नेपालगन्ज÷ बाँकेका घरेलु उद्योगमा आर्थिक संकटको प्रत्यक्ष असर देखिएको छ ।
भएकै उद्योग संचालन धौधौ परिरहेका बेला बा“केमा नयाँ उद्योग दर्ता घटेको हो । घरेलु तथा सानाउद्योग कार्यालय बाँकेका अनुसार, आर्थिक वर्ष २०७८÷७९ मा एक हजार ७ सय १२ वटा उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७९÷०८० मा ८ सय ७६ उद्योग मात्रै दर्ता भए । दर्ता भएकै मध्ये कति उद्योग संचालन हुँदैनन् ।
कार्यालयका प्रमुख रमेशबहादुर बुढाथोकीले बिगतको वर्षको तुलनामा घरेलु उद्योग दर्ता ह्वात्तै घटेको बताए ।
घरेलु तथा सानाउद्योग व्यवसायीमहासंघ बाँकेका महासचिव जिआर भुषालले आर्थिक संकट, घरेलु उद्योगप्रति अस्पष्ट नीति र युवाहरुको बिदेश पलायनका कारण उद्योग दर्तामा कमी आएको बताउँछन् ।
उनी भन्छन्,–‘कोभिडले घरेलु उद्योग धरर्मराएको थियो भने अहिले ठप्पै बनाएको छ । यो अवस्थाचालु आवमाअझ घट्ने मेरो अनुमान छ । अर्थतन्त्रको खम्बा समेत मानिनेक्षेत्रलाई प्रोत्साहनगर्ने काम कहिँकतैबाट भएन ।’
महासचिव भुषालले सरकारबाट तर्फबाट घरेलु तथा साना उद्योगको संरक्षण गर्न नसकेको कारण लगानी धराशायीहुने खतरासमेत बढेर गएको चिन्ताव्यक्त गरेका छन् । खुला सिमानाको कारण सीमापारीको बजारबाट अनाधिकृत रुपमा भित्रिने विभिन्न सामानहरुको कारण नेपाली उद्योग सुक्दै गएको, लगानी सुरक्षित नभएको जस्ता गुनासाहरु उद्योगीहरुबाट आएको थियो ।
नेपाल घरेलु तथा सानाउद्योग महासंघका अध्यक्ष मधु खड्काले भनिन्–‘ सरकारले यो क्षेत्रलाई बलियो बनाउन चासो दिनुपर्छ ।’ महासंघ बाँके महासचिव भुषालले बांकेका घरेलु तथा सानाउद्योगले उर्जा,सुरक्षा, राजनीतिकअस्थिरता र बजारीकरणको समस्या झेलिरहेको बताए । उनले भने–‘भारतसंग सीमा जोडिएको जिल्ला भएकाकारण हाम्रो उत्पादनले अन्यउत्पादनसंग प्रतिस्पर्धा गर्न सकेको छैन् ।’