कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य जीवनशैली

विपदको बेला सहयोगको लागि एकजुट हौँ ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८० कार्तिक २७, सोमबार ०७:५०
0
32
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

मोबाइलमा आलर्म राखिएको हुदाँ ६ बजेको संकेत गर्दै धुन बज्यो । त्यस लगत्तै निन्द्रा खुल्यो । झ्यालको एउटा पल्ला खुल्लै राखिएको भएर अलि अलि हल्का चिसो भित्र आईरहेको रहेछ । छेउमा रहेको पातलो बल्याङ्केट आफु तिर तानेर ओढेँ ।

एकछिनमा मोबाइलमा फोनको घण्टी बज्यो । साथिको फोन रहेछ । “बाबाको पाखुरी र बलले बनाएको एउटा इतिहास जहाँ हामी २ भाई, ७ दिदीहरु र १ बहिनीको पखेटा पलाए । हाम्रो थुप्रै माया, आत्मीयता र जीवनको झण्डै २ दशकको लामो यादहरु जोडिएका थिए ।

सबै सक्किए । २० बर्षे पुरानो इतिहास २०८० सालको भुकम्पसँगै अन्त्य भएको छ । प्रकृति सँग केही गर्ने नसकिदो रहेछ । यस्तै रैछ प्रकृतिको लिला ।” ऊ भन्दै थियोे । एक छिनको वार्तालाप पछि फेरी फोन सम्पर्क गर्ने गरी छुट्टियाँै हामीहरु ।

तर मनमा अनायासैँ कुराहरु भने खेलिरहे । जाजरकोटा स्थायी घर भएको उसको परिवार पनि मिति २०८० कार्तिक १७ गते शुक्रबार राति ११ः ४७ बजे जाजरकोटको बारेकोट गा.पा.–१ रामिडाँडा केन्द्रबिन्दु भई आएको ६.४ रेक्टर स्केलको भुकम्पबाट प्रभावित भएको छ । सुखदुःख गाउँघरमा मेलापात गरी जिविकोपार्जन गर्ने उसको परिवारलाई भुकम्पले पारेको क्षतिले भएको असह्य पिडा महसुस गरिरहेको थिए म । विश्वका अन्य देशहरुको तुलनामा जमिनमुनिको प्रकोप अथवा भुकम्पीय जोखिमका दृष्टिकोणबाट नेपाल ११ औं जोखिमयुक्त क्षेत्रमा पर्दछ

। १९९० साल माघ २ गते गएको विनाशकारी भुकम्पको सम्झनामा माघ २ गते राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइँदै आइरहेको पनि छ । २०७२ वैशाख १२ गते गएको महाभूकम्पले पारेको असर कहालीलाग्दो देखिदा पुनः अर्काे विपत्ति थपिएको छ ।

विभिन्न काल खण्डमा बहुप्रकोपीय जोखिमहरु सामान गरेर पुन आफ्नो लयमा फर्किएको मेरो देश आज पुन भुकम्पीय प्रकोपमा परेको छ । भुकम्पबाट १५३ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । मृतक मध्ये ८३ जना महिला र ७० जना पुरुष रहेका छन् । जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भुकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।

प्रभावित क्षेत्रमा हाल राहत वितरण र पुनस्र्थापनाको काम जारी छ । भैगोलिक विकटता, गरिब बस्तीहरु, अवसर लगभग शुन्यता रहेको भुगोल । जिवोकोपार्जन र जिवनयापनको लागि पनि कष्टकर स्थान । त्यसै माथि प्राकृतिक विपत्तिले पारेको असर, सुन्दा र टेलिभिजनमा हेरिरहँदा मन भारी हुने, आखाँमा आसु नरसाउने सायदै कोही होलान् । लाथ्यो कुनै दैविक वा अद्भुत शक्ति आफुमा भएको भए सबै राम्रो बनाईदिदो हुँ । देशको अवस्था सम्झिए । देशको हालत सम्झिए । भुकम्प प्रभावितहरुको कष्टपुर्ण अवस्था सम्झिए ।

अल्पकालमा मृत्युवरण गरेका सदस्यहरु गुमाउदाको कैयौँ परिवारको छटपटि र चित्कार असह्य छ । कत्तिका परिवारिक खुशीहरु ओइलाएका छन् । कत्तिका व्यक्त गर्ने नसकेका ति मनका भावहरु, बेचैनीहरु आफु भित्रै कुण्ठित छन् । भुकम्पले मानवीय र भैतिक अतुलनीय क्षति सँगै कयौँ आफ्नोपनहरु, स्मरणहरु, खुशीहरु, सपनाहरु, भावहरु समेत विध्वंस बनाएको छ ।

जाडो दिनदिनै बढिरहेकोे छ । जाडोमा चिसोको सिरेटो खाँदै खुल्ला आकाश र चिसो भुईमा भोकभोकै वा अल्पभोजनमा रात बिताउन विवश बिरामी सुत्केरी, वुद्धवुद्धा, बालबालिकाको चीत्कार र कहर निकै कहालीलाग्दो देखिन्छ । देशको वर्तमान अवस्था आर्थिक देखि विविध कारणले नाजुक रहेको कुरामा शायद कसैको पनि विमति नहोला । बारम्बारको भुकम्पले नेपाल भुकम्पीय जोखिममा रहेको अनुमान सहजै लगाउन सकिन्छ ।

त्यस्तै नेपालले विगत तीन दशकयता थुप्रै चरम प्राकृतिक प्रकोपका घटनाहरु भोगेको छ । विपत्ति भनेर आउने पनि होइन तर हाम्रो निति, नियमहरु, योजना र कार्यान्वयनका कुराहरु, पुर्व योजनाका कुराहरु विपत व्यवस्थापन केन्द्रित किन हुन नसकेका प्रश्न आफैले आफुसँग सोधिरहन्छ । विपदको यस दुखद् क्षणमा राज्य, दलहरु र समाजका सम्पुर्ण अंगहरु बिना आग्रह पीडित केन्द्रित हुन जरुरी छ । वित्तिय स्रोतको अभावको नाममा पीडित जनताले पाउनुपर्ने राहत र उद्धारमा कुनै अलमल नहोस ।

नेपालले हरेक वर्ष भोग्दै आएका भुकम्प जस्तै प्राकृतिक प्रकोप र विपत् व्यवस्थापनका लागि आवश्यक उद्धार र राहत सामाग्रीको जोहो तथा भण्डारण अपरिहार्य छ । नेपालका लागि भुकम्प स्थायी जोखिम रहेकाले यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्ने स्थायी रणनीति नेपालको राष्ट्रिय जरुरत हो । क्षतिग्रस्त क्षेत्रको एकीकृत कार्ययोजना बनाएर काम गर्नुपर्ने र दीर्घकालीन बसोबासका लागि सरकारले दिने आर्थिक राहतको टुङ्गो लगाउनु पर्ने देखिन्छ । विपद् व्यवस्थापन देखि जोखिम न्यूनीकरणसम्ममा सरकारले केन्द्रीय तहबाट अनुसन्धान अघि बढाउनु पर्ने महत्वपुर्ण भएको छ ।

भुकम्पबारे पर्याप्त जानकारी नहुदाँ नेपालमा बढि क्षति हुने गरेको जानकार बताउछन् । कमजोर भैतिक संरचना, अव्यस्थित बस्ती, निर्माण संहिता विपरीतका भवन लगायतका कारणले जोखिम बढाउँदै लगेको देखिन्छ । प्रकोपको घटना घटिसकेपछि मात्र राहत र उद्धारमा केन्द्रित हुनु, विपत व्यवस्थापनका लागि आवश्यक पर्याप्त स्रोत, साधन, जनशक्ति र संस्थागत संरचनाको व्यवस्था गर्न नसक्नु, विपत व्यवस्थापनमा जोखिम न्यूनीकरणलाई भन्दा विपत प्रतिकार्यलाई बढी जोड दिनु हाम्रा कमजोरीहरु हुन् । जोखिम व्यवस्थापनका लागि स्रोत साधनको कमी, दुर्गम र कठिन भौगोलिक अवस्था, भौतिक पुर्वाधारको कमी, विपद् जोखिम न्यूनीकरणमा पर्याप्त प्रचार–प्रसार, जनचेतनाको कमी हुनु, आधुनिक प्रविधि, उपकरण र यन्त्रको अभाव, योग्य र तालिम प्राप्त सम्बन्धित व्यक्तिको कमी, अव्यवस्थित बस्तीहरु, विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सवै निकायहरुका बिच समन्वयको कमी, काम र जिम्मेवारीको उचित बाँडफाँड हुन नसक्नु, पर्याप्त बजेटको अभाव हुनु, विपद्को पूर्व सूचनामा आधुनिक प्रविधिको प्रयोग हुन नसक्नु जस्ता समस्याहरु देखिएका छन् । विपदबाट हुने मानवीय, आर्थिक सामाजिक, प्राकृतिक क्षतिलाई न्यूनतम गर्न हाम्रो सामु मुख्य चुनौती रहेको छ । विपद्को समयमा उद्धार तथा तत्काल व्यवस्थापन कार्यमा सहयोग पुर्याेउनु मानवीय धर्म पनि हो ।

मुलक, जनता र देशको संवदेनशीलता प्रति जिम्मेवार बन्न हामी हर कोही असल नागरिक हुन अहिलेको विषम परिस्थितिमा महत्वपुर्ण छ । आउनुस सबै जना मिलेर नेपालको विकास कुरिरहेको क्षेत्रमा परेको विपदको सामना गरौँ । सहयोग गरौँ । एकमुस्ट रुपमा पालिका स्तरबाट अत्यावश्यक वस्तु सहितको सेवा र सहयोग गरौँ । आपतकालीन प्रतिक्रियात्मक कार्यमा सम्पुर्ण अत्यावश्यक निरन्तर सेवा प्रवाह भई नै रहेको छ । अप्रिय घटनाले पोलेको मेरो देशलाई कर्म क्षेत्रमा निस्वार्थ सरिक धेरै जनाको कर्मले मलम लगाएको छ । यस विपतको दुखद् घडीमा सम्पुर्ण नेपालीहरु एक भएर उद्धार, पुनस्र्थापना र सहयोग गर्ने सके भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जस्ता भेगका मानव विकास सूचकांकमा एकदमै विपन्न देखिएका जनता माथि न्याय हुनेछ । मानवीय र अन्य क्षति प्रति दुख व्यक्त गर्दछु ।

विपद्को यस घडिमा सत्कर्म र सहयोगार्थ तन मन धनले खटिरहनु भएका सम्पुर्णमा समाजसेवी मनहरुमा उच्च सम्मान छ साथै विपतको बेला सहयोगका लागि सबै एकजुट हौँ ।

“समाप्त”

Previous Post

कर्णाली युवा परिषद्को संयोजकमा प्रकाश काफ्ले निर्वाचित

Next Post

पच्चिसघरमा हाम्रो नेपाली मिठो अचार

सम्बन्धितसमाचार

मुख्य समाचार

डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श

२०८० कार्तिक २७, सोमबार ०७:५०
17
मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० कार्तिक २७, सोमबार ०७:५०
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० कार्तिक २७, सोमबार ०७:५०
59
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० कार्तिक २७, सोमबार ०७:५०
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० कार्तिक २७, सोमबार ०७:५०
164
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० कार्तिक २७, सोमबार ०७:५०
22
Next Post

पच्चिसघरमा हाम्रो नेपाली मिठो अचार

हुलाकी सडक अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श

२०८० कार्तिक २७, सोमबार ०७:५०
17

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० कार्तिक २७, सोमबार ०७:५०
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० कार्तिक २७, सोमबार ०७:५०
59

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० कार्तिक २७, सोमबार ०७:५०
28

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.