नेपालगन्ज : नेपालगन्जका उद्योगी, ब्यवसायी आन्दोलित भएका हुने भएका छन् । बैंक तथा वित्तीय संस्थाले यही असोज १ गतेदेखि लागु हुने गरि ब्याजदर बढाएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा आन्दोलन घोषणा गरिएको हो । बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले मर्कामा परेको उनीहरुको गुनासो छ । 
आन्दोलन अन्तरगत संघले शुक्रबार बिहान १० बजे राष्ट्र बैंक नेपालगन्ज अगाडी धर्ना दिने भएको छ । राष्ट्र बैंकमा धर्ना सँगै ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको महासचिव चिरञ्जिवी ओलीले जानकारी दिए । यस्तै शनिबार बिहान ८ बजे जमुनाहा नाकामा उपभोक्ता सचेतना एवम् दवाव मुलक कार्यक्रम गर्ने तय गरिएको महासचिव ओलिले बताए ।
कोभिड महामारी र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्योगी, व्यवसायी मर्माहत भएको ब्यवसायीले बताएका छन् । संघमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बढ्दो लागतका कारण साना तथा मझौला उद्यमहरु बन्द गर्नुपर्ने अवस्था आएको बताए ।
उनले भने, ‘एकातिर चर्को ब्याजदरको मार खेपिरहेका छौं, अर्कोतर्फ खुल्ला सिमानाका कारण ब्यापार, ब्यवसाय धरासायी हुदै गइरहेको छ ।’ सो क्रममा संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य लगायतले बोलेका थिए । 
पत्रकारले सोधेको प्रश्नको अध्यक्ष मन्सुरीले जवाफ दिएका थिए । संघका महासचिव ओलीले सञ्चालन गरेको पत्रकार भेटघाटमा संघका प्रवक्ता टंक धामीले प्रेस विज्ञप्ती पढेर सुनाएका थिए ।
व्याजदरले झनै व्यवसायीलाई धरासयीमा पुगाएको प्रवक्ता धामीले भन्नुभयो । सस्तोको लोभमा उपभोक्ता ठगिरहेका छन् यसलाई रोकथामका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र भन्सारका कर्मचारीले कडाई गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको वातावरण बनाउन सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको भन्दै संघले बैंकको चर्को ब्याजदर नियन्त्रण र खुल्ला सीमानाका कारण उत्पन्न समस्या समाधानका लागि सरोकारवाला निकायलाई गम्भीर ध्यानार्कषण गराउन नेपालगन्ज उद्योग वाणिज्य संघले निम्न अनुसार चरणबद्ध दवावमुलक कार्यक्रम गर्ने निर्णय गरेको महासचिव ओलिको भनाई रहेको थियो ।
बैंकको ब्याजदर बृद्धिको बिरोधमा नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडी एक घण्टा धर्ना एवं ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
यस्तै असोज ८ गते विहान ८ बजेदेखि अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको प्रोत्साहन गर्न नेपालगन्ज भन्सार कार्यालय जमुनाहचोकमा उपभोक्ता सचेतना एवं दवावमुलक कार्यक्रम तय भएको पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।