कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

सिकलसेलको औषधि स्वास्थ्य वीमामा समेट्ने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता, भेरी अस्पतालको निरीक्षण

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ माघ ८, आईतवार १६:१०
0
10
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

बाँके,स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री पदम गिरिले सिकलसेल एनिमियाका विरामीले आवश्यक पर्ने औषधि स्वास्थ्य वीमा कार्यक्रममा समावेश गर्ने बताएका छन् । बाँकेमा फैलिएको दादुरा रोगको बारेमा जानकारी लिन नेपालगन्ज आएका मन्त्री गिरिले सिकलसेल एनिमियाका विरामीले पाउँदै आएको उपचार सुविधालाई सर्वसुलभ बनाउन स्वास्थ्य वीमा कार्यक्रममा समावेश गरिने बताए । ‘सिकलसेलका विरामीलाई एकलाख रुपैँया दिनुभन्दा वीमा कार्यक्रममा समेट्दा उपचार प्रभावकारी हुने देखिन्छ,’ पत्रकारले सोधेको जिज्ञाशामा उनले भने, ‘ब्लड प्रेसर, सुगरको औषधि जस्तै सिकलसेलको औषधि पनि वीमामा समेट्न निर्देशन दिइसकिएको छ ।’
उनले धार्मिक तथा सामाजिक कारणले आफ्ना बालबालिकालाई दादुरा विरुको खोप नलगाएका कारण दादुरा फैलिएको बताए । लक्षित समुहका बालबालिकाको घरदैलोमै गएर खोप लगाउने ब्यवस्था मिलाइएको बताए । ‘सवै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने प्रवन्ध गरिएको छ । आवश्यक पर्ने खोप तथा स्रोत, साधनको ब्यवस्था सरकारले गर्ने छ,’ मन्त्री गिरिले भने ।

अर्को एक कार्यक्रममा मन्त्री गिरिले भेरी अस्पताललाई सुविधा सम्पन्न बनाउन राज्यले कुनै कसर बाँकी नराख्ने बताए । भेरी अस्पतालमा जडान भएका थप डायलाइसिस मेसिनको आइतवार उद्घाटन गर्दै उनले भेरी अस्पताललाई भौतिक पूर्वाधार तथा प्रविधियुक्त बनाउने योजना सुनाए ।

उनले सवै नेपालीलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न राज्यले नीति बनाएको बताए । ‘औषधि उपचारको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ राज्य अगाडी बढेको छ,’ उनले भने ।
उनले स्वास्थ्य वीमालाई थप प्रभावकारी बनाउने बताउँदै वीमा बापत भेरी अस्पतालले पाउनुपर्ने रकम उपलब्ध गराउन पहल गर्ने आश्वासन दिए । मन्त्री गिरिले भेरी अस्पतालको निरीक्षण समेत गरेका छन् । उनले इमरजेन्सी वार्ड र डायलाइसिस वार्डका विरामीलाई भेटेर अस्पतालको सेवा बारे जानकारी लिएका थिए ।

भेरी अस्पतालका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले भेरी अस्पताललाई पाँच सय शैयाको बनाउने नीति कार्यान्वयनका चरणमा भएको बताए । ‘भेरी अस्पतालले पठाएको कागजपत्र स्विकृत भएर अर्थ मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयले स्विकृती दिने वित्तिकै काम अगाडी बढ्नेछ,’ उनले भने ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्रि चापागाईले सरकारले ६ वटा नयाँ डायलाइसिस मेसिन संचालनमा आएपछि दैनिक १८ जना मिर्गौलाका विरामीले डायलाइसिस सेवा पाएको बताए । उनले इमरजेन्सी, हेपाटाइटिस वी र एचआइभी संक्रमण भई मिर्गौला फेल भएका विरामीका लागि एक–एक वटा डायलाइसिस मेसिन छुट्याइएको बताए ।

राज्यको सिमित स्रोत, साधनका बाबजुद भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले उत्कृष्ट स्वास्थ्य सेवा दिँदै आएको बताउँदै उनले अझ प्रभावकारी सेवाका लागि रकम थप गर्न माग गरे । ‘अवको एक महिना भित्र भेरी अस्पतालले एमआरआइ सेवा संचालन गर्दै छ । यो सेवा संचालन गर्ने भेरी अस्पताल काठमाडौँ बाहिरको पहिलो सरकारी अस्पताल हो,’ उनले भने ।
भेरी अस्पतालका अध्यक्ष धितालले भेरी अस्पतालमा मिर्गौलाका विरामीको फिस्टुला हाल्ने सेवा चाँडै संचालन गरिने बताए । उनले उपकरण र दक्ष जनशक्तिको ब्यवस्था गरि काठ्माडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताए । ‘फिस्टुला हाल्नका लागि मिर्गौलाका विरामी काठ्माडौँ र भारतको लखनऊ जानुपर्ने बाध्यता छ । विरामीको ब्यथालाई मध्यनजर गरि भेरी अस्पतालले फिस्टुला हाल्ने ब्यवस्था चाँडै गर्दैछ,’ अध्यक्ष धितालले भने ।

भेरी अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बाँकेमा दादुरा संक्रमण अझैँ नियन्त्रणमा नआएको बताइन् । उनले दादुरा नियन्त्रणका लागि खोजपड्ताल तथा खोप अभियान जारी रहेको जानकारी गराइन् ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले दादुराको अवस्था र नियन्त्रणका लागि भइरहेका प्रयासका बारेमा मन्त्री, सचिव लगायतलाई जानकारी गराएका थिए । सो अवसरमा भेरी अस्पताल प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले स्वागत गरेकी थिइन् ।

गोचालिखबर बाट साभार 

Previous Post

दादुरा नियन्त्रणका लागि सरकारले  कुनै कसर बाँकी राख्दैन: मन्त्री गिरी

Next Post

नेपालगन्जको चौथो प्रादेशिक महोत्सवको प्रदेश मन्त्री नमूनाद्वारा उद्घाटन

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ माघ ८, आईतवार १६:१०
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ माघ ८, आईतवार १६:१०
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ माघ ८, आईतवार १६:१०
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ माघ ८, आईतवार १६:१०
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ माघ ८, आईतवार १६:१०
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ माघ ८, आईतवार १६:१०
21
Next Post

नेपालगन्जको चौथो प्रादेशिक महोत्सवको प्रदेश मन्त्री नमूनाद्वारा उद्घाटन

खजुरा बजारको सडक तत्काल निर्माण थाल्न ठेकेदारलाई मन्त्री नमुनाको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ माघ ८, आईतवार १६:१०
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ माघ ८, आईतवार १६:१०
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ माघ ८, आईतवार १६:१०
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ माघ ८, आईतवार १६:१०
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.