बाँके– प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशी ‘नेपाल प्रताव सुभुषण’बाट पुरस्कृत भएका छन् ।
नेपाल प्रहरीमा उत्कृष्ट कार्य सम्पादन गर्दै आएका जोशीलाई प्रहरी दिवसको अवसरमा नेपाल सरकारले उक्त पुरस्कार प्रदान गरेको हो
जोशीलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी दिवसको अवसरमा पुरस्कार प्राप्त गरे ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत जोशीले नेपाल राष्ट्रको गौरव एवम् नेपाली जनताको हित अभिवृद्धि उल्लेखनीय योगदान गरेका कारण नेपाल प्रताप सुभूषणबाट पुरस्कृत गरिएको हो ।
प्रहरी दिवसको अवसरमा हरेक वर्ष नेपाल प्रहरीले आफनो कार्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई पुरस्कृत गर्दै आएको छ । सोहि दिवसको अवसरमा कार्य सम्पादनको मुल्याङकन गर्दै जोशीलाई पुरस्कृत गरिएको हो ।