कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

जेलले जन्माएको नेता ‘केपी शर्मा ओली’

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ असार ३०, आईतवार १४:५१
0
12
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ, असार ३० गते । नेपाल कम्युनिस्टी पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का अध्यक्ष केपी शर्मा ओलीको ७१ वर्षे जीवन सङ्घर्षमय छ । उहाँको वास्तविक नाम खड्गप्रसाद ओली भए पनि राजनीतिमा केपी ओलीको नामबाट परिचित हुनुहुन्छ । उहाँलाई माया गर्नेले  ‘केपी बा’ भनेर सम्बोधन गर्छन् ।

नेता ओलीले राजनीतिको शिखरसम्म आइपुग्न ५८ वर्ष लामो सङ्घर्षपूर्ण यात्रा तय गर्नुभएको छ । १४ वर्ष कठोर कारावास (जेल) जीवन भोग्नु भएका ओली मुलुकको शक्तिशाली पार्टी नेकपा (एमाले) को अध्यक्ष र देशको चार पटक कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री बन्न सफल हुनुभयो । निरङ्‍कुश पञ्चायती व्यवस्थामा ओलीले जीवन नै जोखिममा राखेर राजनीतिक संघर्ष गर्नुभयो । त्यही संघर्षबाट प्रतिबन्धित पार्टीको एउटा साधारण तहको कार्यकर्ताबाट ओलीले पार्टी र देशको नेतृत्वको यात्रा सुरु गर्नुभएको हो ।

ओलीको राजनीतिक जन्म झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षको गर्भबाट भएको हो । देशभक्ति, लोकतन्त्र, सामाजिक जागरण र विकासको भावधाराबाट विकसित नेपालको कम्युनिस्ट आन्दोलनलाई व्यवहार र आचरणको सङ्गति कायम गर्न ओली सफल हुनुभएको छ ।

मृत्युदण्डको तरबार

निरङ्कुश शासन सत्ताले टाउकोमाथि हरेक क्षण मृत्यु दण्डको तरबार झुण्ड्याएको एक बन्दी हुँदा होस् वा मुलुकको कार्यकारी प्रमुखका रुपमा सिंहदरबारमा आसीन हुँदा– ती दुबै ठाउँमा उहाँ एउटै उद्देश्यमा समर्पित हुनुभयो ।

तेह्रथुम जिल्लाको आठराई इवा गाउँको साधारण किसान परिवारमा बुवा मोहनप्रसाद ओली र आमा  मधुमाया ओलीबाट वि.सं. २००८ साल फागुन ११ गते उहाँको जन्म भयो । चार वर्षको उमेरमै आमा मधुमाया ओलीको निधन भएपछि उहाँ मातृस्नेहबाट विमुख हुनुभयो । आमाको स्नेही काख गुमाउनु भएका ओलीको पालनपोषण हजुरआमा राममाया ओलीबाट भयो । ग्रामीण किसान परिवारमा जन्मेर गाईवस्तु चराउने, घाँस काट्ने, खाना पकाउने, भाँडा माझ्ने सबैजसो काम गर्नुभयो ।

१० पटक गिरफ्तार

तेह्रथुम छाडेर २०२० सालमा उहाँको परिवार झापा बसाइँ सर्‍यो । नयाँ ठाउँमा नयाँ साथी फेला परे । नयाँ ठाउँमा नयाँ साथी भेट्दा समाजका चालचलन र वरपरका घटनाबारे जिज्ञासा र प्रश्नहरु जन्मिन्छन् । हरेकजसो विषयमा जिज्ञासा राख्ने स्वभावले ओलीलाई समाजभित्र हुने हेलाहोचो, भेदभाव र पक्षपातका प्रश्नको उत्तर खोज्नतिर प्रेरित गर्‍ यो ।

एकातिर मनमा उब्जिँदै गरेका जिज्ञासा र अर्काेतिर सङ्गतमा आएका नयाँ साथीसँगको सहकार्यले उहाँमा राजनीतिक चेतको विकास भयो । यसैक्रममा १५ वर्षीय किशोर उमेरमै २०२३ सालमा उहाँ मार्क्सवादी अध्ययन दलमा सामेल हुनुभयो । यसमा मुख्य अगुवा हुनुहुन्थ्यो-रामनाथ दाहाल । दाहाललाई पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या गर्‍ यो, जो झापा आन्दोलनका शहीद हुनुहुन्छ ।

मार्क्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै २०२५ सालमा ओली पूर्णकालीन राजनीतिमा सामेल हुनुभयो । त्यतिबेला उहाँ १७ वर्षको हुनुहुन्थ्यो । त्यसको एक वर्षमै २०२६ साल माघमा उहाँले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाउनुभयो । पार्टी सदस्यता पाएको वर्ष नै पहिलो पटक उहाँ गिरफ्तारीमा पर्नुभयो । त्यसपछिका चार वर्षको अवधिमा ओलीलाई सरकारले १० पटक गिरफ्तार गरेको थियो ।

झापा बसाइँ सरेपछि ओलीका बुबा मोहनप्रसाद ओली एउटा विद्यालयको जग्गा ठेक्कामा लिएर खेती किसानीमा लाग्नुभयो । जग्गा भाडामा लिएर खेती गर्दा राम्रै कमाइ भइरहेको थियो, तर खोला पसेर जग्गा बगायो । त्यसपछि राम्रै आम्दानी भएको परिवार झण्डै सुकुम्बासीको स्थितिमा पुग्यो । त्यसबेला ओलीले खेती किसानीमा बुवालाई सघाउनु हुन्थ्यो ।

परिवारको आर्थिक अवस्था सम्हाल्न आफैंले काम गर्नुपर्ने अवस्था भए पनि उहाँ भूमिगत राजनीतिमा सामेल भइसक्नुभएको थियो। जुन समयबाट केपी शर्मा ओलीको निजी पारिवारिक जीवन अनिश्चित बन्दै गयो र कम्युनिस्ट पार्टीको जीवनले नयाँ सिंढीमा पाइला टेक्यो ।

देशमा निरंकुश पञ्चायती व्यवस्था थियो, जनतामा राजनीतिक दल खोल्ने, बोल्ने, लेख्ने अधिकार थिएन । स्वतन्त्र राजनीतिक चेतनाका लागि समाज कठोर कारागारजस्तै थियो । न्याय र समानताको माग गर्दै ओलीको नेतृत्वमा झापा आन्दोलन सङ्गठन कमिटी गठन भएपछि पञ्चायती शासनले त्यसमाथि तीव्र र कठोर दमन गर्‍यो । ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारी नेता २०३० साल असोज २३ गते पक्राउ परे ।

१४ वर्ष कारावास

ओलीले चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन बिताउनुभयो । उहाँका पाँचजना सहयोद्धालाई जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या गरियो । जेल सार्ने बहानामा ओलीको पनि हत्या गर्ने प्रयास प्रहरीका सवइन्स्पेक्टर मोहनप्रसाद अधिकारीका कारण सफल हुन सकेन ।

जेलभित्रको पनि जेल मानिने गोलघर जहाँ मानसिक स्थिति बिग्रेकालाई राखेर यातना दिइन्थ्यो, त्यहाँ राखेर उहाँलाई चरम यातना दिइयो । उहाँकी धर्मपत्नी राधिका शाक्यले जेल जीवनमा दिइएको यातनाबारे लेख्नु भएको छ, ‘‘गोलघरभित्र उहाँलाई सिधा उभिन, खुट्टा तन्काएर सुत्न, दिसा पिसाबका लागि बाहिर जान छुट थिएन । त्यहीँ खाने, त्यहीँ शौच गर्ने, दुर्गन्धयुक्त गोलघरको छिँडीमा मुसाले फोहोर छिटेर लडाइँ गर्थे । शौचालयको सेफ्टी ट्याङ्कीबाट दिसा निकालेर मुसाले जीउभरि फोहर पारिदिन्थे । ओढ्ने–ओछ्याउने लुगा हरहमेसा ओसले भिजेको अवस्थामा हुन्थ्यो ।’’

संयोगवश मृत्युको मुखबाट फर्किनु भएका ओली जेलमै रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिस्ट पार्टी (माले) को संस्थापकको हैसियतमा रहनुभयो । जेलभित्र निर्मम यातनाको सामना गरिरहेको एउटा नेताले जेल बाहिर ठूलो राजनीतिक उथलपुथल सिर्जना गर्न सफल रह्यो ।

२०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा (माले) को केन्द्रीय कमिटी बैठकले उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन गर्‍यो र पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालन गर्न लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी तोक्यो ।

नेपाली कांग्रेस र नेकपा (माले) समेतको नेतृत्वमा सञ्चालित २०४६ सालको जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष बन्नुभयो ।

२०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (मार्क्सवादी) बिच पार्टी एकीकरण भएर नेकपा (एमाले) बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य बन्नुभयो ।

सफल गृहमन्त्री 

बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको आम निर्वाचनमा संसद्को तल्लो सदन प्रतिनिधिसभाको सदस्यमा ओली झापा–६ बाट र त्यसको तीन वर्षपछि भएको मध्यावधि निर्वाचनमा झापा–२ बाट उहाँ प्रतिनिधिसभा सदस्य चुनिनु भयो । यसबिचका विभिन्न समयमा पार्टीको पोलिटब्यूरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुखको जिम्मेवारीमा रहनुभयो ।

ग्रामीण वर्ग सङ्घर्षको गर्भबाट राजनीतिक जन्म लिनुभएका ओली निरङ्कुश व्यवस्थाविरुद्धको कठिन सङ्घर्षबाट खारिँदै बहुदलीय व्यवस्था प्राप्तिपछि २०५१ सालमा पहिलो पटक मुलुकको गृहमन्त्री हुनुभयो । मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिस्ट सरकारमा उहाँले सफल गृहमन्त्रीको मानक स्थापित गर्नुभयो ।

कामकै दौरानमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर नेपालगञ्जबाट फर्किंदा प्रधानमन्त्री मनमोहन अधिकारीसहित गृहमन्त्री केपी शर्मा ओली हेलिकोप्टर दुर्घटनामा पर्नुभयो । पाइलट किशेन्द्रबहादुर शाहीको कुशलताका कारण उहाँहरु दुर्घटनाबाट बच्न सफल हुनुभयो ।

२०५४ माघमा भएको नेकपा (एमाले) को छैठौं राष्ट्रिय महाधिवेशनमा ओलीले प्रस्तुत गर्नुभएको ‘शक्ति सञ्चय’ को कार्यनीति महाधिवेशनले अत्यधिक मतले पारित गरेको थियो । महाधिवेशनबाट ओली पार्टी स्थायी कमिटी सदस्य र विदेश विभाग प्रमुखमा चुनिनु भयो ।

जनकपुरमा २०५९ सालमा भएको पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा ओलीले पार्टीको आन्तरिक लोकतान्त्रिकरण गरी बहुपदीय प्रणालीमा जाने प्रस्ताव प्रस्तुत गर्नुभयो । तर, महाधिवेशनले उक्त प्रस्ताव अर्काे महाधिवेशनसम्मका लागि भन्दै स्थगित गर्‍यो । जुन प्रस्तावलाई २०६५ सालमा बुटवलमा भएको आठौं राष्ट्रिय महाधिवेशनले पारित गर्‍यो । उहाँको प्रस्तावलाई महाधिवेशनले पारित गरे पनि उहाँ पार्टी अध्यक्षमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग झिनो मतान्तरले पराजित हुनुभयो ।

मुख्य नेता जो भए पनि ओलीको नीतिगत दिशानिर्देशमाथि पार्टी कार्यकर्ताको भरोसा रहेको कुरा आठौं राष्ट्रिय महाधिवेशनले स्थापित गर्‍यो । त्यस परिघटनाले उहाँलाई समाजको पदचाप बुझ्न सक्ने नेताका रुपमा नेकपा (एमाले) को कार्यकर्ता पङ्तिले अनुभूत गरेको पाइन्छ ।

उग्रवामपन्थी अतिवादले सिर्जना गरेको दबदबा र त्यसभित्र निहित दक्षिणपन्थी अवसरवादको आधारभूमिलाई ओलीले समयमै बुझ्नु भएको कुरा नेपालको सिङ्गो राजनीतिक वृत्तमा महसुस हुन थाल्यो । त्यस बिन्दुबाट केपी शर्मा ओलीको परिचय पार्टीको मात्र नेता नभएर देशको समग्र राजनीतिक वृत्तको ध्यान खिच्ने र आफ्नो मार्गदर्शनमा हिँडाउन सक्ने नेताका रुपमा स्थापित भयो ।

उपप्रधानमन्त्री र विदेशमन्त्री

२०५६ मा झापा ६ बाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित हुनुभएका ओली संसद्‍मा संसदीय दलको उपनेतामा निर्वाचित हुनुभयो । २०६३ सालको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गरेपछि ओली उपप्रधानमन्त्री र विदेशमन्त्री बन्नुभयो । ‍ओली २०५७ देखि हालसम्म अफ्रो एसियन पिपुल्स सोलिडारिटी अर्गनाइजेशन नेपालको अध्यक्ष हुनुहुन्छ ।

२०७० मंसिरमा झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका ओली त्यसलगत्तै माघमा भएको संसदीय दलका नेता चयनका लागि भएको निर्वाचनमा पार्टीका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दै संसदीय दलको नेतामा निर्वाचित हुनुभयो ।

अध्यक्ष र प्रधानमन्त्री निर्वाचित

२०७१ साउनमा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा तत्कालीन वरिष्ठ नेता तथा लगातार १५ वर्षसम्म पार्टीको एकल नेतृत्व गर्नुभएका माधवकुमार नेपाललाई पराजित गर्दै ओली पार्टी अध्यक्षमा निर्वाचित हुनुभयो । पार्टी अध्यक्षमा उहाँ निर्वाचित भएपछि पार्टीको भूमिकाको प्रभावकारिता बढेको आम राजनीतिक वृत्तमा चर्चा हुने गरेको थियो ।

पार्टीको आन्तरिक राजनीतिमा ओलीको निर्णायक हैसियतमा वृद्धि भएसँगै २०७२ असोज २५ गते उहाँ पहिलो पटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । राष्ट्रको स्वाधीनता र स्वाभिमानमाथि बाह्य पक्षको थिचोमिचो हुँदा दृढतापूर्वक उभिने ओलीको विदेश नीति सबैसँग मित्रताको पक्षमा मुखर हुने गरेको छ ।

नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, छैन कसैसँग पनि शत्रुता’ भने झैं अध्यक्ष ओलीले भन्नुभएको छ, ‘‘हामी सबैसँग मित्रता चाहन्छौं । हामी समानताका आधारमा, न्यायका आधारमा, अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा मित्रता खोज्दछौं ।’’

सरकारमा साझेदारी गरेको नेकपा (माओवादी केन्द्र) ले आफू सम्मिलित ओली नेतृत्वको सरकारलाई ढाल्न अविश्वास प्रस्ताव राख्यो । २०७३ साउन १९ गते संसद्लाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो ।

यही पृष्ठभूमिमा २०७४ सालको आम निर्वाचनपछि नेकपा (माओवादी केन्द्र) समेतको समर्थनमा ओली २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभयो । यसै अवधिमा उहाँले २०७८ वैशाख ३० गते पुनः प्रधानमन्त्री पदको शपथ लिनुभयो । पार्टीमा आएको विग्रह र  सर्वोच्च अदालतको फैसलापछि उहाँ २०७८ असार २९ गते पदमुक्त हुनुभयो ।

सरकारमा हुँदा गरेको नाकाबन्दीको सामना, चीनसँगको पारवहन सन्धि, लिम्पियाधुरा–लिपुलेकसम्मको छुटेको भूभागलाई समेटेर जारी गरिएको देशको नयाँ नक्सा, विकास निर्माणका काममा तीव्रता, सामाजिक सुरक्षाका कार्यक्रम उहाँकै नेतृत्वमा सम्भव भएका हुन् ।

दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि ओलीको पहलमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच २०७५ जेठ ३ गते पार्टी एकीकरण भयो । पार्टी एकीकरणको नियत र गन्तव्यमा भने ओली र अन्य केही नेताका बिच भिन्नता रहेको तथ्य झण्डै तीन वर्षपछि भएको पार्टी विभाजनले पुष्टि गर्‍यो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको नेतृत्वकर्ता

२०७८ मङ्सिर १० गते चितवनमा भएको दशौं महाधिवेशनबाट ओली दोस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित हुनुभयो । राजनीतिक उतार चढावसँगै उहाँ २०८१ असार ३० मा चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो ।

अध्यक्ष ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको नेतृत्वकर्ता हुनुहुन्छ । चौथो पटक प्रधानमन्त्री बन्नु भएका ओलीले यसअघि नै घोषणा गर्नुभएको छ, ‘‘हामी समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य तोकेर, त्यसलाई हाम्रो राष्ट्रिय आकाङ्क्षा निर्धारण गरेर प्राप्त गर्ने अभियानमा लागेका छौँ । देशका विभिन्न शक्ति जो सही ढङ्गले लोकतन्त्र, राष्ट्रियता, सुशासन, लोकतन्त्रको यथार्थ अभ्यासको पक्षमा काम गर्न चाहन्छन् । जो समृद्धि, सामाजिक न्याय र समानताका लागि काम गर्न चाहन्छन्, जो सामाजिक सद्भाव वृद्धि गर्ने कुरामा काम गर्न चाहन्छन् र राष्ट्रिय एकता कायम गर्न चाहन्छन् । ती सबै शक्ति र व्यक्तिसँग पनि हामी मिलेर काम गर्न चाहन्छौँ।’’

प्रस्तुति :

  • शब्द : नारद गौतम
  • स्वर : सपना थामी
  • दृश्य : मनोजरत्न शाही/केशब गुरुङ

तस्बिर :

कस्तुरी खबर

  • दि राइजिङ नेपाल
  • गोरखापत्र अनलाइन डटकम
  • राइजिङ नेपाल डेलीडटकम
  • केपी ओलीको एक्स (ट्वीटर)
  • सामाजिक सञ्जाल
Previous Post

विद्यार्थीको सहजताको लागि महर्षी स्कुलले किन्यो किङ्ग लोङ्ग ब्रान्डको नयाँ भ्यान

Next Post

सिमलताल पहिरो: थप छ वटा शव फेला

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ असार ३०, आईतवार १४:५१
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ असार ३०, आईतवार १४:५१
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ असार ३०, आईतवार १४:५१
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ असार ३०, आईतवार १४:५१
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ असार ३०, आईतवार १४:५१
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८१ असार ३०, आईतवार १४:५१
21
Next Post

सिमलताल पहिरो: थप छ वटा शव फेला

मनकामना केबलकार ५० दिन बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ असार ३०, आईतवार १४:५१
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ असार ३०, आईतवार १४:५१
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ असार ३०, आईतवार १४:५१
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ असार ३०, आईतवार १४:५१
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.