विनोद शाही मुगु– सोरु गाउँपालिका जिमा मुगुको आयोजनामा आज सोरुकोटमा ७३ औ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ ।
गाउँपालिकाले एक औपचारिक कार्यक्रम गरि उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष शाहीले १०४ बर्सिय जहानिया राणा शासन को अन्त्य भएको र प्रजाको प्रत्येक्ष शासन सुरु भएको दिनको सम्झनामा सहिदहरुको फोटोमा माल्याप्रण गर्दै सहिदहरुको नाम पुस्तौ सम्म जिवित रहने र उनिहरुकै कारण देशमा विकेन्द्रकृत शासन सुरु भएको र जनताले प्रत्यक्ष सेवा भोग गरेको स्मरण गराउनु भयो ।
साथै उपाध्यक्ष शाहीले पनि सहिदको विभिन्न काल चरण मा भएका आन्दोलनको उपलब्धी १०४ बर्सिया राणा शासन को अन्त्य २०४६/४७ को बौदल बादी आन्दोलन २०६३/०६४ को माओवादी जनयुद्ध लागाएतका आन्दोलनको सफलताले सर्बसाधारण जनताको पहुँचमा सरकार पुगेको पनि उहाँले बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता ग्रहण गाउँपालिका अध्यक्ष धर्म बहादुर शाही , बिशेश अतिथि उपाध्यक्ष केशर बहादुर शाही र अन्य अतिथिमा निमित्त प्रमुख प्रसाशकिय अधिकृत धान्ने बुढा वडा न १ देखि ११ वडाका अध्यक्ष विभिन्न शाखाका शाखा प्रमुख्र अन्य उपस्थित अथिती हरु रहेका थिए ।
