कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

स्तनपान गराउन कामकाजी महिलालाई समस्या

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ २३, बुधबार ११:३०
0
11
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

टिकापुर (कैलाली), जेठ २३ गते । कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरकी पवित्रा विष्टले छोरा र छोरीतर्फका १६ नातिनातिना हुर्काउनुभयो । खेतीपाती गर्ने उहाँको परिवारमा सुत्केरीलाई तीन महिना आराम गर्न मिल्छ ।

तीन महिनापछि खेतबारी जानुपर्छ । सुत्केरी खेतबारीमा गएपछि विष्टले सबै नातिनातिनालाई गाईभैँसीको दूध खुवाउनुभयो ।

“हामी खेतीपाती गर्ने परिवारका व्यक्ति, सुत्केरीलाई तीन महिना आराम गर्न पाइन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि खेतीपाती र घाँस दाउरा गर्न जानुपर्छ । त्यो समयमा शिशुलाई गाईभैँसीको दूध खुवाउने गरेका छौँ ।” यस्ता विभिन्न कारणले कैलालीका कतिपय आमाहरुले शिशुलाई पूर्ण स्तनपान गराउन पाउँदैनन् । कतिपय आमा भने स्तनपानको महत्व नै बुझ्दैनन् । नियमितरुपमा ६ महिनासम्म स्तनपान गराउन सकेमा शिशुको स्वास्थ्य राम्रो हुनुका साथै कुपोषण हुनबाट जोगाउन सकिन्छ । स्तनपान आमाहरुले चाहेर मात्र गराउन सम्भव छैन । कामकाजी आमालाई चाहेर पनि शिशुलाई नियमित स्तनपान गराउन समस्या छ ।

टीकापुरको एकता नगरकी गीता अधिकारी खत्रीका तीन सन्तान छन् । कम उमेरमै सन्तान जन्माएकी गीताले दुई छोरीलाई पूर्ण स्तनपान गराउनुभएन । छोरा जन्मिदा स्वास्थ्यकर्मीले स्तनपानको महत्वबारे सिकाएपछि भने राम्ररी स्याहारिरहेको उहाँ बताउनुहुन्छ । “दुई छोरीलाई समय मिलाएर दूध चुसाउन पाइनँ, आफूले पनि जानेको थिइन, घरायसी कामले पनि फुर्सद भएन’’, उहाँले भन्नुभयो, ‘‘तेस्रो सन्तान पाउँदा स्वास्थ्यकर्मीले स्तनपानको महत्वबारे सिकाउनुभयो । त्यसपछि विशेष ध्यान दिएर हुर्काइरहेकी छु ।’’

शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध चुसाउनुपर्छ । स्तनपान प्रत्येक नवजात शिशुको नैसर्गिक अधिकार हो । शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराइसक्नुपर्ने हुन्छ । शिशुको स्वास्थ्य र पोषणका लागि ६ महिनासम्म अनिवार्यरुपमा आमाको मात्र दूध खुवाउनुपर्छ । स्वास्थ्यकर्मीका अनुसार ६ महिनामुनिका शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पोषण आमाको दूधबाट प्राप्त हुने हुँदा उसलाई पानीसमेत खुवाउनुपर्दैन । शिशुलाई ६ महिना कटेपछि मात्र सर्वोत्तम पिठो, लिटो, जाउलो जस्ता अतिरिक्त खाना खुवाउँदै, दुई वर्ष नपुगुन्जेलसम्म स्तनपानलाई निरन्तरता दिनुपर्छ । तर हाम्रो समाजमा यी अभ्यास थोरैले गर्छन् ।

टिकापुर नगरपालिकाका कर्मचारी विन्द्रा उपाध्यायले दोस्रो शिशु हुर्काइरहनु भएको छ । सुत्केरी हुँदा उहाँले ९८ दिन सुत्केरी बिदा पाउनुभयो । कार्यालयमै स्तनपान कक्ष छ तर पनि उहाँले शिशुलाई चाहेजस्तै स्तनपान गराउन पाउनुभएन । ‘‘हामीलाई सुत्केरी बिदापछि कार्यालयमा फर्कदा पनि दुई-दुई घण्टामा स्तनपानको व्यवस्था छ, तर कार्यान्वयन गर्न गाह्रो छ’’, उपाध्यायले भन्नुभयो, ‘‘सेवाग्राही धेरै हुन्छन्, चाहेर पनि शिशुलाई स्तनपान गराउन सकिँदैन, कार्यकक्ष छोडेर गएमा गुनासो सम्बोधन गर्न गाह्रो हुन्छ । त्यसैले शिशुलाई पूर्ण स्तनपान गराउन सकिएन ।’’

कैलालीकै सुभद्रा विकको पाँच महिनाकी छोरी छिन् । घरमा गाईभैँसी पालेकाले सुभद्रालाई शिशु छोडेर घाँस काट्न जानुपर्छ । ‘‘कहिलेकाहीँ घाँस काटेर घर फर्कदा घण्टौँ बितिसक्छ, शिशु भोकाएर तड्पिन्छ’’, उहाँले भन्नुभयो, ‘‘त्यसैले पाँच महिनामै पास्नी गरिहाल्यौँ, अहिले सासूआमाले बाहिरी खानेकुरा खुवाएर भुलाउनुहुन्छ ।’’ आमाको दूध शिशुका लागि सबैभन्दा पोषिलो आहार हो । स्तनपान गराउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा फाइदा पुर्याउँछ । स्तनपान गराउने आमाहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरको खतरासमेत कम हुने चिकित्सक बताउँछन् ।

स्तनपानले आमा र शिशुको आत्मियतालाई प्रगाढ बनाउन सहयोग पुर्याउने भएकाले समय र काम व्यवस्थापन गरेर भए पनि शिशुलाई अनिवार्य स्तनपान गराउनुपर्ने टिकापुर नगरपालिकाका सिनियर अनमी हिमा ज्ञवाली बताउनुहुन्छ । “आमाको दूधमा शिशुको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि आवश्यक सम्पूर्ण तत्व पाइन्छ”, उहाँले भन्नुभयो, “स्तानपान वृद्धिदर बढाउन सरकारले मात्र काम गरेर पुग्दैन । परिवार, हरेक कार्यालय र समुदायले समेत सहज वातावरण बनाउनुपर्छ । कामकाजी आमाका लागि पनि कार्यस्थल सहज बनाउन आवश्यक छ ।” रासस

Previous Post

डालासमा नेपाली क्रिकेट समर्थकको उत्साह (फोटो फिचर)

Next Post

कर्णालीको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

सम्बन्धितसमाचार

गतिविधि

३४औँ विश्व मानसिक स्वास्थ्य दिवस विविध सिर्जनात्मक तथा सचेतनामूलक कार्यक्रमसहित सम्पन्न

२०८१ जेष्ठ २३, बुधबार ११:३०
83
मुख्य समाचार

निष्ठा, इमान्दारिता र अनुभव बोकेका लामिछाने क्यान्सर अस्पतालको अध्यक्षमा

२०८१ जेष्ठ २३, बुधबार ११:३०
151
गतिविधि

अब नरैनापुरमै करदाता सेवा

२०८१ जेष्ठ २३, बुधबार ११:३०
39
मुख्य समाचार

Ather Nepal ले कर्णालीमा उन्नत विद्युतीय मोबिलिटी विस्तार गर्दै सुर्खेतमा १६औँ Experience Center सञ्चालनमा ल्यायो

२०८१ जेष्ठ २३, बुधबार ११:३०
33
गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ जेष्ठ २३, बुधबार ११:३०
70
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ जेष्ठ २३, बुधबार ११:३०
124
Next Post

कर्णालीको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

कर्णालीको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

३४औँ विश्व मानसिक स्वास्थ्य दिवस विविध सिर्जनात्मक तथा सचेतनामूलक कार्यक्रमसहित सम्पन्न

२०८१ जेष्ठ २३, बुधबार ११:३०
83

अध्यक्ष भीमकान्त लामिछानेसहित सदस्यद्वय डा. मधु न्यौपाने र डा. सञ्जय पाण्डेले सम्हाले जिम्मेवारी

२०८१ जेष्ठ २३, बुधबार ११:३०
76

निष्ठा, इमान्दारिता र अनुभव बोकेका लामिछाने क्यान्सर अस्पतालको अध्यक्षमा

२०८१ जेष्ठ २३, बुधबार ११:३०
151

अब नरैनापुरमै करदाता सेवा

२०८१ जेष्ठ २३, बुधबार ११:३०
39

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.