नेपालगन्ज– भारतीय सदगुरु जग्गीबासुदेव कैलाश मानसरोवर दर्शन गर्न बुधवार हुम्ला जाँदै छन् । उनी काठमाण्डौंबाट चार्टड बिमानबाट मध्यान्ह १२ बजे नेपालगन्ज ओर्लिएका छन् भने हुम्ला हुँदै कैलाश दर्शन गर्न जाने छन् ।
गत वर्ष पनि हुम्लाको लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न उनी पोखराबाट सिमकोट पुगेका थिए । कैलाशमान सरोवर दर्शन गर्न विभिन्न देशका नागरिक हुम्ला पुग्ने गरेका छन् ।