कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

बस फेला पर्ने सम्भावना क्षीण

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ श्रावण १४, सोमबार ००:०३
0
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

नारायणगढ, साउन १४ गते । त्रिशूली नदीमा यात्रुसहित हराइरहेका दुई वटा बस फेला पर्ने सम्भावना क्षीण बन्दै गएको छ । नेपाली र भारतीय गोताखोर तथा प्राविधिकको प्रयास दुर्घटना भएको १७ औँ दिनसम्म पनि असफल भएपछि सम्भावना क्षीण देखिएको हो ।

बसको खोजी गर्न आएको भारतीय टोलीको आइतबार बिदाइ भएको छ । उनीहरूले ल्याएका आधुनिक उपकरणबाट पनि खोजी सफल हुन सकेको थिएन । गत असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा आएको पहिरोमा ६५ जना यात्रुसहित दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

६५ यात्रुमध्ये तीन जना पौडिएर बाँच्न सफल भएका थिए । हालसम्म घटनामा परेका २४ जनाको शव भेटिएको र १८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो । अन्य ३८ यात्रुको अवस्था भने बससँगै अज्ञात छ । काठमाडौँबाट गौर जान नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठामाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३–००६ ख १५१६ नम्बरको एन्जल्स डिलक्स बस हराइरहेका हुन् ।

यसर्थ यी दुई बस पनि हालसम्म नभेटिएकाको सूचीमै परेका छन् र यसअघि त्रिशूलीमा बेपत्ता भएका र नभेटिएका छ वटा सवारीसाधनको सूचीमा थपिन लागेका छन् ।

२०४९ सालयता त्रिशूलीमा २२ वटा सवारीसाधन हराइरहेका छन् । २०४९ सालमै सिमलतालबाट ४२ यात्रुसहित बेपत्ता भएको यात्रुवाहक बस अझैसम्म फेला पर्न सकेको छैन ।

यस्तै पूर्वगृहमन्त्री माधव घिमिरेसहित तीन जना यात्रु रहेको बा ९ ख १५३१ नम्बरको स्कोरपियो २०७३ असोज ९ गते त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । सशस्त्र प्रहरी बल आँपटारीका अनुसार आव २०७३/७४ मा पाँच वटा, २०७४/७५ मा चार, २०७५/७६ मा चार, २०७६/७७ मा एक, २०७७/७८ मा एक, २०७९/८० मा एक र २०८०/८१ मा पाँच वटा सवारीसाधन त्रिशूलीमा बेपत्ता भएका छन् । यस आधारमा गत असार २८ गते हराएका बस पनि फेला नपर्ने सम्भावना बढेको छ ।

तथापि स्थानीय प्रशासनले खोजी कार्य जारी राख्ने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइतबार पत्रकार सम्मेलन गर्दै हराइरहेका गाडी फेला पर्न नसकिएको जानकारी दिनुभयो । भारतीय टोली फर्किए पनि नेपाली टोलीले भने खोजी कार्य निरन्तर जारी राख्ने बताउनुभयो ।

“नेपाली स्रोतसाधनसँगै भारतबाट विशेष उपकरणसहितका विज्ञ टोली परिचालन गरिए पनि अहिलेसम्म दुवै बस फेला पार्न सकिएको छैन,” उहाँले भन्नुभयो । नेपाल तथा भारतका खोजकर्ताले चुम्बक र पानीभित्र समेत खोज्न मिल्ने क्यामरालगायतका उपकरण प्रयोग गरेर खोजेका हुन् । भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्सका गोताखोर र प्राविधिक गरी १२ जनाको टोली आइतबार बिदा भएको छ । भारतीय टोली साउन ६ गतेदेखि खोजी कार्यमा संलग्न थियो ।

प्रजिअ यादवले त्रिशूलीमा खोज तथा उद्धार कार्य जटिल हुनुमा बढ्दो पानीको बहाव र नदीको गहिराइ, धमिलो पानी र अत्यावश्यक उपकरणको अभाव भएको बताउनुभयो ।

“पछिल्ला दुई वटा बस खोज्न हामीले १२ र १९ किलोका चुम्बक प्रयोग गर्दा पानीको बहावले सहज तरिकाले गहिराइसम्म पुग्नै दिएन । पानीको बहावलाई हेर्दा कम्तीमा ८० किलोको चुम्बक आवश्यक पर्ने भारतीय प्राविधिक टोलीले सुझाएको छ,” उहाँले भन्नुभयो ।

Previous Post

युवाको भावना बुझेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Next Post

बिजुली बेचेर गत वर्ष नेपालले कमायो १६ अर्ब ९३ करोड

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ श्रावण १४, सोमबार ००:०३
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ श्रावण १४, सोमबार ००:०३
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ श्रावण १४, सोमबार ००:०३
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ श्रावण १४, सोमबार ००:०३
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ श्रावण १४, सोमबार ००:०३
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ श्रावण १४, सोमबार ००:०३
28
Next Post

बिजुली बेचेर गत वर्ष नेपालले कमायो १६ अर्ब ९३ करोड

रोहितको टोली टोरोन्टो नेसनल्स पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ श्रावण १४, सोमबार ००:०३
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ श्रावण १४, सोमबार ००:०३
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ श्रावण १४, सोमबार ००:०३
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ श्रावण १४, सोमबार ००:०३
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.