कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

क्रिकेट खेल्दाखेल्दै डाक्टर बनेका निरज जो साहित्यमा पनि पोख्त छन् ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ फाल्गुन २१, आईतवार ०५:०८
0
25
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

अन्शु खनाल– डा निरज भट्टराई सधैंझैँ नियमित रुपमा बिरामी हेरिरहेका थिए। त्यो दिन अछामबाट ९० वर्षीया सानु बोहोरा (नाम परिवर्तन) खुट्टामा रगत जमेर अस्पताल आइपुगिन्।

‘मेरो खुट्टामा रगत जमेको छ, खुट्टा काट्दिनुपर्यो , मलाई बाँच्ने रहर छ,’ सानुले निरजलाई आफ्नो खुट्टा देखाउँदै भनिन्। निरजले उनका खुट्टा हेरे। खुट्टाको रगत नलीमा बग्नुपर्ने रगत जमेको थियो। यस्तो अवस्थामा रगत जमेको ६ घण्टाभित्र अप्रेसन गरिसक्नुपर्ने हुन्छ। तर सानु १४ दिनपछि मात्रै अस्पताल पुगेकी थिइन्।

निरजले जोखिम लिएरै अप्रेसन गर्ने निधो गरे। तर अप्रेसनको लागि चाहिने सामान किन्ने पैसा बिरामीको परिवारसँग थिएन्। उनले भारतबाट आफैं सामान मगाए र सानुको अप्रेसन गरे। अप्रेसन गरेको केही दिनमा सानु हिँडेरै अस्पतालको तीन तलामाथि पुगिन्। निरजलाई अँगालो मरिन् र आशिर्वाद दिइन्। ‘जिन्दगीभरि बाबुको प्रगति होस्, छोरा-नातिको दिनसम्म बाबुको अस्पताल चलोस्, भगवान, मेरो भगवान्,’ निरजले सामाजिक सञ्जालमा राखेको भिडियोमा सानुले बोलेको देखिन्छ।

डा निरज बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत एक मात्र कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन हुन्।

तनहुँ घर भएका निरजको जन्म चितवनमा भयो। बुवा सरकारी जागिरे थिए। बुवाको जागिरको सिलसिलामा उनी घुमीघुमी हुर्किन पाए। बाल्यकालको धेरै समय चितवन र काठमाडौँमा बित्यो।

२०६० सालमा काठामाडौंको होलिल्याण्ड स्कुलबाट एसएलसी उत्तीर्ण गरेका उनले प्लस टुको पढाइ निस्ट कलेजबाट गरे। त्यसपछि नेपाल मेडिकल कलेजबाट एमबीबीएसको २०६९ सालमा उत्तीर्ण गरे। एमबीबीएस पढिसकेपछि सन् २०१४ मा उनले बंगलादेशको बंगबन्धु शेष मुजिबर रहमान मेडिकल युनिभर्सिटीबाट कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरीको पढाइ गरे। बंगलादेशमै उनले पब्लिक हेल्थमा एपिडिमियोलोजी मेजर गरेर मास्टर्स पनि गरे।

सन् २०१९ मा नेपाल फर्किएपछि निरजले त्रिवि शिक्षण अस्पतालमा भगवान कोइरालाको नेतृत्वमा सर्जरी विभागमा करिब दुई वर्ष काम गरे। टिचिङमा काम गर्दागर्दै उनी सिंगापुरमा फेलोसिप गर्न जाने तरखरमा थिए। त्यही समयमा विश्वभर कोभिडको प्रकोप आयो। उक्त फेलोसिप एक वर्ष पछाडि सर्यो । त्यसपछि सोही समयमा भरतपुर क्यान्सर अस्पतालमा फोक्सोको क्यान्सरको फेलोसिप खुल्यो। उनलाई त्यो तालिम गर्न मन थियो। उनी भन्छन्, ‘चितवनमा एक वर्ष क्यान्सरको तालिम गरें। त्यसै बीचमा लोकसेवा पनि खुल्यो। नवौं र ११औं तहमा खुलेको थियो। दुई वटामै फर्म भरेको थिएँ। ११औंको मुद्दा परेर परीक्षा नै क्यान्सिल भयो। नवौंमा एक जना मात्रै मागिएको थियो मेरो नाम निस्कियो।’

फेलोसिप गर्न बाहिर जाने सोचेका निरजलाई सुरुमा जागिर खाने कि नखाने भन्ने समेत भयो। अन्तिममा उनले काम गर्ने सोचे। उनीसँग कोशी अस्पताल, पोखरा र भेरी गरेर तीन वटा विकल्प थियो। उनलाई पश्चिम जाने रहर भयो र भेरी अस्पताल जाने निर्णय गरे। भेरी अस्पतालमा नियुक्ति लिएका उनलाई नेपालगञ्ज पुगेपछि क्यान्सर अस्पतालका निर्देशकले बोलाए। ‘भेरी अस्पताल गएँ। क्यान्सरमा तालिम गरेको थाहा पाएपछि सुशील कोइरालाको निर्देशकले बोलाउनुभयो र त्यहाँ गए। त्यसपछि त्यहाँ काजमा नियुक्ति लिएर सेवा सुरु गरियो,’ उनी भन्छन्।

गएकै दिन अप्रेसन
नेपालगञ्ज पुगेको दिन उनी होटेलमा बसेका थिए। राति एक बजेतिर निजी अस्पतालबाट उनलाई फोन आयो। ‘बाँकेको प्रहरीको उच्च अधिकारीको बुवालाई प्युठानबाट हात काटेर ल्याएको रहेछ। गएर हेर्दा बिरामीको रगत धेरै बगेर हेमोग्लोबिन नै ४/५ थियो,’ उनी सम्झिन्छन्, ‘उक्त अस्पतालमा अप्रेसन गर्ने सामान थिएन। काठमाडौँबाट जाँदा एक सेट अप्रेसन गर्ने सामान पनि लिएर गएको थिएँ। उनीहरुसँग सामान छैन भनेपछि सुशील कोइरालामा लगेर राति नै अप्रेसन गरियो। अप्रेसन सफल भयो, उहाँमा सुधार आयो।’

यसरी गएकै दिनदेखि अप्रेसन सुरु गरेका उनले केही समय फरक-फरक ठाउँमा पुगेर अब यो अस्पतालमा यस्तो-यस्तो अप्रेसन हुन्छ भनेर सूचना समेत दिएर हिँडे। त्यसपछि फोक्सोको क्यान्सर, स्तन क्यान्सर, छातीको नचिरी गर्ने सर्जरी, रगतको नसाहरुको सर्जरी लगायतको अप्रेसन निरन्तर गर्न थाले। निरन्तर अप्रेसन हुन थालेपछि उनी गएकै दुई महिनामा साना-ठूला गरी १०० अप्रेसन पुग्यो।

अस्पतालमा पाँच वर्षदेखि प्रयोगविहीन ब्रोंकोस्कोपी मेसिन उनी आएपछि नै प्रयोगमा आउन थाल्यो। त्यसपछि दूरबिनबाट फोक्सोको अप्रेसन गर्ने, भास्कुलर र थोरसिक सर्जरी पनि सुरु भयो। काठमाडौँ र चितवनमा कार्डियाक सर्जरी गराएका बिरामीहरु फलोअपमा सुशील कोइराला नै पुग्न थाले। त्यस्तै, डायलाइसिस गर्ने बिरामीहरुको लागि रगतको नली जोड्न (ए–भी फिस्टुला)का लागि पनि बिरामीहरुलाई काठमाडौं आउनुपर्ने बाध्यता थियो। अहिले उनले नै त्यो क्षेत्रबाट उक्त सेवा दिइरहेका छन्।

परीक्षणकालमै कार्यकारी निर्देशक
पश्चिम क्षेत्रको एक मात्र क्यान्सर अस्पताल भए पनि उक्त अस्पतालमा डाक्टरको दरबन्दी नै छैन। अस्पताल विकास समितिले करारमा राखेका र काजमा रहेका डाक्टरहरुले सेवा दिइरहेको डा निरज बताउँछन्। उनी पनि काजमा नै त्यहाँबाट सेवा दिइरहेका छन्। नियुक्ति भएको एक वर्ष पनि नपुग्दै गत असोजमा उनी अस्पतालका कार्यकारी निर्देशकको रुपमा नियुक्त भए। अब अस्पतालमा दरबन्दीमा लोकसेवामार्फत नै चिकित्सक पठाउन कोसिस गर्ने निरजले बताए।

अहिले उनले अस्पतालको लागि थप कामहरु गर्न मन्त्रालय र अन्य निकायहरुसँग सहकार्य गरिरहेको बताए। मन्त्रालयले करिब २५ करोड लगानीमा सहयोग गरेको लिन्याक मेसिन टेन्डर भएर पनि रोकिएको थियो। उनले थप सहकार्य गरेर उक्त मेसिन अस्पताल ल्याएका छन्। त्यस्तै अस्पतालमा पोजेटिभ प्रेसर आईसीयू बनेको छ। जसलाई निवर्तनमान स्वास्थ्य मन्त्री पदम गिरीले गत माघ ९ गते उद्घाटन गरेका हुन्।

‘भर्खरै भारतीय एम्बेसीसँग एम्बुलेन्स डोनेसन मागेको छु, आउला/नआउला तर आफूले सक्ने कोसिस गर्ने हो। सार्वजनिक यातायात भएपछि बिरामीलाई अस्पताल आउन सहज हुन्छ भनेर नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका मेयरसँग भेटेर क्यान्सर गेटसम्म नगर बस चलाउन अनुरोध गरेको छु,’ उनले भने।

अस्पतालमा १०० शय्या स्वीकृत भए तापनि हाल ५० शय्या मात्रै सञ्चालन भइरहेको छ। अहिले उक्त क्षेत्रम डा निरज र अन्य डाक्टरहरु मिलेर क्यान्सर सम्बन्धी सेमिनार र कार्यक्रम गरिरहेका छन्। साथै, पश्चिमका सबै अस्पतालहरुसँग सल्लाह गरेर क्यान्सरका बिरामी सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमै पठाउने, अस्पताललाई डिजीटलाइज गर्ने, फोन-फोनमा रिपोर्ट पठाउने, भौतिक संरचनालाई पनि सुधार गर्ने सोचेको बताए।

‘भाषाको च्यालेन्ज, स्थानीय राजनीतिका विविध पक्षका बीच पनि बिरामीको सेवा गर्न पाउँदा निकै खुसी लाग्छ। सानो-सानो उपचारलाई काठमाडौँ नै जानुपर्ने बिरामीहरुले यहींबाट सेवा लिइरहनुभएको छ। हामी सकेसम्म हाम्रो बेस्ट काम गर्नेछौं,’ उनले भने।

क्रिकेटरबाट डाक्टर
निरज सानै उमेरदेखि क्रिकेट खेल्नमा रुचि राख्थे। रुचिले डोहोर्याैएर उनलाई राष्ट्रिय स्तरको खेलाडीसम्म बनायो। राष्ट्रिय क्रिकेट टिम अन्तर्गत काठमाडौँ क्षेत्रको राष्ट्रिय लिग हुन्थ्यो। त्यसमा सात वटा क्षेत्र थियो। उनी काठमाडौँ क्षेत्रको क्याप्टेन थिए। त्यो समय सशस्त्रको क्याप्टेन पारस खड्का थिए।

निरजले अन्तर्रास्ट्रिय खेलहरु धेरै खेल्न पाएनन्। अन्डर-१९ हुँदा भारतका स्टेट टिमहरुसँग भने उनले खेल्ने मौका पाएका थिए। एमबीबीएस पढ्नुभन्दा अघिदेखि क्रिकेट खेल्ने उनले एमबीबीएस सकेपछि पनि केही समय क्रिकेट खेले। खेलकुद नछाडेर यतै बस्ने कि भन्दाभन्दै उनी पढाइको लागि बंगलादेश पुगेका थिए। अहिले नेपालगञ्जमा काम गर्दै गर्दा पहिले क्रिकेटमा नेपालगञ्जको टोलीसँग प्रतिस्पर्धा गरेको सम्झिरहने उनी बताउछन्।

उनी बंगलादेश पुगेको समयमा भर्खरै नेपाल क्रिकेटमा विश्वकपमा छानिएको थियो। ‘कलेजमा साथीहरुले नेपालले पनि क्रिकेट खेल्छ भनेर जिस्क्याउन थाले। उनीहरुसँग क्रिकेट खेलियो। त्यो खेल बंगलादेशले नराम्रोसँग हार्यो । त्यसपछि अरु-अरु क्लब र कलेजको तर्फबाट पनि बंगलादेश हुँदा क्रिकेट खेलें,’ उनले भने, ‘बंगलादेश पढ्न गएको, त्यहीँमाथि अप्रेसन गर्दा लामो समय उभिनुपर्ने, समय नमिल्ने, एक पटक खुट्टा इन्जुरी भयो। त्यसपछि क्रिकेट छुट्यो।’

चिकित्सा पेसा र क्रिकेट जस्तै उनको जीवनको अर्को महत्वपूर्ण पाटो हो साहित्य। साहित्य क्षेत्रको पनि गजल विधामा निकै बलियो नाम हो निरज भट्टराई। उनका २०६५ सालमा ‘मेरो भन्नु केही छैन’ २०६७ मा ‘तलाश’ र २०७० मा ‘धुवाँको धागो’ गजल संग्रहहरु प्रकाशित छन्।

२०६७ सालमै उनले बुवासँग मिलेर गीति एल्बम ‘पल्लव’ समेत बजारमा ल्याएका थिए। अब उनको ‘अपलक’ नामको गजल संग्रह आउँदैछ। जुन किताबमा उर्दुका चर्चित सायर डाक्टर बशीर बद्रले भूमिका लेखेका छन्। त्यस्तै अञ्जु पन्तको स्वरमा उनले लेखेको गजल पनि छिट्टै बजारमा आउँदै गरेको निरजले बताए।

 

Previous Post

विकासमा कसैले राजनीति गर्न नहुने-मन्त्री कृष्णा केसी (नमुना)

Next Post

योगदान राष्ट्रको लागि बाँके जिल्ला नयाँ कार्यसमिति गठन ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ फाल्गुन २१, आईतवार ०५:०८
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ फाल्गुन २१, आईतवार ०५:०८
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ फाल्गुन २१, आईतवार ०५:०८
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ फाल्गुन २१, आईतवार ०५:०८
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ फाल्गुन २१, आईतवार ०५:०८
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ फाल्गुन २१, आईतवार ०५:०८
21
Next Post

योगदान राष्ट्रको लागि बाँके जिल्ला नयाँ कार्यसमिति गठन ।

मुगुमा नेकपा एमाले पार्टीको ग्रास रुट उत्साहजनक- नेता नमराज दाहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ फाल्गुन २१, आईतवार ०५:०८
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ फाल्गुन २१, आईतवार ०५:०८
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ फाल्गुन २१, आईतवार ०५:०८
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ फाल्गुन २१, आईतवार ०५:०८
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.