बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका पुर्व मेयर राप्रपाका महामन्त्री डाक्टर धवलशम्सेर राणाले बाँके क्षेत्र नं. २ को जनताको घर दैलोमा पुगिरहेको छन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा क्षेत्र नं २ को राप्रपा तर्फबाट उम्मेदवार बनेका महामन्त्री राणा बिहिबार साँझ जनताको समस्या बुझ्न जनताको घरदैलोमै पुगेका हुन् । 
आफ्नो चुनावी एजेन्डा र विकासको खाका तयार पारेका पम्पिलेट बाड्दै ,जनता संग प्रत्यक्ष हातेमालो गर्दै प्रतिनिधि सभा सदस्यको उम्मेदवार राणा वि पि चोक,त्रिभुवन चोक ,टागास्टेशन ,लगाएतको ठाउँहरुमा पुगेका थिए ।
घरै दैलैँमा महामन्त्री राणा संगै राप्रपाका युवा नेता हुकुम केसी,राप्रपा बाँकेको सह सचीव इन्दिरा शाही,विद्यार्थी संगठनका जिल्ला अध्यक्ष शेखर शाही,राप्रपाका पुर्व केन्द्रिय सदस्य गौरव चन्द,राप्रपा महिला संगठन नगर अध्यक्ष नितु चन्द,वडा नम्बर ०८ अध्यक्ष रजनीश बाजपेयी,युवा संगठन नगर अध्यक्ष रवि बर्मा,नेता मोहम्मद सफिक बेहना लगायत अन्य नेता कार्यकर्ता सहभागी थियो ।