कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

Braking News : राष्ट्रपतिको राजीनामा कार्ड

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ भाद्र ९, बिहीबार ०३:२३
0
22
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपति भण्डारी राजीनामा दिने मनस्थितिमा पुगेकी हुन् ? वा यो नागरिकता विधेयक पुनरावलोकनका लागि राष्ट्रिय सभामाथि दिइएको दबाव मात्र हो ?

काठमाडौं ।

सत्ता गठबन्धनले सिट बाँडफाँटबारेमा छलफल गर्न बुधबार शीर्ष नेताहरुको बैठक बोलाएको थियो, तर नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिले चाल्नसक्ने सम्भावित कदममा धेरैको चासो रह्यो ।

उच्चस्रोतका अनुसार, त्यतिबेलासम्म ‘राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनसक्ने’ सूचना बालुवाटार पुगिसकेको थियो । प्रधानमन्त्रीको सरकारी निवासमा जुटेका शीर्ष नेताहरुले त्यो सम्भावनाबारे विश्लेषण गरे । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने राष्ट्रपतिले राजीनामा नगर्ने विचार सुनाए ।

राष्ट्रपति भण्डारीले राजीनामा गर्ने/नगर्ने स्पष्ट भइसकेको छैन । तर संघीय संसदले पास गरेको नागरिकता विधेयक २९ साउनमा आफ्नो सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी राष्ट्रपति भण्डारी त्यसलाई हुबहु पास गर्ने सत्ता गठबन्धनको निर्णयप्रति क्रूद्ध छिन् ।

त्यसयता उनी निरन्तर छलफलमा छिन् । बुधबार पनि उनले उच्च सैन्य अधिकृतहरुसँग परामर्श गरेकी छन् । यसअघि राष्ट्रपति भण्डारीले संविधानविद्, पत्रकार र नागरिक समाजका अगुवाहरुसँग यस सम्बन्धमा छलफल गरेकी थिइन् । यस्ता छलफलमा कतिपयले राष्ट्रियसभाले पनि नागरिकता विधेयक हुबहु पास गरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने धारणा राख्ने गरेका छन् ।

स्रोतका अनुसार, कतिपय छलफलमा राष्ट्रपति भण्डारीले सुझाव मात्र लिने गरेकी छन् भने कतिपयमा गठबन्धनको निर्णयप्रति निकै तितो पोख्ने गरेकी छिन् ।

सत्ता गठबन्धनले नागरिकता विधेयक हुबहु पास गर्ने निर्णय गरेको दिनलाई उनले आफ्ना श्रीमान समेत रहेका एमाले नेता मदन भण्डारीको मृत्यु भएको दासढुंगा दुर्घटनाको दिनसँग दाँज्ने गरेकी छिन् । यसबाट थाहा हुन्छ कि राष्ट्रपति भण्डारी गठबन्धनको निर्णयप्रति असाध्यै रुष्ट छिन् ।

नेकपा एमाले उच्च स्रोत पनि राष्ट्रपतिको राजीनामा आउने सम्भावनालाई अस्वीकार गर्न नसकिने बताउँछ । आफूहरुको प्राथमिकता राष्ट्रपतिले पठाएको सन्देशबारे राष्ट्रियसभामा छलफल गरौं भन्ने रहेको भन्दै एक नेता भन्छन्, ‘जबर्जस्ती गर्न खोजेको अवस्थामा राष्ट्रपतिको राजीनामा नआउला भन्न सकिन्नँ ।’

राष्ट्रपतिले संवेदनशील रुपमा उठाएका मुद्दामाथि छलफल नै नगरी गठबन्धनले प्रतिशोधपूर्ण व्यवहार गरेको र राष्ट्रपति संस्थालाई एमालेको राष्ट्रपतिका रुपमा चित्रित गर्न खोजेकाले राजीनामा दिनुपर्ने मत बलियो रहेको ती नेताले बताए ।

एमालेका अर्का एक नेता पनि राष्ट्रपति कति सम्हालिन्छिन् भन्नेमा राजीनामा भरपर्ने बताउँछन् । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले आफ्नो असहमतिका बाबजुद संविधानसभाको निर्णयलाई शिरोधार्य गर्दै ३ असोज २०७२ मा नयाँ संविधान जारी गरेको भन्दै उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्हालिनुस् भन्ने सुझाव पनि उत्तिकै छ । यो उहाँमा भर पर्छ ।’

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी भने राष्ट्रपतिको राजीनामा दुर्भाग्यपूर्ण हुने बताउँछन् । ३ भदौमा शीतलनिवासमा भएको छलफलमा उनी स्वयंले पनि सन्देशसहित फिर्ता पठाएको विधेयक हुबहु प्रमाणीकरणका लागि आए राजीनामा दिनुपर्ने राय दिएका थिए । ‘एउटा विधेयकका लागि राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पार्नु लोकतान्त्रिक मूल्यमान्यता र संविधानको धारा ११४ को मर्म होइन’ भण्डारी भन्छन्, ‘नागरिकता विधेयकलाई राष्ट्रियसभाले रोक्नुपर्छ । त्यहाँबाट पनि हुबहु पास भएर प्रमाणीकरणका लागि आयो भने राष्ट्रपतिले राजीनामा दिने होइन, होल्ड गर्नुपर्छ र नयाँ संसदलाई पठाउनुपर्छ ।’

नागरिकता विधेयक रोकेकै कारण सत्तारुढ दलहरुले राष्ट्रपतिलाई महाअभियोग लगाउने अवस्था छैन । गठबन्धनले महाअभियोग दर्ता गर्न त सक्छ, तर पास गर्न चाहिने दुई तिहाइ बहुमत छैन । संविधानअनुसार जबसम्म संसदले उनीविरुद्ध महाअभियोग पास गर्दैन, तबसम्म उनी पदमा रहिरहन्छिन् ।

यद्यपि राष्ट्रपतिसामु जनतामा जान्छु भन्ने विकल्प सधैं खुला रहने वरिष्ठ अधिवक्ता भण्डारी बताउँछन् । ‘यो भनेको चुनावी राजनीतिमा जानु हो, जुन जोखिमपूर्ण हुन्छ’ उनले भने, ‘अब कार्यकारी पदमा गएर मुलुकलाई हाँक्छु भन्ने हो भने जोखिम लिनुपर्छ । तर मैले राजीनामाको सुझाव दिएको चाहिं दबाव दिन मात्र हो ।’

शीतलनिवाससम्बद्ध स्रोतका अनुसार राष्ट्रपतिको चाहना आफ्नो सन्देशमाथि संसदमा छलफल होस् भन्ने नै हो । प्रतिनिधिसभाबाट पास भएर राष्ट्रियसभामा पुगेको यो विधेयकमाथि पुनर्विचार गर्न दबाव सिर्जना गर्ने उद्देश्यले नै राजीनामा कार्ड खेलिएको हो । तर आफूले असल नियतले संसदले विचार गरोस् भनेर संविधान बमोजिम फिर्ता पठाएको विधेयक हुबहु प्रमाणीकरणका लागि आयो भने अपमानित महसुस गरेर पद त्यागको बाटो रोज्ने विकल्प पनि खुला छ ।

अनलाइनखबरबाट साभार

 

Previous Post

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चौमासिक कार्य प्रगति विवरण सार्वजनिक ।

Next Post

एमालेले तोक्यो पाँच मापदण्ड

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ भाद्र ९, बिहीबार ०३:२३
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ भाद्र ९, बिहीबार ०३:२३
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ भाद्र ९, बिहीबार ०३:२३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ भाद्र ९, बिहीबार ०३:२३
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ भाद्र ९, बिहीबार ०३:२३
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ भाद्र ९, बिहीबार ०३:२३
21
Next Post

एमालेले तोक्यो पाँच मापदण्ड

नेपालगन्ज भन्सार कार्यालय कर्मचारी द्वारा सवारी प्रवेश इजाजत पत्रको दुरुपयोग ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ भाद्र ९, बिहीबार ०३:२३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ भाद्र ९, बिहीबार ०३:२३
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ भाद्र ९, बिहीबार ०३:२३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ भाद्र ९, बिहीबार ०३:२३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.