नेपालगन्ज : बाँके प्रहरीले ठूलो मात्रामा लागू औषध (ब्राउन सुगर) सहित एक ब्यक्ति पक्राउ गरेको छ ।
प्रहरीले नेपालगंज १५ जमुनाह स्थित प्रहरी चेक पोईन्टमा ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध ब्युरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलिले ५० ग्राम लागु औषध ब्राउन सुगर पक्राउ गरेको हो ।
जमुनहामा प्रहरीको टोलिले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको up 40k 2680 नं.को मोटरसाईकलमा सवार जिल्ला नेपालगन्ज १६ जयसपुर बस्ने बर्ष २४ को मेराज अन्सारीले हाफ पाईन्टको खल्तिमा ५० ग्राम ब्राउन सुगर फेला पारेको हो ।
ईलाका प्रहरी कार्यालय ईन्चार्ज वरिष्ठ सई माधब रिजाल अनुसार सोको बारेमा जानकारी दिदै आवश्यक अनुसन्धान अघी बढाएको बताएको छ ।