धरान / महेन्द्र बहुमुखी क्याम्पस धरानमा व्यापार प्रदर्शन मेला हुने भएको छ । जेठ १८ गते बुधवार व्यापार प्रदर्शन मेला लाग्ने भएको हो ।
प्राविधिक छेत्रका विभिन्न सुरुवाती व्यापारहरू समेत प्रदर्शन तथा प्रवर्द्धन गर्ने लक्ष्यसाथ उक्त मेला सोही कलेजका बि.बि.एम का विद्यार्थीहरूले सम्पन्न गर्ने तयारी रहेको कलेजका प्राध्यापक डा. नवीन कुमार नेपालले जानकारी दिए ।
उक्त व्यापारमा विभिन्न कलेजका विद्यार्थी, विभिन्न बैक तथा वित्तीय संस्था, साना तथा मझौला व्यापार, स्थानीय व्यापारी लगायतका ५ हजार जनाको उपस्थिति रहने अनुमानित गरिएको छ । ४० भन्दा बढी स्टल रहने जानकारी दिइएको छ ।