


नेपालगन्ज ।बाँके क्षेत्र नं. २बाट प्रतिनिधि सभा सदस्य राप्रपाको तर्फबाट डा.धवल समशेर राणाले मनोनयन दर्ता गराएका छन् ।



नेकपा एमाले संगको चुनावी तालमेलमा प्रतिनिधि सभा सदस्य बाँके क्षेत्र नम्बर २ बाट नेकपा एमाले प्रदेश सभा सदस्य (क)विजय यादव र (ख) निरज गुरुङ सहितको उम्मेदवारले मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।


मनोनयन पछि हाम्रो कस्तुरी खबर संग कुराकानी गर्दै राणाले भने बिकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी आफ्नो मुल एजेण्डा रहने बताए ।



याे पटक बाँके क्षेत्र नं २का जनताले विश्वास आगामी दिनहरु आफ्ना एजेण्डा पुरा गर्न सकिने बताए।


राष्ट्रिय प्रजातान्त्रिक पार्टी महामन्त्री समेत रहेका राणाले आफु बाँके क्षेत्र नम्बर २लाई समृद्ध बनाउन आफ्नो उम्मेदवारी परेको बताए ।

पार्टी भित्र र बाहीर लोकप्रिय रहेका राणाले का पार्टी बाट टिकट पाएपछि बाँके क्षेत्र नं २ मा सहज जित हुने आम कार्यकर्ताको बुझाई छ ।

नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान मेयर भएर नेपालगन्जले मुहार फेरेको थियो अहम् भुमिका खेलको नेतृत्वका हिसावले सर्व स्वीकार्य नेतृत्व भएको सबैको बुझाई छ ।
समाजमा वर्ग विभेद, अन्याय अत्याचार सामाजिक विकृति र विसंगतिको अन्त्यका लागि सधैं लडेको बताए ।

भष्टचारको अन्त्य गर्न र आर्थिक अनुसाशन सहितको विकास र समृद्धि सुशासन कायम गर्न आफ्नो उम्मेदवारि रहेको डा धवल समसेर राणाले बताउनु भयो ।










