नेपालगन्ज -भोलि बिहीबार विहान १०:०० बजे देखि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४को वडा कार्यलयकाे सहजीकरणमा बिशेषज्ञ डाक्टरसहितकाे निशुल्क औषधिसहितकाे डेंगु र मलेरिया(औलाे)काे रगत जाँचसहितकाे निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
उपचार परामर्श निशुल्क रुपमा स्वास्थ्य प्रवर्धन केन्द्रकाे कार्यलय,गणेशपुरमा सञ्चालन हुने १ दिने शिविरमा उपस्थितका लागि सुचना प्रसारण गरेको हो।
उक्त कार्यक्रममा वडा अध्यक्ष गोपाल पुनले वडामा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा समयमा नाम दर्ता गरि स्वास्थ लाभ लिन उपस्थितिको लागि आफ्नो र घरपरिवारको स्वास्थ्य परिक्षण गर्न अनुरोध गरेका छन ।