काठमाडौ ।काठमाडौ क्षेत्र नं. २बाट प्रतिनिधि सभा सदस्यको लागि अनुप बोहराले स्वतन्त्र तर्फ मनोनयन दर्ता गराएका छन् ।
क्षेत्र नम्बर २ मा युवा नेता अनुप बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
अर्थशास्त्र सम्बन्धि अध्यन गरेका बोहराले पहिले देखि नै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । उनलाई रवि लामिछाने नेतृत्वको राष्टिय स्वतन्त्र पार्टीले चुनाव लड्न अफर गरेको थियो ।
स्वतन्त्र उम्मेदवारी घोषणा गरेका कारण पार्टी बाट चुनाव लड्नु राजनैतिक बेइमानी हुने भन्दै बोहराले स्वतन्त्र लड्ने अडान लिदै आएका थिए ।
उम्मेदवारी दर्ता गरेपछि बोहराले मुलुकको ध्यान अब केही दशक आर्थिक बिकासमा लगाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
मनोनयन पछि हाम्रो कस्तुरी खबर संग कुराकानी गर्दै बोहराले भने बिकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी आफ्नो मुल एजेण्डा रहने बताए ।
याे पटक काठमाडौ क्षेत्र नं २का जनताले विश्वासले आगामी दिनहरु आफ्ना एजेण्डा पुरा गर्न सकिने बताए।

समाजमा वर्ग विभेद, अन्याय अत्याचार सामाजिक विकृति र विसंगतिको अन्त्यका लागि सधैं लडेको बताए ।
भष्टचारको अन्त्य गर्न र आर्थिक अनुसाशन सहितको विकास र समृद्धि सुशासन कायम गर्न आफ्नो उम्मेदवारि रहेको स्वतन्त्र उम्मेदवार अनुप बोहराले बताउनु भयो ।