कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

डिनदेखि सहायक क्याम्पस प्रमुखसम्म खुला प्रतिस्पर्धाबाट

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ असार २४, सोमबार ०२:०९
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असार २४ गते । त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्काय तथा अध्ययन संस्थानका डिनदेखि सहायक क्याम्पस प्रमुखसमेत अबदेखि खुला प्रतिस्पर्धाबाट नियुक्त हुने भएका छन् । आफू अन्तर्गतका निकायमा विभिन्न पदमा नियुक्त हुने व्यक्तिका विश्वविद्यालयले पहिलो पटक मापदण्ड निर्धारण गरेको छ ।

ती पदमा स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धा गराई कुशल नेतृत्व छनोट गर्ने उद्देश्यले पहिलो पटक त्रिविले नियुक्तिको मापदण्ड बनाएको हो । त्रिभुवन विश्वविद्यालयमा सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ कार्यकारी परिषद्ले पारित गरेको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार सबैले देख्ने गरी नियुक्तिको मापदण्ड निर्धारण गरिएको यो पहिलो पटक हो ।

आफू अन्तर्गतका निकायमा पदाधिकारी नियुक्ति गर्दा अपनाउनुपर्ने मापदण्ड तथा आधार तथा मापदण्ड तयार गरी सुझाव दिन विश्वविद्यालयले केही समयअघि डा. पुष्कर वज्राचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो । सोही समितिले दिएको प्रतिवेदन कार्यकारी परिषद्ले पारित गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेको शिक्षाध्यक्ष केसीले बताउनुभयो ।

विनियम अनुसार डिन नियुक्तिका लागि त्रिविमा करिब १० वर्षदेखि स्थायी पूर्णकालीन प्राध्यापक वा सहप्राध्यापक पदमा कार्यरत रहेको हुनुपर्ने छ । त्यसबाहेक पिएचडी उपाधि भएको, निजी शैक्षिक संस्थाहरूमा सम्बन्धित व्यक्ति र परिवारको लगानी नभएको तथा राजनीतिक दलको सदस्य नभएको व्यक्तिले मात्रै डिन नियुक्तिका लागि प्रतिस्पर्धा गर्न पाउने छ ।

प्रतिस्पर्धामा सहभागी भएकालाई कार्यकारी परिषद्ले गठन गरेको तीन सदस्यीय छनोट समितिमार्फत विभिन्न आठ वटा मापदण्डलाई आधार मानेर अङ्क प्रदान गरिने छ ।

त्यस्तै सहायक डिनमा नियुक्तिका लागि पिएचडी उपाधि प्राप्त, त्रिवि सेवामा सहप्राध्यापक वा उपप्राध्यापक भई कम्तीमा १० वर्ष स्थायी तथा पूर्णकालीन सेवा गरेको र राजनीतिक दलको सदस्य नभएको व्यक्ति हुनुपर्ने छ ।

नियुक्तिका लागि अध्ययन संस्थान वा डिन कार्यालयले प्राध्यापकको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गर्ने छ । उक्त समितिले आठ वटा विषयलाई आधार मानेर अङ्क प्रदान गर्ने छ ।

विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायमा कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि पनि त्रिविले मापदण्ड तोकेको छ तर कार्यप्रकृतिका आधारमा कार्यकारी निर्देशक पद रहने निकायमा नियुक्तिका लागि मापदण्ड पनि फरक फरक तोकिएको छ । अध्ययन संस्थानको कार्यकारी निर्देशक नियुक्तिका लागि १० वर्षदेखि स्थायी तथा पूर्णकालीन सेवामा प्राध्यापक वा सहप्राध्यापक पदमा कार्यरत तथा पिएचडी उपाधि प्राप्त भएको हुनुपर्ने छ ।

साथै निजी शैक्षिक संस्थामा सम्बन्धित व्यक्ति र परिवारको लगानी नभएको र राजनीतिक दलको सदस्य पनि नभएको व्यक्ति पनि हुनुपर्ने छ । कार्यकारी परिषद्ले तीन सदस्यीय छनोट समिति गठन गर्ने छ तथा उक्त समितिले विभिन्न सात वटा आधारमा मूल्याङ्कन गरेर अङ्क निर्धारण गरिएको छ ।

तर, पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि भने पाठ्यक्रम निर्माण, प्रयोग, पाठ्यक्रम सुधारलगायतका विषयमा ज्ञान भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । उक्त पदका लागि छनोट समितिले सात वटा आधारमा मूल्याङ्कन गरेर अङ्क प्रदान गर्ने छ ।

शिक्षण अस्पतालको कार्यकारी निर्देशकका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्र वा जनस्वास्थ्य वा मेडिकल शिक्षा वा अस्पताल व्यवस्थापनसम्बन्धी विषयमा विशिष्टीकरण गरी स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । त्रिविमा आठ वर्षको पूर्णकालीन स्थायी सेवा हुनुपर्ने अर्को मापदण्ड तोकिएको छ । कुनै पनि राजनीतिक दलको सदस्य भएको हुनुहुँदैन ।

उक्त पदमा नियुक्तिका लागि चिकित्साशास्त्र अध्ययन संस्थाका डिनको संयोजकत्वमा दुई जना प्राध्यापक वा सहप्राध्यापकसमेत गरी तीन सदस्यीय छनोट समिति गठन गरिने छ । त्यस्तै विश्वविद्यालयको योजना निर्देशनालयको निर्देशक, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यकारी निर्देशक, बिपी कोइराला लायन्स अध्ययन केन्द्र, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशक, अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक पदमा फरक फरक मापदण्ड तथा योग्यता निर्धारण गरिएको छ ।

त्यस्तै ती केन्द्र तथा निकायका उपनिर्देशक, खेलकुद निर्देशनालय, अनुसन्धान निर्देशनालयका निर्देशकको नियुक्तिको मापदण्ड पनि अन्यभन्दा फरक छ ।

परीक्षा नियन्त्रकको नियुक्तिका लागि त्रिविको स्थायी सेवामा १० वर्षदेखि पूर्णकालीन स्थायी सेवामा रहेका प्राध्यापक वा सहप्राध्यापक हुनुपर्ने छ । त्यसका लागि आठ वटा आधार तोकिएको छ । सोही आधारमा एक सय पूर्णाङ्कलाई आधार मानेर मूल्याङ्कन गरिने छ । नियन्त्रक नियुक्तिका लागि रजिस्ट्रारबाट प्राध्यापकको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन हुने छ ।

सहपरीक्षा नियन्त्रकको नियुक्तिका लागि त्रिविको स्थायी सेवामा आठ वर्षदेखि पूर्णकालीन स्थायी सेवामा रहेका सहप्राध्यापक वा उपप्राध्यापक हुनुपर्ने छ । सूचना प्रविधि तथा सञ्चारसम्बन्धी विषयमा ज्ञान भएको र कुनै पनि राजनीतिक दलको सदस्य नभएको पनि मापदण्ड छ । रजिस्ट्रारबाट प्राध्यापकको संयोजकत्वमा गठन हुने तीन सदस्यीय छनोट समितिले नौ वटा मापदण्डमा आधारित रहेर अङ्क प्रदान गर्ने विनियममा उल्लेख छ ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रिन्सिपलमा नियुक्त हुन चाहने व्यक्ति त्रिविमा १० वर्षको स्थायी तथा पूर्णकालीन प्राध्यापनको अनुभव भएको हुनुपर्ने तथा प्राध्यापक वा सहप्राध्यापक पदमा कार्यरत रहेको हुनुपर्ने छ । राजनीतिक दलको सदस्य भएको व्यक्ति उक्त पदमा नियुक्त हुन सक्दैन ।

क्याम्पस प्रमुख नियुक्तिका लागि सम्बन्धित क्याम्पसमा पाँच वर्ष प्राध्यापक, सहप्राध्यापक वा उपप्राध्यापक पदमा कार्यरत रहेको हुनुपर्ने छ तर सम्बन्धित क्याम्पसमा उक्त मापदण्ड पूरा गरेका शिक्षक नभएमा सोही क्याम्पसको स्थायी शिक्षकबाट नियुक्ति गरिने छ । स्थायी शिक्षक पनि नभएमा अन्य क्याम्पसबाट ल्याउन सकिने व्यवस्था छ । त्यस्तो व्यक्ति कुनै पनि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने छ ।

नियुक्तिका लागि सात वटा मापदण्डका आधारमा मूल्याङ्कन गरेर अङ्क प्रदान गरिने छ । सहायक क्याम्पस प्रमुख भने सम्बन्धित क्याम्पस प्रमुखको सिफारिसमा शिक्षाध्यक्षले गर्ने छ । क्याम्पसमा चलेको कार्यव्रmम र विद्यार्थी भर्नाका आधारमा एक जनादेखि चार जनासम्म सहायक क्याम्पस प्रमुख नियुक्त गर्न सकिने छ ।

शिक्षाध्यक्ष केसीका अनुसार सोही मापदण्डलाई आधार मानेर विश्वविद्यालयले एक÷दुई दिनमै केही डिन तथा क्याम्पस प्रमुखको नियुक्तिमा खुला प्रतिस्पर्धाका लागि आवेदन आह्वान गर्दै छ ।

Previous Post

नारायणीको बाढी बस्तीमा पस्यो

Next Post

सिञ्जामा फस्टाउँदै मार्सी धानको खेती

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ असार २४, सोमबार ०२:०९
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ असार २४, सोमबार ०२:०९
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ असार २४, सोमबार ०२:०९
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ असार २४, सोमबार ०२:०९
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ असार २४, सोमबार ०२:०९
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८१ असार २४, सोमबार ०२:०९
21
Next Post

सिञ्जामा फस्टाउँदै मार्सी धानको खेती

‘अपचलन गर्ने सहकारीले रकम फिर्ता गर्नु पर्छ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ असार २४, सोमबार ०२:०९
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ असार २४, सोमबार ०२:०९
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ असार २४, सोमबार ०२:०९
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ असार २४, सोमबार ०२:०९
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.