नेपालगन्ज – नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा यस जिल्लामा सुरुवा भई आउनु भएका नेपालगंज भन्सार कार्यालयका प्रमुख नर बहादुर थापा आन्तरिक राजस्व कार्यालय, नेपालगंजका प्रमुख सुदिस कुमार अर्याल र राजस्व अनुसन्धान कार्यालय, कोहलपुरका प्रमुख सुरेश राज जोशीको स्वागत तथा भेटघाट कार्यक्रम संघमा सम्पन्न सम्पन्न भयको छ ।
बाँके जिल्लामा नवआगन्तुक प्रमुखको रुपमा आउनु भएका प्रमुख भन्सार अधिकृत नर बहादुर थापा,आन्तरिक राजस्व कार्यालय नेपालगन्ज प्रमुख सुदिश कुमार अर्याल र राजस्व अनुसन्धान कार्यालय कोहलपुर प्रमुख सुरेश राज जोशी लाई संघमा स्वागत गरिएको हो ।
कार्यक्रममा स्वागत गर्नु हुंदै महासचिव चिरञ्जीवी ओलिले बाँके जिल्लाको समग्र विकास लगायत यस जिल्लाको आर्थिक ,ब्यवसायिक,ब्यापारीक सवालमा समेत राज्यको मेरुदण्डको रुपमा ब्यापारी र राजस्व संकलन गर्ने कार्यालयको मित्रवत समन्ध रहिरहने बिचार व्यक्त गर्नु भयो ।
सोहि कार्यक्रममा बोल्दै भन्सार प्रमुख नर बहादुर थापाले भन्सार कर दाखिलामा कानुन बमोजिम कुनै कसुर बाँकी नराख्ने बताउंदै व्यवसायीको तर्फबाट पनि सहकार्यको अपेक्षा राखेको धारणा ब्यक्त गर्नु भयो ।
स्वागत कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय नेपालगंजका प्रमुख सुदिश कुमार अर्यालले करदाता स्वयंले कर दाखिला गर्ने बातावरणको सिर्जना गर्ने भूमिका खेल्ने बताउनु भयो ।
सोहि कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ नेपालगन्जका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले बाँके जिल्लाको भन्सार व्यवस्थापन होस् वा तस्करी न्यूनिकरणका सवालमा होस उद्योग वाणिज्य संघ नेपालगन्जले विगतमा पनि सहकार्य गरेको र आगामी दिनमा समेत सहकार्य गर्ने बताउनु भयो ।
सोहि कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै राजस्व अनुसन्धान कार्यालय कोहलपुर प्रमुख सुरेश राज जोशिले जिल्लामा आर्थिक गतिविधिलाई चलायमान गरानको लागि व्यस्थित एवम् मर्यादित तरिकाले व्यवसाय सञ्चालन गर्ने आवश्यकता रहेको बताउनु भयो ।
कार्यकममा अध्यक्ष अब्दुल वाहिद मंसूरीले स्वागत गर्दै बिगतमा पनी तीनवटा निकाय संग उद्योग बाणिज्य संघको समन्ध प्रगाढ़ रहेको र अब पनी रहिरहने र सरकारी कार्यालय ब्यवसायी मैत्री हुनुपर्ने बिस्वास ब्यक्त गर्नु भयो ।
स्वागत कार्यक्रम संघका महासचिव चिरञ्जीवी ओलिले सञ्चालन गर्नु भएको थियो । सोहि कार्यक्रममा संघका अध्यक्ष अब्दुल वाहिल मन्सुरीले दोसल्ला ओढाई स्वागत सहित सम्मान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, महासचिव चिरञ्जीवी ओली, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंक बहादुर धामी लगायत कार्यसमिति सदस्यहरुले आफ्ना बिचार र भनाइहरू राख्नु भएको थियो ।