नेपालगन्ज – बालबालिकामा आँखाकाे संक्रमण बढ्दै गएपछि प्याब्सन नेपालगन्ज नगर समितिले चारदिन विद्यालय आजबाट बन्द गर्ने निर्णय गरेको छ ।
फाइल फोटो
बालबालिकामा दिनप्रतिदिन आँखामा समस्या बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलताका कारण विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याब्सन नगर सचिव मानबहादुर थापाले बताए । उनका अनुसार शुक्रबारसम्म बिदा छ भने अब आइतबारदेखि विद्यालय संचालन हुने छ । प्याब्सनले बिदाका अवधिमा पनि बालबालिकालाई आँखाकाे समस्या हुने भएकाले सावधानी अपनाउन भन्दै आँखाकाे समस्याबाट बच्ने उपाय लेखिएको पर्चा वितरण गरेकाे छ ।