हरिकेश आचार्य मुगु -मुगुमा नेकपा एमाले पार्टीको ग्रास रुट कार्याक्रम चलिरहेको छ ।
उक्त कार्यक्रममा पाटिका केन्द्रिय सदस्य पुर्ब राज्य मन्त्री नमराज दाहाल मुगु जिल्ला उपाध्यक्ष कर्ण बहादुर मल्ल मुगु जिल्ला कमिटी सदस्य नन्द प्रसाद आचार्यको टोलि मुगु जिल्लाको दुर्गम गाउँ बस्तिमा ग्राशरुट कार्याक्रम चलाई रहेका छन ।
त्यसको क्रममा रारा खत्याड गाउपालिकाका हेङ्लु बिन देखि सैन रोल रिखया खत्याड गाउपालिका भएको स्थान माचौड हुँदै गमगढी फुलि निगाले कचया तारापानी हुँदै आज बेलुका धैनकोटका दुइवटा वडा १०/११ मा कार्याक्रम हुने भयको छ ।
यस कार्याक्रमका प्रमुख अथिती पुर्ब राज्य मन्त्री नमराज दाहाल छन भने विशेष अथिती कर्ण बहादुर मल्ल रहेका छन ।
यस कार्याक्रमको उद्देश्य भनेको यस जिल्लाका वास्तविक नेकपा एमालेका संगठित सदस्य कति छन।
त्यसको पहिचान गर्नु र नेकपा एमाले मा संगठित हुन खोज्ने हरुलाई नया संगठित सदस्य बनाउने रहेको छ ।
हामी यसै गरि मुगु जिल्लाको सम्पुर्ण बस्तीमा गएर जनताका गुनासालाई बुढाबुढिका गुनासा लाई र बचाका गुनासा शिक्षा स्वास्थका गुनासा हरुलाई पनि लियर राज्य सम्म पुर्याउने हाम्रो उद्देश्य रहेको कार्याक्रमका प्रमुख अथिती पुर्ब राज्य मन्त्री नमराज दाहाल बताउँछन् ।
हामी टोलटोलमा आँउदाखेरी जनताहरुको मुहारमा एक किसिमले हाँसो र अर्को किसिमले आँसु पनि पलाएको छ किन कि जितेर एकचोटी पनि मुहार नदेखिएको गुनासो छ ।
जनप्रेमी नेतृत्व लाई बिजय गराउन सकिएन भनेर दुख हुने पनि धारण व्यक्त गरेको अधिकांश जनता हरुले भनेर भनुहुन्छ उपाध्यक्ष कर्ण बहादुर मल्लले बताउनु भयो ।
साथै मुगुको प्राकृतिक सुन्दरताले हामीलाई यात्रा गर्दा पनि थकाइ लाई मेटायर शारीरिक र भौतिक विकटतालाई थप सहज भएको बताइएको छ ।
