कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

मुलुक बनाउन नेताहरूमा इमान्दारिता चाहिन्छ’

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ २३, बुधबार २३:५३
0

blog पूर्व राष्ट्रपति डा. रामवरण यादव गोरखापत्रसँग कुरा गर्नुहुँदै । तस्बिर : कविन अधिकारी

7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, जेठ २३ गते । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुक बनाउन राजनीतिक दलका नेताहरूको इमान्दारिताको खाँचो रहेको बताउनुभएको छ । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको बुधबार अवलोकनपछि संक्षिप्त कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

blog
पूर्व राष्ट्रपति डा. रामवरण यादव गोरखापत्रसँग कुरा गर्नुहुँदै । तस्बिर : कविन अधिकारी

राजनीतिक व्यवस्था परिवर्तन भएपनि मुलुकमा आर्थिक अवस्थामा सुधार नभएर जनतामा निराशा छाएको बताउँदै उहाँले भन्नुभयो, “मुलुकमा सुशासन र पारदर्शिता कायम भयो भने विकासको कामले गति लिन्छ, त्यसमा राजनीतिक दलका नेतृत्वकर्ता र शासन सञ्चालकले ध्यान दिनुपर्छ ।”

“पहिलेका नेताहरूको बोली र व्यवहारमा जनताले विश्वास गर्थे, अहिलेका नेतामा विश्वास गर्न सकेका छैनन्, त्यसलाई व्यवहारबाटै काम गरेर नेताहरूले जनताको मन जित्ने काम गर्नुपर्छ” डा. यादवले थप्नुभयो, “बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताको बोली बिक्थ्यो । कारण, उहाँहरूले बोलेको काम पूरा गर्नुहुन्थ्यो, अहिलेका नेताले बोल्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने समस्या छ, त्यही भएर जनताले विश्वास गर्न सकिरहेका छैनन् ।”

मुलुकको आर्थिक विकास छिटो हुन नसके पनि देश सही दिशामा रहेको उहाँले प्रष्ट पार्नुभयो । “देश सकारात्मक दिशामा छ, विकास हुन केही समय लाग्छ । रोम लगायतका अन्य देश पनि एकै दिनमा बनेका होइनन्, हाम्रो राजनीतिक व्यवस्थामा ठुलो उपलब्धि भएको छ, आर्थिक नीति बनाएर देशको विकास गर्न दलका नेताहरू गम्भीर हुनैपर्छ ।”

नेताहरूको चरित्र र व्यवहारमा अझै प्रश्न उठ्ने गरेको चर्चा गर्नुहुँदै डा. यादवले भन्नुभयो, “मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको छ, तर नेताहरूको व्यवहार र चरित्र त्यस्तो भयो कि भएन ? प्रश्न उठ्ने गरेको छ । मिडियामा हस्तक्षेप गर्ने सिलसिला अझै जारी छ । अहिले नेपाली जनता सचेत भइसकेको छ, ठगेर ठगिने अवस्था छैन अब ।”

“२०६२–७२ सम्म संविधान बनाउनै लाग्यो । अहिले तीन तहको सरकार छ । म अहिले ८२ वर्षमा छु, मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भएको उतारचढावको साक्षी पनि हुँ” डा. यादवले थप्नुभयो, “मुलुकको विकासका लागि सबैको साझा प्रयास चाहिन्छ, सबैभन्दा बढी भूमिका दलका नेतृत्वहरूको हुन्छ ।”

एक अर्को प्रसङ्गमा पूर्व राष्ट्रपति डा. यादवले नेपालको चुरे क्षेत्रको दोहनले तराई– मधेसमा समस्या बढेको बताउनुभयो । त्यसको असर सिङ्गो राष्ट्रमा परिरहेको उहाँको भनाइ छ । “चुरे क्षेत्रमा रहेका वन जङ्गल मासिएको छ, त्यहाँबाट निस्केका नदी नालाका ढुङ्गा, बालुवा, गिट्टीको अनियन्त्रित दोहन भइरहेको छ, यसले दूरगामी असर मुलुकलाई पार्ने देखिन्छ । सरकारले यसको संरक्षणमा ध्यान दिनुपर्छ” उहाँले सुझाव दिनुभयो ।

चुरे नष्ट भयो भने पुनः बनाउन सकिँदैन । यसको संरक्षणमै सबै लाग्नुपर्छ उहाँले थप्नुभयो, “चुरे क्षेत्र दोहन भएकै कारण तराईमा पानीको मूल सुकेको छ । अनावश्यक सित लहर चलेर मानिसको ज्यान गइरहेको छ । तराईमा समस्या बढ्दैगएको छ ।”

देशमा सडक सञ्जाल र सूचना प्रविधिमा राम्रो विकास भएको उहाँले बताउनुभयो । संविधान जारी भएपछि समावेशी व्यवस्था, धर्म निरपेक्षता, मौलिक हकजस्ता व्यवस्थाहरू सुनिश्चित भएको बताउँदै उहाँले भन्नुभयो, “नयाँ संविधानअनुरूप काम गर्न सकेमा मुलुक बन्छ, संविधान जारी भएको नौ वर्ष बित्दासमेत कानुनहरू निर्माण नहुँदा कार्यान्वयनमा समस्या छ ।”

तस्बिर इतिहासको साक्षी

गोरखापत्र परिसरमा प्रदर्शनका लागि राखिएको तस्बिर इतिहासको साक्षी भएको उहाँले बताउनुभयो । गोरखापत्र आफैमा एउटा नेपाली पत्रकारिताको इतिहास भएकाले यो पनि धेरै परिवर्तनको साक्षी भएको उहाँले चर्चा गर्नुभयो । इतिहासलाई नयाँ पुस्तासँग जोड्ने काम तस्बिरले गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सोअघि उहाँले प्रदर्शनमा राखिएका तस्बिरको गम्भीरतापूर्वक अवलोकन गर्नुभएको थियो । उहाँलाई तस्बिरबारे संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी र फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईँले जानकारी गराउनुभएको थियो ।

सो अवसरमा संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्र संस्थानको प्रकाशन र यसको संरचनाबारेमा डा. यादवलाई जानकारी गराउनुभएको थियो । संस्थान वित्तीय संरचनामा आत्मनिर्भर रहेको बताउँदै उहाँले सरकारी मिडियामध्ये सबैभन्दा कम सरकारबाट अनुदान लिने संस्था गोरखापत्र भएको उहाँले प्रष्ट पार्नुभयो ।

पूर्व राष्ट्रपति डा. यादवलाई अध्यक्ष सुवेदी तथा महाप्रबन्धक लालबहादुर ऐरीले मायाको चिनो स्वरूप गोरखापत्रको पहिलो अङ्क, परिवर्तित नेपाल पुस्तक तथा गोरखापत्र शैली पुस्तिका हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा संस्थानका महाप्रबन्धक ऐरी, सञ्चालक समितिका सदस्य राजु महत, प्रशासन निर्देशक भगीरथ बस्नेत, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया लगायतको सहभागिता थियो । गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्रीः

Previous Post

प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न सिद्वार्थ बैंकको क्रियाशिलता ।

Next Post

सापकोटाविरुद्धको रिटमा असार १२ गते निर्णय हुने

सम्बन्धितसमाचार

मुख्य समाचार

मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको सातौँ साधारण सभा सम्पन्न

२०८१ जेष्ठ २३, बुधबार २३:५३
44
मुख्य समाचार

निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १२ गाउँका ५ सय ४५ जना लाभान्वित

२०८१ जेष्ठ २३, बुधबार २३:५३
19
गतिविधि

गुरादेव मन्दिरको भव्य उद्घाटन, नमुना मन्दिरको रुपमा विकास

२०८१ जेष्ठ २३, बुधबार २३:५३
60
मुख्य समाचार

बिर्यानी र कवाफमा रंग प्रयोग गर्ने होटल सञ्चालकलाई ६ महिना कैद र १ लाख जरिवाना

२०८१ जेष्ठ २३, बुधबार २३:५३
34
गतिविधि

प्रहरी हाकिम होइन, जनताको सेवक हो: प्रधानमन्त्री ओली

२०८१ जेष्ठ २३, बुधबार २३:५३
20
गतिविधि

श्रीमतीलाई पोलिटब्युरबनाएका बामदेवले पाए तेस्रो बरियताक्रम

२०८१ जेष्ठ २३, बुधबार २३:५३
21
Next Post

सापकोटाविरुद्धको रिटमा असार १२ गते निर्णय हुने

टी-२० विश्वकपमा भारतको विजयी शुरुवात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

२०८१ जेष्ठ २३, बुधबार २३:५३
27

मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको सातौँ साधारण सभा सम्पन्न

२०८१ जेष्ठ २३, बुधबार २३:५३
44

निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १२ गाउँका ५ सय ४५ जना लाभान्वित

२०८१ जेष्ठ २३, बुधबार २३:५३
19

गुरादेव मन्दिरको भव्य उद्घाटन, नमुना मन्दिरको रुपमा विकास

२०८१ जेष्ठ २३, बुधबार २३:५३
60

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.