नेपालगञ्ज, बाँके ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज, बाँकेको आयोजनामा होटल रेष्टुरेन्ट व्यवसायीहरूका लागि स्वच्छतर अभ्यास (Good Hygienic Practices) सम्बन्धी एकदिने तालिम २०७९ मङ्सिर २२ गते नेपालगञ्जमा सफलतापूर्वक सम्पन्न भएको छ। होटल व्यवसायी संघ, बाँकेको सक्रिय समन्वयमा आयोजित तालिममा नेपालगञ्ज क्षेत्रका करिब १०० जना होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम इन्द्रेणी होटल एण्ड रेस्टुरेन्टमा सम्पन्न भएको हो।
कार्यक्रमका अध्यक्ष तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख प्रशान्त पोखरेलले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य सेवा आजको आवश्यकतामात्र नभई व्यवसायिक दायित्व पनि भएको भन्दै तालिमले व्यवसायीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा होटल व्यवसायी संघ, बाँकेका अध्यक्ष भिम प्रसाद कडेल प्रमुख अतिथि रहनुहुन्थ्यो।
कार्यक्रम खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछानेको संचालनमा अघि बढेको थियो भने स्वागत मन्तव्य खाद्य अनुसन्धान अधिकृ— नेत्र बोगटीले प्रस्तुत गर्नुभएको थियो।
उद्घाटन सत्रपछि प्राविधिक सत्रमा कार्यालयका विज्ञहरूले निम्न महत्वपूर्ण विषयमा प्रशिक्षण तथा छलफल गरेका थिएः
- खाद्य स्वच्छताका विविध आयाम
- होटल–रेस्टुरेन्टले अनिवार्य अपनाउनुपर्ने न्युनतम स्वच्छतिकर्मी अभ्यास
- असल सरसफाई तथा सुरक्षित खाद्य सामग्री व्यवस्थापन
- खाद्य स्वच्छताका आधारमा होटल–रेस्टुरेन्ट स्तरीकरण निर्देशिकाका प्रावधान
- खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का प्रमुख कानुनी व्यवस्थाहरू
सहभागी व्यवसायीहरूले तालिमलाई अत्यन्त उपयोगी, व्यवहारिक र व्यवसायमै लागू गर्न सकिने खालको भएको भन्दै सिकाइलाई प्रत्यक्ष कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए।
समापन सत्रमा प्रमुख अतिथि भिम प्रसाद कडेलले खाद्य स्वच्छता सबैभन्दा संवेदनशील र जिम्मेवारीपूर्ण पक्ष भएको उल्लेख गर्दै यस्तो प्रशिक्षणले उद्योगको समग्र सेवा स्तर अभिवृद्धि गर्न ठोस भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन गर्दै कार्यालय प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्दै तालिममा प्राप्त ज्ञानलाई दैनिक कार्यशैलीमा उतार्न आग्रह गर्नुभयो। उहाँले कार्यक्रम खाद्य सुरक्षा, स्वच्छता, गुणस्तर नियन्त्रण, उपभोक्ता संरक्षण तथा कानुनी सचेतना वृद्धि गर्न सफल भएको बताउनुभयो।
तालिमले नेपालगञ्ज क्षेत्रका होटल–रेस्टुरेन्ट व्यवसायमा स्वच्छता र गुणस्तर सुधारतर्फ प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।