कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

चन्द्रमामा किन पठाइन्छ यान ?

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १३, शनिबार ०२:०८
0
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

सन् २०२४, जनवरी १९ का दिन जापानको मुन मिसन स्पाइनरले चन्द्रमामा एक यान अवतरण गराएको छ । जापानी स्पेस एजेन्सीका प्रमुख हिरोशी यामाकावाले यसलाई पुष्टि गर्नुभएको थियो । पृथ्वीबाट ३,८४,३९९ किमी टाढा रहेको पृथ्वीको उपग्रह चन्द्रमामा मानिस तथा यान पठाउने देशको सङ्ख्या अब पाँच पुगेको छ । चन्द्रमाको धरतीमा मानिस नै पठाउने पहिलो र अहिलेसम्मको अन्तिम देश अमेरिका हो । यान पठाउनेमा क्रमशः रुस, अमेरिका, चीन, भारतपछि जापान भएको छ ।

पहिलो पटक सन् १९६९ मा अपोलो मिसन अन्तर्गत निल आर्मस्ट्रङ र साथीहरू चन्द्रमामा पुग्दा जुन तहल्का, चर्चा, परिचर्चाका साथमा चन्द्रमामा मानव बस्ती सारिने बहस भएको थियो, पछिल्लो पटक भने भएको पाइँदैन । चन्द्रयान–३ प्रक्षेपणको समयमा भारतमा हर्षबढाइँ नै भएको थियो । आजको दिनमा चन्द्रमामा यान पठाउनु विश्वव्यापी चर्चाको विषय बन्दैन तर विश्वका देश यसमा लागिरहेका छन् । चीनले अहिलेसम्म तीन वटा यान चन्द्रमामा उतारी सकेको छ । अबको छ वर्षभित्र चीनले चन्द्रमामा मानिस नै उतार्ने लक्ष्य राखेको छ । सन् २०२६ भित्र अमेरिकाको नासा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आर्टेमिस मिसनबाट महिलासहित केही अन्तरिक्ष यात्री चन्द्रमामा उतार्ने लक्ष्यसहित जुटेको छ ।

चन्द्रमामा यान पठाउँदा लाग्ने खर्चभन्दा मानिस पठाउँदा लाग्ने खर्च दोब्बर नै हुन्छ किनकि मानव जीवनका लागि चाहिने सबै सुविधा पु-याउनु निर्जीव यान पठाउनुभन्दा ज्यादै चुनौतीपूर्ण कार्य हो । अहिलेसम्मको खर्चको अभिलेख हेर्दा भारतले सबैभन्दा कम खर्चमा चन्द्रयान–३ चन्द्रमामा पठाउन सकेको छ । कुन मिसनका लागि कति खर्च लाग्छ भनेर खोज्नुभन्दा कुन देशले कति यस क्षेत्रमा खर्च गर्छ भनी हेरिन्छ । सन् २०२३ मा प्रकाशित रिपोर्ट अनुसार भारतको चन्द्रयान अभियानको वार्षिक बजेट सात करोड ४० लाख डलर छ भने अमेरिकाको बजेट ९३ अर्ब डलर छ । यसरी हेर्दा अमेरिकाले सरदर स्पेस मिसनमा जिडिपीको ०.२८ प्रतिशत, रुसले ०.१५ प्रतिशत, फ्रान्सले ०.१२ प्रतिशत, जापानले ०.१ प्रतिशत, इटालीले ०.०७ प्रतिशत, जर्मनीले ०.०६ प्रतिशत, भारतले ०.०४ प्रतिशत र दक्षिण कोरियाले ०.०३ प्रतिशत र क्यानडाले ०.०१ प्रतिशत बजेट खर्च गरेको पाइएको छ ।

मानिस जिज्ञासु प्राणी हो । त्यसैले आफ्नो नजिकको उपग्रहमा के छ भनेर जान्ने, त्यहाँको फोटो खिच्ने, त्यहाँको वातावरणको विश्लेषण गर्ने जस्ता उद्देश्यहरू पक्कै पनि हुने नै भए । अपोलो–११ को लुनार अभियानमा नासाले प्रकाशित गरेका उद्देश्यहरू यस्ता थिए– मानिसलाई चन्द्रमामा उतार्नु, अन्तरिक्षको परीक्षण र नमुना परीक्षण, चन्द्रमाको आकस्मिक नमुना परीक्षण, नासाको तथ्याङ्क सङ्कलनको क्षमता मापन, चन्द्रमाको म्यापिङ गर्ने । यी बाहिर देखिने उद्देश्य हुन् । वास्तवमा देशहरूले चन्द्रमामा यान पठाउनुको कारण आफ्नो अर्थप्राविधिक क्षमता विश्वमाझ देखाउने अभिलाषा पनि हो । सामान्य गरिब देशले स्पेस अभियान चलाउन र सफल पार्न सक्दैन । त्यसैले विश्वमा आफ्नो प्राविधिक क्षमता देखाउन र जनताको आत्मबल बढाउनका लागि धनी देशबाट यस्ता अभियान चलाउने गरिन्छ । योभन्दा पनि अझ ठुलो आशा चन्द्रमामा उपलब्ध महँगा खनिज पदार्थ आदि भेटेमा ल्याएर आफ्नो देशको सम्पन्नता बढाउनेतर्फ पनि लालायित भएका हुन सक्छन् ।

यसै गरी दूरसञ्चारको क्षेत्रमा कुनै नयाँ कुरा पत्ता लगाउन अन्तरिक्षको प्रयोग गर्न सकिन्छ कि भन्ने विषय चन्द्रमा यात्राले राखेको हुन सक्छ । केबल दुई/चार वटा फोटो खिच्न, त्यहाँको सतही माटो उचालेर टाउकोमा लगाउनका लागि मात्र अर्बौं खर्चेर चन्द्रमामा यान पठाइन्छ भन्ने कुरा विश्वासयोग्य छैन । वास्तवमा यसले देशको छविलाई विश्वसामु उजागर गर्छ । आम जनतामा आत्मबल बढाएर अन्य काममा पनि शक्तिशाली बन्न सहयोग गर्छ भन्ने पनि उद्देश्य हो । कहिलेकाहीँ सत्तारूढ दलले आफूलाई चुनाव जित्ने हतियारको रूपमा चन्द्रमा यात्रालाई प्रयोग गर्ने गरेको पाइन्छ । चन्द्रमासम्मको मानव यात्रा र यान यात्राहरू विभिन्न कारणले महत्वपूर्ण अभियानका रूपमा रहेका छन् । वैज्ञानिकहरूलाई अन्य आकाशीय पिण्डको अध्ययन गर्नका लागि आधार पनि प्राप्त गर्न सकिन्छ कि भन्ने पनि रहेको छ ।

सन् १९५९ मा जब रुसको लुना यान चन्द्रमामा उत्रियो, त्यो समाचारले विश्वलाई आश्चर्यचकित बनायो । संयुक्त राज्य अमेरिकाको सरकारले त्यतिबेला आपत्कालीन बैठक बोलाएर व्यापक समीक्षा गरेको थियो । के कारणले रुस हामीभन्दा पहिला अन्तरिक्ष पुग्यो भन्ने बारेमा व्यापक छलफल भएको थियो । सम्भवतः हाम्रो शिक्षा प्रणाली कमजोर भएकोले हामी रुसभन्दा पछाडि भयौँ कि भनेर रातारात पाठ्यक्रम परिवर्तन गरेर अमेरिकाले नयाँ शिक्षाको सुरुवात गरेको थियो । आज देख्दा र सुन्दा त्यति आश्चर्य नलाग्ने यी चन्द्र अभियानहरू सुरुसुरुमा व्यापक चर्चाका विषय भएको थियो । सन् १९६१ मा रुसका युरी गागरिन भोस्तक अन्तरिक्ष यानमा चढेर अन्तरिक्ष गएको आठ वर्षपछि अमेरिकाले चन्द्रमामा मानिस नै पठायो । यसरी यो अभियान एकअर्काबिच मनोवैज्ञानिक रूपमा विजय प्राप्त गर्ने साधन पनि हुन गएको छ ।

यसरी गहिरिएर विश्लेषण गर्दा खर्बौं डलर खर्च गरेर वर्तमानमा र विगतमा चालिएका चन्द्र अभियानहरू राष्ट्रिय स्वाभिमान विकासका द्योतक हुन् । यसले देशको समग्र चुस्त दुरुस्तताका मापनको रूपमा पनि लिएको छ । कुनै पनि देश एक प्रयासमा चन्द्रमामा यान पठाउन सफल भएको उदाहरण छैन । अनेक प्रयास गर्दा पनि असफल बेहोरेर अन्तिममा सफल हुने गरेका उदाहरण पनि छन् । गरिब र साना देशले चन्द्र अभियानमा सफलता पाउन नसक्नुको पछाडि देश आर्थिक, वैज्ञानिक तथा प्राविधिक पछौटेपन हो । त्यसैले राष्ट्रलाई वैज्ञानिक रूपमा सफल राष्ट्रको रूपमा चिनाउनका लागि पनि देशहरू यस कार्यमा लागेका छन् । यसको पछिल्लो परीक्षा जापानले उत्तीर्ण गरेको छ । जापानले यसभन्दा अघि धेरै पटक अन्तरिक्ष बाहिर आफ्ना यान पठाउने असफल तथा सफल अभियान सञ्चालन गरेपछि मात्र अहिले चन्द्रमासम्मको आफ्नो अभियान पूरा गरेको हो ।

ऐतिहासिक रूपमा चन्द्रयान पठाउने प्रविधि निकै कठिन थियो । सम्भवतः कम्प्युटरको बढ्दो प्रयोगका कारणले केही सहज भएको त होला तर चन्द्रमा पुग्न हिजो रुस र अमेरिकाले जति प्रयास गरेका थिए, भारत र जापानले पनि त्यत्तिकै प्रयास र प्रयत्न गरेका छन् । खोज अनुसन्धानमा त्यत्तिकै मेहनत गरेका छन् किनकि एक देशले अर्को देशलाई यस्तो प्रविधि सहजै दिँदैनन् । सबै देशले फरक तरिकाले योजना बनाउनु पर्छ ।

यस्ता कार्यले तत्काल जनतालाई गाँस, बास, कपास दिन नसके पनि जनतामा आत्मसम्मान बढ्ने, सोचको दायरा बढ्ने भएकाले अन्तरिक्ष यानसँग सम्बन्धित अभियानहरू विश्वका देशहरूले जारी राखेका हुन् । कुनै कामले तत्काल लाभ दिन्छ भने कुनै कामले दीर्घकालीन रूपमा मानव मस्तिष्कलाई सचेत र सक्रिय बनाउन सहयोग गर्छ । त्यसैले यस्ता कार्य मानवले गर्दै आएका छन् ।

आखिर देशको नाम चम्काउन वा आफूलाई शक्तिशाली देखाउन एक देशले अर्को देशमाथि भौतिक आक्रमण गरेर नरसंहार गर्नुभन्दा यस्तै कार्य गर्नु उत्तम हुन्छ । जनताको आत्मबल बढाउन सक्नु राम्रै हो । चन्द्रयान र मङ्गल अभियानले ती देशलाई आर्थिक रूपमा तत्काल लाभ दिन नसके पनि जनताको स्वाभिमानमा अभिवृद्धि गराउँछ, गौरवान्वित बनाउँछ, अन्तर्राष्ट्रिय मञ्चमा देशको बार्गेनिङ क्षमतालाई बलियो बनाउँछ । त्यसैले यस्ता अभियानमा अर्बौं खर्च हुने गरेको छ ।

जमिनको पूर्वाधारलाई पूर्ण रूपमा बेवास्ता गरेर आकाशमा खर्च गर्न हुँदैन भन्ने तर्कलाई नकार्न सकिँदैन तर यस्ता सफल अभियानले सिधैँ जनतालाई लाभ नदिने भए पनि देशको सम्मानमा अभिवृद्धि गर्ने अब पक्का भएको छ । आगामी दिनमा मङ्गल, शुक्र, बृहस्पति ग्रहमा कुनै यान उत्रेमा आश्चर्य मान्नु पर्दैन किनकि मानिसले आश्चर्यजनक काम गर्न नसकेमा मानिस हुनुको के नै अर्थ रह्यो र ! यथास्थितिमा पशु पनि सजिलै बाँका छन्।

Previous Post

‘समुदायमा कांग्रेस’ अभियान आजदेखि

Next Post

किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १३, शनिबार ०२:०८
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १३, शनिबार ०२:०८
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १३, शनिबार ०२:०८
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १३, शनिबार ०२:०८
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १३, शनिबार ०२:०८
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १३, शनिबार ०२:०८
21
Next Post

किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल

सुप्रिमलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १३, शनिबार ०२:०८
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १३, शनिबार ०२:०८
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १३, शनिबार ०२:०८
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १३, शनिबार ०२:०८
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.