नरोकिएसम्म नेपालमा उत्पादित धागो नेपालमै खपत गर्न गाह्रो छ।’

अवैध रूपमा भित्रिएका कपडाले नेपाली कपडा उद्योगमा समस्या परेको उनले बताए।

 

 

Previous Post

राप्रपा निकट युवा संगठनले गरेको आयोजित रक्तदान कार्यक्रममा ७० जनाले गरे रक्तदान ।

Next Post

स्वास्थ्यकर्मिकाे अथक प्रयासमा सुत्केरी आमाकाे ज्यान बच्याे बच्चा बचेन ।  

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ चैत्र २७, सोमबार ११:१०
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ चैत्र २७, सोमबार ११:१०
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ चैत्र २७, सोमबार ११:१०
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ चैत्र २७, सोमबार ११:१०
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ चैत्र २७, सोमबार ११:१०
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ चैत्र २७, सोमबार ११:१०
61
Next Post

स्वास्थ्यकर्मिकाे अथक प्रयासमा सुत्केरी आमाकाे ज्यान बच्याे बच्चा बचेन ।  

राप्रपा निकट विद्यार्थी संगठनले आयोजना गरेको फुटसल प्रतियोगिता शुरु ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ चैत्र २७, सोमबार ११:१०
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ चैत्र २७, सोमबार ११:१०
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ चैत्र २७, सोमबार ११:१०
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ चैत्र २७, सोमबार ११:१०
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.