कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

टी–२० मा सबै टोलीको हैसियत बराबर : कप्तान रोहित

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ १९, शनिबार ११:४१
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter
विश्वकपअघि अन्तिम तयारी गर्दै नेपाली टोली । तस्बिर : गोरखापत्र

अमेरिका (डालास), जेठ १९ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने बताउनुभएको छ ।

आइतबार देखि सुरु हुने आइसिसी टी–२० विश्वकप अघि बोल्दै कप्तान रोहितले टी–२० फरम्याटको क्रिकेटमा जुनकुनै टोलीले जित्ने र हराउने बराबर हैसियत राख्ने बताउनुभएको हो ।

‘‘विश्वकप खेल्नका लागि हामी उत्साहित छौँ । विश्वकपलाई सबै नेपालीले नजिकबाट हेरिरहनु भएको छ । हामी सुखद् नतिजा निकाल्न आतुर छौँ । विश्वकपमा सहभागी २० वटै टोली बलिया छन् । टी–२० क्रिकेटमा जसले जसलाई पनि हराउन सक्छ । हामीले सबैलाई समान हैसियतको रूपमा हेरेका छौँ,’’ रोहितले भन्नुभयो ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहलाई ‘ग्रुप अफ डेथ’ को रूपमा पनि लिइएको छ । समूहमा नेपालसँगै नेदरल्यान्ड्स, श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश रहेको छ । नेपाल र नेदरल्यान्ड्सबाहेक तीन देश टेस्ट मान्यता टोली हो ।

कप्तान रोहितले नेपाल टेस्ट टोलीलाई समेत हराउन सक्षम रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘टी–२० क्रिकेटमा एक दुई जना चल्यो भने काफी छ । तर, दिन कसको चल्छ भन्न सकिन्न । विश्वकपलाई लक्षित गरी हामीले धेरै तयारी गरेका छौँ । पछिल्लो एक महिना अमेरिका र वेस्ट इन्डिजमा केही खेल खेल्यौँ । यसले यहाँको मैदान र पिचको अवस्था बुझेका छौँ । अमेरिकासँगको खेल वर्षाका कारण रद्द हुँदा पिचको अथवा र एउटा खेलको थप एक्पोजर गुमायौँ ।

कप्तान रोहित पौडेल । फाइल तस्बिर

तरपनि हामीले आफूलाई प्रमाणित गर्ने बेला आएको छ । ब्याटिङ र बलिङमा सुधार भएको छ । यस विश्वकपलाई खेलाडीले मात्र होइन सबै नेपालीले कुरेर बसेको अवस्था छ । टोलीका सबै खेलाडीले मिहेनत गरेका छौँ । हामी टेस्ट टोलीलाई समेत हराएर अगाडि बढ्ने योजनामा छौँ ।’’

रोहितले नेपालले १० वर्षपछि विश्वकप खेल्न लागेकोले टोलीका रहेका सबै खेलाडीले आफूलाई बलियो टोलीको रूपमा उभ्याउने पनि बताउनुभयो ।

‘‘नेपाली टोली युवासँगै जोस र जाँगरले भरिएको छ । हामी सबै खेललाई महत्त्व दिएर खेल्नेछौँ । सबै खेलमा बलियो चुनौती दिनेछौँ । हामीले कसैलाई बलियो र कमजोर सोचेका छैनौँ,’’ रोहितले भन्नुभयो ।

एसोसिएटमा अब्बल, टेस्ट टोलीलाई हराउन अग्रसर

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले १० वर्षपछि विश्वकपमा फर्किएको नेपाली क्रिकेटले राम्रो नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

‘‘पछिल्लो समय हामीले जुन तयारी गरिरहेका छौँ । त्यसले हाम्रो मनोबल उच्च रहेको छ । सबै खेलाडी मानसिक र शारीरिक रूपमा तयार छन् । हामीले एक महिना अघिदेखि अमेरिका र वेस्ट इन्डिजमा तयारी गरेका छौँ । यहाँको पिच र वातावरण बुझेका छौँ । युवा खेलाडीमा जोस र जाँगर छ । क्यानडासँगको अभ्यास खेलबाहेक अन्य खेलमा नेपालको प्रदर्शन स्तरीय थियो । ब्याटिङ र बलिङमा व्यापक सुधार भएको छ ।

 

एउटा खेलमा राम्रो र अर्कोमा नराम्रो गर्दैमा टोलीलाई अवलम्बन गर्न मिल्दैन । औसत रूपमा हामी बलियो छौँ । बलिङ प्रशिक्षक रोड्रिक ओ’ इस्टविक आएपछि बलिङ पक्ष थप राम्रो बनेको छ,’’ मोन्टीले भन्नुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यही विश्वकपलाई लक्षित गरी वेस्ट इन्डिजका रोड्रिकलाई गत चैत २५ गते नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको थियो ।

प्रशिक्षक मोन्टीले नेपाली टोली एसोसिएटमा अब्बल रहेको बताउँदै अब टेस्ट टोलीलाई हराउन अग्रसर रहेको पनि बताउनुभयो ।  ‘‘नेपाली टोलीमा जोसले भरिएको खेलाडी छन् । सबैमा केही गरौँ भन्ने भावना छ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आफूलाई प्रमाणित गर्ने यो ठुलो अवसर हो । नेपाल जस्तो एसोसिएट देशका लागि विश्वकप पुग्नु नै उपलब्धि हो । मोन्टीले भन्नुभयो, ‘‘मलाई विश्वास छ, नेपाललाई यही टोलीले विश्वकपमा थप खुसी दिनेछ ।’’

विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड पियरे रङ्गशालामा जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ ।

२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

अमेरिका र वेस्ट इन्डिजमा सञ्चालन हुने विश्वकपको समूह ‘ए’ मा भारत, पाकिस्तान, क्यानडा, आयरल्यान्ड र अमेरिका रहेको छ। समूह ‘बी’ मा साबिक विजेता इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छ  । यस्तै समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, पपुवा न्युगिनी र युगान्डा रहेको छ ।

युवा टोली र कान्छा कप्तान 

यस विश्वकपमा सहभागी टोली मध्ये नेपाल खेलाडीको उमेरको हिसाबले युवा टोली हो । त्यसमाथि नेपालका कप्तान रोहित पौडेल सहभागी टोलीमध्ये सबैभन्दा कान्छा कप्तानको भूमिकामा रहनुभएको छ । २१ वर्षीय कप्तान रोहितले भने उमेरले कुनै प्रभाव नपार्ने बताउनुभयो ।

नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो । त्यतिवेलाको विश्वकपले नेपाली क्रिकेटको माहौल थप चुलिएको हो ।

सोही माहौलका कारण कप्तान रोहित क्रिकेट खेलमा होमिनु भएको थियो । टी–२० विश्वकपको महाकुम्भमा नेपाली टोली उहाँकै कप्तानीमा मैदान उत्रँदै छ ।

युवा कप्तान रोहितले आफ्ना लागि यस विश्वकप थप उपलब्धिमूलक बताउने अवसर रहेको समेत बताउनुभएको छ । उमेरमा कान्छो भएपनि रोहितले नेपालका लागि ४९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसक्नुभएको छ ।

सहभागी २० टोलीमा नेपाली खेलाडीको औसत उमेर २३.७ वर्ष रहेको छ । यस्तै यस विश्वकपमा पाका खेलाडीको रूपमा ओमान रहेको छ । ओमान औसत ३२.९ वर्षका खेलाडीको साथमा विश्वकप खेल्दैछ । यस्तै यस विश्वकपका पाका कप्तानको रूपमा भारतका रोहित शर्मा, क्यानडाका साद बिन जाफर र स्कटल्यान्डका रिची बेरिङटन रहनुभएको छ ।

तीनै जनाको उमेर ३७ वर्ष पुगेको छ । पाकामध्येका आभवी खेलाडी रोहितले सबभन्दा बढी एक सय ५१, बेरिङटनले ८५ र बिन जाफरले ३८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ ।

नेपालको दोस्रो घरेलु मैदान ग्रान्ड पियरे 

नेदरल्यान्ड्सविरुद्ध विश्वकपको डेब्यु खेल खेल्दा नेपालका लागि अर्को फाइदा भनेको डालासस्थित ग्रान्ड पियरे मैदान हो ।

टेक्सासको डालासमा रहेको यस मैदानलाई नेपालले आफ्नो कीर्तिपुरस्थित त्रिवि मैदान पछिको दोस्रो घरेलु मैदानको रूपमा हेरिएको छ । कीर्तिपुरमा जस्तै पियरे मैदानमा पनि हजारौँ सङ्ख्यामा समर्थकले नेपाली टोलीलाई साथ दिनेछन् ।

 

टेक्सासमा मात्र अहिले एक लाख ५० हजार सङ्ख्याको हाराहारीमा नेपाली बसोबास गर्दै आएका छन् । २० हजार क्षमता रहेको ग्रान्ड पियरे रङ्गशालामा नेपाल र नेदरल्यान्ड्सबीचको खेल हेर्न सम्पूर्ण टिकट बिक्री भइसकेको छ । जसमा ९० प्रतिशत टिकट नेपाली मूलका दर्शक र समर्थकले बुक गरिसकेका छन् ।

दर्शकको साथले प्रदर्शनमा थप ऊर्जा मिल्ने विश्वास लिएको नेपालका कप्तान रोहितले बताउनुभएको छ । ‘‘हाम्रो लागि त्रिवि पछिको दर्शक पाउने मैदान यही हो ।  समर्थकको साथमा खेल्दा हामीलाई थप ऊर्जा मिल्छ । यहाँपनि नेपाली समर्थकको साथमा उत्कृष्ट नतिजा निकाल्नेछौँ,’’ रोहित भन्नुहुन्छ ।

नेपालले अघिल्लो साता ह्युस्टनमा विश्वकपकै अभ्यास खेल खेल्दा पनि उल्लेख्य नेपाली समर्थकले साथ दिएका थिए ।

Previous Post

परामर्श गरेर ल्याएको भए राम्रो बजेट आउँथ्यो : अध्यक्ष ओली

Next Post

लागूऔषधसहित ६ जना पक्राउ

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ जेष्ठ १९, शनिबार ११:४१
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ जेष्ठ १९, शनिबार ११:४१
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ जेष्ठ १९, शनिबार ११:४१
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ जेष्ठ १९, शनिबार ११:४१
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ जेष्ठ १९, शनिबार ११:४१
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८१ जेष्ठ १९, शनिबार ११:४१
21
Next Post

लागूऔषधसहित ६ जना पक्राउ

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ जेष्ठ १९, शनिबार ११:४१
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ जेष्ठ १९, शनिबार ११:४१
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ जेष्ठ १९, शनिबार ११:४१
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ जेष्ठ १९, शनिबार ११:४१
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.