कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

चिनियाँ टोली नआउँदा कलङ्की–महाराजगञ्ज सडक विस्तारको काम रोकियो

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १२, शुक्रबार १०:५१
0
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, माघ १२ गते । चक्रपथ विस्तार आयोजनाअन्तर्गत दोस्रो चरणको कलङ्की महाराजगञ्ज सडक विस्तारको काम सुरु हुन सकेको छैन ।

सडक विभागअन्तर्गतको काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर कृष्णनाथ ओझाका अनुसार चिनियाँ टोली अध्ययनका लागि नआउँदा थप काम सुरु हुन नसकेको हो ।

अहिले उक्त सडक खण्डको ‘साइट क्लियर’को काम भने सकिएको छ । तर चिनियाँ टोली आएर सडकको डिजाइन तयार गरेपछि मात्र काम सुरु हुने जनाउनुभयो ।

प्रमुख झाले भन्नुभयो, “चक्रपथ आयोजनाअन्तर्गतको दोस्रो खण्डको कलङ्की–महाराजगञ्ज अन्तर्गतको काम अहिले सुस्ताएको छ, काम खासै भएको छैन । साइट क्लियर भएको छ । तर चिनियाँ पक्ष नआएसम्म काम सुरु हुँदैन ।”

यसअघि चिनियाँ पक्ष साइट क्लियर नभएसम्म काम नथाल्ने जनाएको थियो । सोही अनुसार सडक विभागले सडक छेउछाउका बिजुलीका पोल, तार, ११ केभी भोल्टेज फिडर, ट्रान्समिटरहरु सारिसकिएको छ ।

चिनियाँ पक्षहरू आउने भन्ने अपुष्ट खबर आइरहेपनि कहिले आउने भन्ने यकिन भने नभएको इन्जिनियर ओझाको भनाइ छ ।

निर्माण कम्पनीको ढिलाइ

नेपाली पक्षले सडक किनारामा सर्भिस ट्रयाक निर्माण तथा ढल तथा पाइपको व्यवस्थापन गर्नुपर्ने हो । तर निर्माणको जिम्मा पाएको नेपाली निर्माण कम्पनीले सर्भिस लेन निर्माणमा ढिलाइ गरेको छ । काम गरेअनुसारको रकम उपलब्ध गराउन नसक्दा निर्माण कम्पनीले उक्त काम गर्न ढिलाइ गरिरहेको चक्रपथ सुधार आयोजनाका प्रमुख झाको भनाइ छ ।

उहाँले भन्नुभयो, “यस सडक खण्डको नेपाल पक्षले सडक किनाराका ढल तथा पाइप व्यवस्थापन गर्नुपर्ने हो । ठेकेदार कम्पनीलाई काम गरेबापतको रकम दिन सकिएको छैन । त्यसैले काम पनि खासै भएको छैन ।”

चालू आर्थिक वर्षको काम गरेबापतको रकम भुक्तानी गर्न नसकिएको जानकारी उहाँले दिनुभयो । सरकारले केही दिनअघि निकासा गरेको एक अर्ब ७० करोड रकममा पनि यो समावेश भएको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “सरकारले गत आर्थिक वर्षको बाँकी रहेको बक्यौता र यो वर्ष सिर्जना भएको दायित्व बापत भुक्तानीका लागि निकासा गरेको एक अर्ब ७० करोड रकममा यो समावेश भएन । त्यसैले रकम दिन सकिएको छैन ।”

स्वयम्भुअगाडिका बुद्धका मूर्ति के हुन्छन् ?

चक्रपथ विस्तारका क्रममा स्वम्भू अगाडिका बुद्धका मूर्तिलाई हटाउने कि यथास्थितिमा राख्ने भन्ने विषय अहिले जारी रहेको छ । काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रमुख झाका अनुसार चिनियाँ टोलीले अध्ययन गरेर डिजाइन तयार गरेपछि मात्र उक्त मूर्तिहरू के गर्ने भन्ने टुङ्गो लाग्नेछ ।

उहाँले भन्नुभयो, ‘‘चिनियाँ टोलीले आएर अध्ययन गरेर सडक विस्तारको डिजाइन तयार गरेपछि मात्र स्वयम्भू अगाडिका मूर्तिहरू के गर्ने भन्ने टुङ्गाइने लाग्नेछ ।”

उक्त क्षेत्रमा अण्डरपास गर्ने या आकाशे पुल वा सडकको बिचमा डिभाइडर बनाउने भन्ने डिजाइनपछि थाहा हुने उहाँ बताउनुहुन्छ ।

चक्रपथ कुल २७ किलोमिटर हो । यसमध्ये कोटेश्वर–कलङ्की सडक १०.३९ किलोमिटर चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले २०७० सालदेखि थालेको थियो । २०७३ माघसम्म विस्तार गर्ने लक्ष्य थियो । तर २०७२ सालको भूकम्प र भारतीय नाकाबन्दीका कारण निर्माण पर धकेलियो । २०७५ सालमा बल्ल सडक हस्तान्तरण भएको थियो । यो खण्डको विस्तार गर्न करिब पाँच अर्ब रुपियाँ लागेको थियो ।

Previous Post

ग्यास सिलिण्डर विष्फोट हुँदा घरमा क्षति

Next Post

हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धितसमाचार

मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० माघ १२, शुक्रबार १०:५१
86
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० माघ १२, शुक्रबार १०:५१
23
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ १२, शुक्रबार १०:५१
53
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ १२, शुक्रबार १०:५१
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ १२, शुक्रबार १०:५१
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ १२, शुक्रबार १०:५१
41
Next Post

हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश सरकारको विपद् व्यवस्थापनतर्फ सुधारात्मक काम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० माघ १२, शुक्रबार १०:५१
86

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० माघ १२, शुक्रबार १०:५१
23

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ १२, शुक्रबार १०:५१
53

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ १२, शुक्रबार १०:५१
25

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.