नेपालगन्ज – जिल्लामा पनि ट्यालेन्टहरु छन् भन्ने नेपाललगायत विश्वमा संदेश दिन बाँकेमा बाँके रनवे को अडिशन राउन्ड चलिरहेको छ ।
स्थानीय भाषा, संस्कृती, धर्म, पहिचान, रहनसहनलाई विश्वसामु चिनाउनका लागि बाँके रनवे मुन मिडिया प्रा.लिले आयोजना गरेको आयोजक प्रेरणा नेपालिले बताईन ।
मुन मिडिया प्रा.लिले आयोजना गरेको बाँके रनवेको प्रतियोगितामा बिजेता हुने प्रतियोगीहरुलाई विभिन्न अवसरहरु प्रदान गर्ने र बाँकेका संस्कृति तथा सामाजिक कार्यमा प्रतिभा देखाउने अबसर प्रदान गर्ने आयोजकले जानकारी दिए ।
शनिबार सम्पन्न दोस्रो अडिसनमा प्रतियोगीहरुले आफ्नो प्रतिभाहरुको निर्णायकहरु सामु प्रस्तुत गरेर १० जना छनोट भएका छ्न ।
बाँके रनवेको दोस्रो अडिसन सम्पन्न मुन मिडिया हाउस द्वारा अयोजित बाँके रनवेको दोस्रो अडिसनको निर्णायकमा नेपालगन्ज ग्यालरीका संचालक समीर मान श्रेष्ठ ,मिस्टर ग्ल्याम नेपालगन्ज २०१९ प्रसिद्ध सिंह ठकुरी नेपालगन्ज २०१८ को मुहारमा मिस दिवा अञ्जली शाक्य मिसेस दिवा नेपाल रहेको कार्यक्रम संयोजक दिपशोन बैश्यले जानकारी दिए ।

