नेपालगन्ज । बाँकेकाे राप्ती सोनारी गाउँपालिकास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा शंकाष्पद खाडल देखा परेकाे छ ।
राप्ती साेनारी गाउँपालिका– ९ ढकेरीबाट दुई किलोमिटर पूर्व राजमार्गमा एक्कासि ठूलाे खाडल परेकाे हाे ।
राजमार्गमा एक्कासि कसरी खाडल पर्याे भन्नेबारे साेधखाेज भइरहेकाे बाँके प्रहरीले जनाएकाे छ ।
‘बम पड्केर परेको खाडल हो कि ? कि कसैले कतै कालो धन खोज्ने चक्करमा सडक खनेकाे हाे’, स्थानीय हेमन्त चाैधरीले प्रश्न गरेका छन् ।