बाँके-खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आ.व २०७८/७९ को बार्षिक चौमासिक कार्य प्रगति सार्वजनिक गरेकोे छ ।
जस अनुसार कार्यालयको मातहतमा रहेको दाङ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय समेतको सक्रियतामा तीन तीन महिना मा हुने समिक्षा गोष्ठीमा यो चौथो कार्य प्रगति गोष्ठीमा सम्भावित कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन बढाइएको र यस्तै, गुणस्तर नियन्त्रणका लागि दैनिक उपभोग्य वस्तुको नमुना परीक्षणसमेत बढाइएकोमा ३ वटा होटल दैनिक उपभोग्य वस्तुको गुणस्तर मापदण्डविपरीत रहेको पाइएको खाद्य अनुसन्धान अधिकृत राजेश कुमार चौधरीले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका कि खाद्य अनुसन्धान अधिकृत प्रतीक्षा श्रेष्ठले प्रस्तुत कार्य प्रगति विवरण अनुसार एक बर्षमा १५१ उद्योग सिफारिस ,उद्योग नविकरण २८० ,अनुज्ञा पत्र जारी १९४ गरिएको र जम्मा नमुनाको परीक्षण गर्दा ३ ओटा गुणस्तरहिन वस्तु फेला परेको हो ।
गुणस्तर मापदण्ड उल्लङ्घन गर्ने ३ ओटा प्रतिकुल नमुना लाई मुद्दा तयारी गरि आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा कारबाही अगाडि बढाएको खाद्य अनुसन्धान अधिकृत प्रतीक्षा श्रेष्ठले जानकारी गराउनु भयो ।
कार्यालय प्रमुख अमृत भूषण सुमनले उद्योगहरुको स्थलगत अनुगमन गरी स्वच्छता मापदण्ड पुरा गरेको र उद्योग बाट उत्पादित खाद्य तथा दानालाई प्रयोगशालामा परीक्षण गरी गुणस्तर सेमत चकजाँच गर्ने गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
एक बर्षमा होटल, रेष्टुरेण्टमा तयारी फलफुल खाद्य पदार्थको स्वच्छता र गुणस्तर नियमन तर्फ संयुक्त बजार अनुगमनले व्यापकता पाएको कार्यालय प्रमुख अमृत भूषण सुमनको भनाई रहेको थियो ।
कार्यालय प्रमुख अमृत भूषण सुमनले अनुगमनका क्रममा पसल तथा होटल रेस्टुरेण्टहरुलाई स्वच्छता सुधारका लागि परामर्श दिने र उपभोग्य अवधि समाप्त भएका गुणस्तरिहन खाद्य नष्ट समेत गर्ने गरेको बताए ।
यस्तै गरी एक बर्षमा प्रशोधित पिउने पानी उद्योग व्यवसायीहरुलाई र दुग्ध उदोगहरुसंग पटक पटक गुणस्तर सुधारको लागि अन्तरक्रिया गरेको छ । र विभिन्न मेला महोत्सवमा समेतमा जनचेतनामूलक सन्देशहरु प्रचार प्रसार गरेको कार्यालयले जनाएको छ ।
एक बर्षमा तरकारी तथा फलफूल विषदी अवशेषका १० हजार २२० नमुनाहरुको विश्लेषण गरिएको छ ।
कार्यालय प्रमुख अमृत भूषण सुमनका अनुसार एक बर्षमा दशै तिहार लगायतका चाडपर्वहरुमा खाद्य वस्तु स्वच्छताका उपभोक्तालाई सुचाना गरेको जनाएको छ ।
कार्यालयले एक बर्षमा एक बर्षमा ५१लाख ९२ हजार ७ सय रुपैयाँ राजस्व समेत संकलन गरेको छ ।
प्रयोगशालामा प्राप्त नमुना विश्लेषण दस्तर वाफत संकलन गरेको राजस्व रहेका कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा सुधार गर्न निर्देशन समेत दिएको थियो । सुधारका लागि दिएको निर्देशन पुरा गरेपछि देखि उद्योगमा लगाएको शिलबन्दी फुकुवा गरी कानुन बमोजिम उत्पादन तथा विक्रि वितण गर्न अनुमति दिएको जनाएको छ ।
कार्यक्रम संचालन ज्योति आचार्यले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बाँकेका प्रतिनिधि देविलाल चौलागाईं ,उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष बसन्त गौतम ,प्रधानमन्त्री कृषि आधुनिकरण् कार्यालय बाँकेका प्रतिनिधि खाद्य आर्यात नियात तथा गुणस्तर प्रमारिकरण कार्यालय प्रमुख सन्तोष दाहाल ,गौरी हमाल ,नेत्रा बोगटी ,प्रतीक्षा पण्डित ,र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको कर्मचारी प्रेम कुमार लिम्बू,गणेश कुमार रोक्का,शन्तोष ज्ञवलिको उपस्तिथि रहेको थियो ।