कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य उर्जा / कृषि

ढुंगाको अभाव भएपछि राप्ती नदीमा तटबन्ध निर्माणको काम रोकियो ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २४, बुधबार १२:२६
0
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

बाँके– ढुंगाको अभाव भएपछि राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडियास्थित राप्ती नदीमा तटबन्ध निर्माणको काम रोकिएको छ ।

जनताको तटबन्ध कार्यालय लमहीमार्फत असार दोस्रो साताबाट थालिएको काम ढुंगा अभावमा बीचमै रोकिएको हो ।

नदी नियन्त्रणका लागि संघीय सरकारबाट असारको दोस्रो साता दुई करोड रूपैयाँ प्राप्त भएको थियो । सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना)का अनुसार तत्कालै अति जोखिममा रहेका राप्तीसोनारी–२ को कचनापुर र खल्ला झगडियामा तटबन्ध निर्माण थालिएको थियो ।

खल्ला झगडियामा तटबन्ध निर्माणको क्रममा ढुंगाको अभाव भएपछि काम बीचमै रोकिएको उनले बताइन् । ‘कचनापुरमा तटबन्धको काम लगभग सम्पन्न भइसकेको छ ।

खल्ला झगडिया करिब २५÷३० प्रतिशत काम मात्रै हुनसक्यो,’ सांसद नमुनाले भनिन्, ‘त्यहाँ सबै काम हुन नसकेपछि आएको बजेट अन्य पुराना योजनामा खर्च भयो ।’ खल्ला झगडियामा पूरा काम नभएपछि बचेको रकम यसअघि नै सम्पन्न भइसकेको तटबन्धको कामको भुक्तानी दिनमा खर्च गरिएको जनताको तटबन्ध कार्यालयका प्रमुख धर्मकुमार न्यौपानेले जानकारी दिए ।
‘ढुंगाको अभावले तटबन्धको काम ३० प्रतिशतमात्रै हुन सक्यो । बचेको रकम सोनबर्षामा तटबन्ध निर्माण गर्दा भुक्तानी गर्न बाँकी थियो ।

त्यहीका ठेकेदारलाई दियौं,’ उनले भने, ‘कार्यालयको दायित्व केही भए पनि कम भयो ।’ उनका अनुसार दुई करोडमध्ये बचेको सबै रकम पहिलेको दायित्व तिर्नलाई खर्च गरिएको जानकारी दिए । ‘नदी नियन्त्रणका लागि आर्थिक वर्ष अन्त्यतिर आएको बजेट सकेजति खर्च गर्नेगरी काम गरेका थियौं,’ कार्यालय प्रमुख न्यौपानेले भने, ‘खर्च हुन नसकेको बजेट यसअघि भएका कामको भुक्तानी दिनमा खर्च भयो ।

तिर्नुपर्ने दायित्व कम भयो पहिलोपटक ‘विग वोल्डर’ प्रयोग गरेर राप्ती नदीले कटान गरेका क्षेत्रमा तटबन्ध निर्माण थालिएकोले ढुंगाको समस्या देखिएको उनले बताए । ‘मैले कर्णाली नदीमा समेत कटान रोक्न विग वोल्डर प्रयोग गरेर तटबन्ध गरेको थिएँ,’ उनले मिसन टुडेसँग भने, ‘यसपटक राप्तीमा समेत प्रयोग गरिएको थियो । कचनापुरमा गरिए पनि खल्ला झगडियामा ढुंगा अभावमा काम सम्पन्न हुन सकेन ।’

वडा नम्बर ७ का अध्यक्ष रामलखन थारूले ढुंगा अभावमा थोरै तटबन्ध भए पनि कटान रोक्नमा धेरै सघाउ पुगेको बताए । ‘ढिला बजेट प्राप्त भएका कारण ढुंगा अभाव हुँदा सबै काम हुन सकेन,’ उनले मिसन टुडेसँग भने, ‘कटान भइरहेको स्थानमा थोरै भए पनि काम हुँदा कटान भने रोकिएको छ ।’

कचनापुरमा भने विग वोल्डरको प्रयोग गरेर तीन सय ५० मिटरभन्दा बढी तटबन्ध निर्माण भइसकेको उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्र ओलीले जानकारी दिए । उनका अनुसार तटबन्धको निर्माणको लागि दुई सय ३५ टिप्परभन्दा बढी विग वोल्डर र चार हजारभन्दा बढी जियो ब्यागमा ग्रावेल हालेर प्रयोग गरिएको छ । ‘तीन लाख रूपैयाँ बराबरको उपभोक्ता श्रमदानसहित ७४ लाखमा तटबन्ध निर्माणको लागि सम्झौता भएको थियो,’ समितिका अध्यक्ष ओलीले भने, ‘करिब साढे तीन सय मिटरभन्दा तटबन्ध निर्माणको काम करिब सम्पन्न गरिसकेका छौं ।’

विग वोल्डरको प्रयोग गरेर तटबन्ध निर्माण गर्नुपर्ने भएकोले ढुंगाको ठूलो समस्या बेहोर्नुपरेको उनले बताए । तटबन्ध निर्माण भएपछि मंगलबार र त्यसअघि समेत आएको ठूलो बाढीले कटान गर्न नपाएको उनी बताउँछन् । नदीको ८÷१० फुट गहिराईबाट नै विग वोल्डर हालेर तटबन्ध निर्माण गरिएको छ ।

‘नदीको गहिराईबाट नै विग वोल्डर हालेर तटबन्ध बनाएका कारण दुईपटक ठूलो बाढी आउन कटान गर्न पाएन,’ अध्यक्ष ओलीले भने, ‘यहाँ तटबन्ध बनाएपछि गाउँ र खेतीयोग्य जमिन त जोगियो । अन्य स्थानबाट नदीले कटान गर्न थालिसक्यो ।’ उपभोक्ता समितिले राप्तीसोनारी गाउँपालिकालाई ढुंगावापत नौ लाख बढी राजस्व तिरेको छ ।

Previous Post

पुराना शहर अस्ताए,नयाँ  उदाउदै

Next Post

बाँके रियल स्टेटकाे ‘हटस्पट’ बन्दै

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २४, बुधबार १२:२६
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २४, बुधबार १२:२६
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २४, बुधबार १२:२६
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २४, बुधबार १२:२६
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० श्रावण २४, बुधबार १२:२६
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० श्रावण २४, बुधबार १२:२६
19
Next Post

बाँके रियल स्टेटकाे ‘हटस्पट’ बन्दै

संघकाे निर्वाचनका लागि उम्मेदवारकाे अन्तिम नामावली सार्बजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २४, बुधबार १२:२६
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २४, बुधबार १२:२६
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २४, बुधबार १२:२६
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २४, बुधबार १२:२६
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.