कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

सुप्रिमलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १३, शनिबार ०९:३०
0
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

१३ माघ, पोखरा । सानै उमेरमा गीत गाएर नाम चम्काएका सुप्रिम मल्ल ठकुरीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । सरुभक्त केन्द्रले सुप्रिमलाई ५० हजार रुपैयाँ नगद राशीसहित सम्मानपत्र प्रदान गर्ने भएको हो ।२०६९ सालसम्म ८ जना बालबालिका पुरस्कृत गरिसकेको केन्द्रले ११ वर्षपछि फेरि पुरस्कारलाई निरन्तरता दिन लागेको छ । अगामी माघ ७ गते पोखरामा एक समारोहकाबीच सुप्रिमलाई बालप्रतिभा पुरस्कार प्रदान गरिने केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए ।

सहित्यकार सरस्वती प्रतीक्षाको संयोजकत्वमा गठित ५ सदस्यीय प्रतिभा छनोट समितिले सुप्रिमको नाम सिफारिस गरेको हो । ५० हजार रुपैयाँ नगदसहित मल्ललाई पोखरामा सम्मान गरिने श्रेष्ठले जानकारी दिए ।

बलप्रतिभा पुरस्कार वितरणका लागि साहित्यकार सरुभक्तले बाबु गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मी श्रेष्ठको स्मृतिमा ११ लाख ५० हजार रुपैयाँको अक्षयकोष बनाएका छन् । त्यही अक्षयकोषमार्फत बालप्रतिभालाई पुरस्कृत गरिने सरुभक्त केन्द्रले जनाएको छ ।

१६ वर्षमुनिका प्रतिभावान बालबालिकालाई प्रदान गरिने पुरस्कार यसपटक सानै उमेरमा गायन क्षेत्रका प्रतिभा सुप्रिमलाई छनोट गरिको संयोजक सरस्वती प्रतीक्षाले जानकारी दिइन् ।

११ वर्षको उमेरमै गीत गाएर चर्चा बटुलेका सुप्रिमले अहिलेसम्म १९० वटा लोक–अधुनिक गीत गाइसकेका छन् । काठमाडौं महर्षि स्कुलमा कक्षा ६ मा अध्ययनरत उनी गायन सम्बन्धी रियालिटी सो ‘भ्वाइस अफ किड’ को पहिलो सिजनमा फस्ट रनरअप भएका छन् ।

उनले लोक तथा दोहोरी, आधुनिक, चलचित्र, बाल, देशभक्ति गीतसँगै देउडा, सालैजो, ठाडोभाका, गजल, पुर्वेली, लिम्बु, किराँती, मधेसी लगायतका भाषाभाषीका गीतमासमेत स्वर भरेका छन् ।

विभिन्न मेला–महोत्सव र कार्यक्रममा पनि सुप्रिमलाई भ्याइनभ्याइ हुने गरेको छ । विख्यात साहित्यकार सरुभक्तको सम्मानमा स्थापना गरिएको केन्द्रले सुरुमा पोखराकै कुमुदिनी होम्सको सहकार्यमा पुरस्कार प्रदान गर्न थालिएको थियो ।

यो पुरस्कार मूलतः साहित्य, कला, संगीत, खेलकुद, पर्वतारोहण, विज्ञान तथा प्रविधि, नृत्य, मौलिक आविष्कार लगायतका क्षेत्रमा विशिष्ट प्रतिभा देखाउने प्रतिभालाई पुरस्कृत गरिने परिकल्पना रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

२०५६ सालमा स्थापित राष्ट्रिय बालप्रतिभा पुरस्कारको अक्षयकोष १ लाख रहेकोमा हाल दश लाख पचास हजार थपेर ११ लाख पचास हजार बनाइएको हो । २०५७ सालदेखि २०६९ सालसम्म यो पुरस्कार निरन्तर प्रदान गरिँदै आएको थियो ।

यसअघि राष्ट्रिय बालप्रतिभा पुरस्कार २०५७ बाट पर्वतारोहण क्षेत्रकी तेम्बाछिरी शेर्पाले पाएका थिए । उनी १६ वर्ष मुनिका पुरुषतर्फ विश्वकै प्रथम कीर्तिमानी सगरमाथा आरोही हुन् ।

यस्तै २०५८ मा नृत्य क्षेत्रकी ज्योती थापा, २०६० मा गायनक्षेत्रकी ऋतु लामा, २०६१ मा कलाक्षेत्रकी शिखा कटुवाल, २०६२ मा कलाक्षेत्रकी करुणा गुरुङ, २०६४ मा खेलकुद क्षेत्रकी सिपोरा गुरुङ यस पुरस्कारबाट सम्मानित भएकी थिइन् ।

यस्तै २०६५ मा विज्ञान तथा प्रविधि क्षेत्रका कुशल केसी, २०६९ मा पर्वतारोहण क्षेत्रकी निमा छ्याङ्दी शेर्पा सो पुरस्कारबाट सम्मानित भएका थिए । निमा १६ वर्ष मुनिको महिला तर्फकी विश्वकै प्रथम कीर्तिमानी सगरमाथा आरोही हुन् ।

२०६९ सालपछि लामो समय स्थगित भएको राष्ट्रिय बालप्रतिभा पुरस्कार अबका दिनहरुमा सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारको नाममा वितरण गरिने अध्यक्ष श्रेष्ठले बताएका छन् ।

Previous Post

किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल

Next Post

 तारकेश्वरको सिरक डसना कारखामा आगलागी

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० माघ १३, शनिबार ०९:३०
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० माघ १३, शनिबार ०९:३०
59
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १३, शनिबार ०९:३०
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १३, शनिबार ०९:३०
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १३, शनिबार ०९:३०
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १३, शनिबार ०९:३०
25
Next Post

 तारकेश्वरको सिरक डसना कारखामा आगलागी

अध्यक्ष ओलीसँग सीपीसी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुनको शिष्टाचार भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० माघ १३, शनिबार ०९:३०
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० माघ १३, शनिबार ०९:३०
59

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १३, शनिबार ०९:३०
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १३, शनिबार ०९:३०
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.